• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    नवीकरणीय ऊर्जातर्फ अघि बढ्न विश्व समुदायलाई आह्वान : संयुक्त राष्ट्रसंघ

    एमाले सचिवालय बैठक शुक्रबार बस्ने

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल जेठ ८ गते शुक्रबारको राशिफल

    भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

    भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

    दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

    दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रेसुङ्गा वन क्षेत्रभित्र होटल सञ्चालन दिनेगरी भएको सम्झौता सर्वोच्चद्वारा खारेज

metakhabar by metakhabar
१२ पुस २०८२,
0
रेसुङ्गा वन क्षेत्रभित्र होटल सञ्चालन दिनेगरी भएको सम्झौता सर्वोच्चद्वारा खारेज
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। गुल्मीको रेसुङ्गा संरक्षित वन क्षेत्रभित्र होटल सञ्चालन गर्न रेसुङ्गा नगरपालिका र होटल पौवा प्रालिबीच भएको सम्झौता गैरकानुनी भएको भन्दै सर्वोच्च अदालतले उत्प्रेषणको आदेशले बदर गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र शारङ्गा सुवेदीको इजलासले नगरपालिका र होटल पौवाबीच २०७६ कात्तिक १ गते भएको सम्झौता नै अवैध रहेको फैसला गरेको हो । फैसलामा ‘धर्मशालाको संरचना संशोधन गरी अन्तरराष्ट्रियस्तरको रिसोर्ट निर्माण गर्नेगरी भएको सम्झौता र सो सम्झौताबमोजिम भए गरेका कामकारबाही गैरकानुनी’ भएको उल्लेख छ ।

आदेशमा ‘रेसुङ्गा संरक्षित वन, महापोखरी तथा सो क्षेत्रको वातावरणीय तथा पर्यावरणीय महत्व नखल्बलिने तथा धार्मिक सामाजिक तथा पुरातात्विक महत्वमा असर नपर्नेगरी परम्परागत शैलीको गैरव्यवसायिक तथा गैरनाफामूलक धार्मिक धर्मशाला निर्माण गर्न नगरपालिकाले पहल गर्न सक्नेछ’ भनिएको छ ।

होटल निर्माण भएपछि रेसुङ्गा वन क्षेत्रका महापोखरी, भोला मन्दिर, शिवालय पशुपतिनाथ मन्दिर र होमखाडी तथा शशिधर स्वामीको तपस्थल क्षेत्र प्रदूषित र विनाशको अवस्थामा पुगेको रिट निवेदक गुल्मी मुिसकोटका देवीप्रसाद रिजालले बताए । यही क्षेत्रमा सानो रेसुङ्गा, गरुडथान, रामकुण्ड, यज्ञशाला परिसर, सिद्धथान, विष्णुपादुका र शिवालय, प्रभु ठाकुरप्रसादको आश्रम (मैरा), चौतारा, साउने मठ छन् ।

रेसुङ्गा वन क्षेत्रभित्र व्यावसायिक होटल पौवा सञ्चालन गरेपछि स्थानीय धार्मिक गतिविधिमा नकारात्मक असर परेको भन्दै गुल्मीका देवीप्रसाद रिजाल, विष्णुप्रसाद अर्याल र अजित भण्डारीले सर्वोच्च अदालतमा गत चैत ६ गते रिट दर्ता गर्नुभएको थियो ।

निवेदनमा रेसुङ्गा नगरपालिका, नगर प्रमुख, होटल पौवा, स्थानीय निकायहरु, पुरातत्व विभाग, वन मन्त्रालय, संस्कृति मन्त्रालय, लुम्बिनी प्रदेश समेतलाई विपक्षी बनाइएको निवेदक अजित भण्डारीले बताए।

रेसुङ्गा संरक्षित वन क्षेत्रभित्र पुरातात्विक र ऐतिहासिक महत्वको स्वामी शशिधरको कुटी रहेको छ । गुल्मीको यस पवित्र धाममा स्थानीयवासीको सहमतिमा धर्मशाला निर्माण गर्ने भनिए पनि रेसुङ्गा नगरपालिकाले त्यसविपरीत त्यहाँ होटल खोल्न होटल पौवा प्राइभेट लिमिटेडसँग सम्झौता गरेको आरोप छ । यसबाट त्यहाँको कुण्ड र धार्मिक कार्यमा असर परेको स्थानीयको भनाइ छ ।

यसअघि, जिल्ला विकास समितिले २०७२ असार ८ गते रेसुङ्गाको धार्मिक वनभित्र रहेको स्वामी शशिधरको कुटी क्षेत्रमा धर्मशाला निर्माण गर्न सहमति दिएको थियो तर नगरपालिकाले त्यसविपरीत होटल भाडामा सञ्चालन गर्न जमिन दिएपछि विवाद उत्पन्न भएको हो ।

वन तथा वातावरण मन्त्रालयको अभिलेखमा हाल होटल सञ्चालन भएको स्थान ‘राष्ट्रिय वन’अन्तर्गत ‘रेसुङ्गा धार्मिक वन’ क्षेत्र हो भन्ने उल्लेख छ । विसं २०७४ मा राजपत्रमा ‘रेसुङ्गा संरक्षित वन’ का रुपमा सूचना प्रकाशन भएको थियो । मन्त्रालयले सर्वोच्च अदालतमा दिएको जवाफमा पनि ‘हाल नगरपालिकाले महापोखरी क्षेत्रको आडमा रहेको ३० रोपनी राष्ट्रिय वन क्षेत्रमा होटल पौवालाई व्यापार व्यवसाय सञ्चालन गर्न गरिएको सम्झौता र दिने काम गैरकानुनी रहेको’ उल्लेख गरेको छ ।

डिभिजन वन कार्यालय, गुल्मीले पनि सङ्घीय कानुनको पालना नभई नगरपालिकाले जबर्जस्ती हक हस्तान्तरण गर्न खोजेको बताएको छ ।

सर्वोच्चमा होटल पौवा प्रालिले पेस गरेको लिखित जवाफमा ‘रेसुङ्गा नगरपालिकाले अलपत्र अवस्थामा रहेको धर्मशाला निर्माणको बाँकी काम गर्न सार्वजनिक सूचना प्रकाशन गरेको, त्यस सूचनामा आफूहरु सहभागी भएको तथा उक्त क्षेत्रको धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक महत्वमा कुनै असर नपार्ने गरी धर्मशाला सञ्चालनको सम्झौता गरेको’ दाबी गरेको छ ।

होटल पौवाको यस दाबीमा कुनै सत्यता नरहेको र होटलका कारण धार्मिक कार्यमा असर पारिरहेको समाजसेवी कृष्णबहादुर कुँवरको भनाइ छ ।

सर्वोच्च अदालतले गत वर्ष चैतमा आदेश दिए पनि होटल पौवासँगको सम्झौता खारेज नगरेपछि रिट निवेदकले सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयमा निवेदन दिएका थिए । यही आधारमा निर्देशनालयले यही मङ्सिर १४ गते रेसुङ्गा नगरप्रमुख समेतका नेपाल सरकारका दिएको छ ।

रिट निवेदक मध्येका देवीप्रसाद रिजालले सर्वोच्चको आदेश कार्यान्वयन नभए आफूहरु अदालतको आदेशको मानहानिमा पुनःसर्वोच्च अदालत जाने तयारीमा रहेको बताए ।

Previous Post

मुस्ताङको घमीमा सामूहिक स्याउखेती

Next Post

खोलियो २५ वर्षदेखि थुनिएको सुन्धाराको निकास

metakhabar

metakhabar

सम्बन्धित खबर

लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
अन्तर्राष्ट्रिय

नवीकरणीय ऊर्जातर्फ अघि बढ्न विश्व समुदायलाई आह्वान : संयुक्त राष्ट्रसंघ

८ जेष्ठ २०८३,
आवाज

एमाले सचिवालय बैठक शुक्रबार बस्ने

८ जेष्ठ २०८३,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
समाचार

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

८ जेष्ठ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल जेठ ८ गते शुक्रबारको राशिफल

८ जेष्ठ २०८३,
भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण
अन्तर्राष्ट्रिय

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

७ जेष्ठ २०८३,
दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए
आर्थिक

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

७ जेष्ठ २०८३,
Load More
Next Post
खोलियो २५ वर्षदेखि थुनिएको सुन्धाराको निकास

खोलियो २५ वर्षदेखि थुनिएको सुन्धाराको निकास

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In