• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
आइतबार, ८ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

    तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

    पोलियो अन्त्यको सन्देश बोकेर उपत्यकाका सात सम्पदा स्थलमा ५०० बढी साइकल यात्री

    पोलियो अन्त्यको सन्देश बोकेर उपत्यकाका सात सम्पदा स्थलमा ५०० बढी साइकल यात्री

    पाँच महिनामा एक लाख ४२ हजारभन्दा बढी पर्यटक मुस्ताङमा

    मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

    स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

    स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    पोखरामा पर्यटकीय चहलपहल बढ्यो

    मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

    मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

मुस्ताङको घमीमा सामूहिक स्याउखेती

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
१२ पुस २०८२,
0
मुस्ताङको घमीमा सामूहिक स्याउखेती
1
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

मुस्ताङ। यहाँस्थित माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ घमी गाउँमा स्थानीय ४९ घरधुरीले सामूहिक स्याउ खेती गरेका छन् । गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टको पहलमा घमी गाउँमा विगत छ वर्षदेखि सामूहिक स्याउ खेती गरिएको हो ।

कृषिमा स्थानीय नागरिकको सामूहिक पहुँच स्थापित गर्ने उद्देश्यले विसं २०७६ सालदेखि यहाँको घमी गाउँमा ४९ घरधुरीले घमी सामुदायिक स्याउ फर्म स्थापना गरी सामूहिक स्याउ सुरु गरेका हुन् ।

यसअघि माथिल्लो मुस्ताङमा आंशिक मात्रामा स्याउ खेती गरिने गरिन्थ्यो । पछिल्लो समय जलवायु परिवर्तनका कारण यहाँको जमिनको तापमान वृद्धि भइरहेकाले स्याउ खेतीले विस्तारै माथिल्लो क्षेत्रको उचाइमा वस्ती सार्दै जान थालेको छ । जलवायु परिवर्तनले स्याउ खेतीले उकालो चढ्दै जान थालेको र घमी गाउँमा भविष्यमा स्याउ खेतीको प्रचुर सम्भावना देखिएकाले त्यहाँस्थित घमी गाउँका घरधुरीले सामूहिक स्याउ खेतीलाई प्राथमिकता दिएका हुन् ।

यहाँस्थित घमी गाउँमा स्थानीय घरधुरीले आफ्नो लालपुर्जावाला जग्गालाई सामुदायिक स्याउ खेती गर्ने गरी करिव ८०० रोपनीभन्दा बढी जग्गामा सामूहिक स्याउ खेती गरिएको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले जानकारी दिनुभयो । अध्यक्ष विष्टका अनुसार गाउँमा जग्गा भएका र जग्गा नभएका भूमिहीन किसानलाई कृषिमा समान पहुँच स्थापित गर्ने गरी घमी सामुदायिक स्याउ फार्म स्थापना गरिएको बताउनुभयो । फार्ममा १२ हजारभन्दा बढी स्थानीय लोकल जातका स्याउ बिरुवा र ६०० भन्दाबढी उच्च घनत्व प्रविधिमा आधारित हाईब्रिड स्याउका बिरुवा रोपण गरिएको उहाँले बताउनुभयो ।

राष्ट्रिय गौरवको जोमसोम–कोरला सडकमार्ग नजिकै रहेको घमी सामुदायिक स्याउ फार्म ६ वर्षअघि दुई तिहाइ जग्गा खेती हुन नसकी बाँझो छाडिएको थियो । पर्याप्त मात्रामा खेतीयोग्य जग्गा रहेको घमी गाउँमा स्थानीय युवा वैदशिक रोजगारका लागि विदेश जान थालेपछि त्यहाँका खेती योग्य जग्गाजमिन बाँझो रहन पुगेको थियो । कृषि व्यवसायका माध्यमबाट गाउँको आर्थिक विकासमा योगदान पु¥याउने उद्देश्यसहित यहाँको घमी गाउँमा वृहत रूपमा सामुदायिक घमी स्याउ फार्म सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष विष्टको भनाइ छ ।

यहाँको घमी गाउँमा स्थापना गरिएको सामुदायिक स्याउ फार्ममा गतवर्षदेखि स्याउ बोटले उत्पादन दिन थालेका छन् । जलवायु परिवर्तनको प्रभावलाई मध्यनजर गरी स्याउको दीर्घकालिन भविष्य देखेर यहाँको स्याउ फार्मको अधिकाँश जग्गामा रैथाने स्थानीय जातका स्याउ बिरुवा रोपण गरिएको गाउँपालिका अध्यक्ष विष्टले खुलाउनुभयो । गतवर्ष यहाँस्थित सामुदायिक स्याउ फार्मको एक ब्लकमा ६०० यि बढी हाइब्रिड स्याउका बिरुवा रोपण गरिएको छ । यस वर्ष यहाँको फार्ममा फलेका स्याउ बिक्रीबाट दुई लाख रुपैया आम्दानी भएको अध्यक्ष विष्टको भनाइ छ । ‘यहाँ स्याउका बिरुवा बर्षेनि विकशित हुँदै गइरहेको छ, भविष्यमा यहाँको फार्ममा ५०० मेट्रिकटन बढी स्याउ फलाउने लक्ष्य छ,’ अध्यक्ष विष्टले भन्नुभयो, ‘फार्ममा पूर्णरूपमा स्याउले उत्पादन दिन थालेमा स्थानीय नागरिकको आम्दानीको स्रोत वृद्धि हुनेछ, हामीले जग्गा हुने र नहुँने विपन्न वर्गलाई सामूहिक स्याउ खेती प्रणालीमा समेट्ने प्रयास गरेको हौँ ।’

यहाँस्थित मुस्ताङको घमी गाउँमा व्यक्तिको लालपुर्जा भएको जग्गालाई समेटेर जिल्लामै पहिलो सामूहिक सामुदायिक स्याउ फार्म स्थापना गरिएको हो । यहाँको स्याउ फार्ममा कसैको धेरै जग्गा, कसैकोे थोरै जग्गा छ भने कतिपयको जग्गासमेत छैन । तर, यहाँ जग्गा भएका र नभएका घमी गाउँका घरधुरीलाई समावेश गरी सामूहिक स्याउ खेती प्रणालीको अपधारणा अपनाइएको हो ।

सामुदायिक स्याउ खेती गर्दा लालपुर्जावाला घरधुरीले आफैँले स्याउ फार्मको व्यवस्थापन तथा रेखदेख गर्नुपर्दछ । तर, फार्मको भौतिक पूर्वाधारलगायतको कामकाँजमा फार्ममा आवद्ध भएका तर जग्गा नभएकाले पनि श्रमदान गर्नुपर्ने प्रावधान राखिएको छ ।

यहाँ स्याउ फार्ममा उत्पादन भएको स्याउ बिक्री गरेवापतको आम्दानी स्थानीय जग्गावाला घरधुरीले ७० प्रतिशत आफूले पाउँने र आम्दानीको ३० प्रतिशत सामूहिक रूपमा सामुदायिक स्याउ फार्मको कोष(बास्केट)फ्रन्टमा राख्नुपर्ने हुन्छ । यसरी बास्केट फ्रन्टमा सङ्कलन भएको आम्दानी बचत फार्ममा आवद्ध सबै घरधुरीले समान रूपमा भाग लगाएर वितरण गरिने नियम राखिएको गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले बताउनुभयो ।

यसअघि पहिलो घरायसी प्रयोजनका लागि मात्रै स्याउ खेती गरिने गरिएकोमा पछिल्लो समय घमी गाउँमा व्यवसायिक स्याउ खेती गरिएको जनाइएको छ ।

जिल्लाकै नमूनाका रूपमा स्थापित भएको घमी सामुदायिक स्याउ फार्मलाई स्थानीय सरकार, प्रदेश सरकार र जिल्लास्थित पशु विकास कार्यालयले अनुदान सहयोग पु¥याएका छन् । घमी सामुदायिक स्याउ फार्मका लागि पर्खाल निर्माण गर्न, सिँचाइको पहुँच पु¥याउन । स्याउ खेतीको व्यवस्थापन गर्न सरकारी निकायबाट अनुदान सहयोग प्राप्त भएको अध्यक्ष विष्टको भनाइ छ ।

एक दशकअघि घमी गाउँका स्थानीयले हालको स्याउ फार्म रहेको जग्गामा आशिंक रूपमा उवा, जौँ र फापर खेती गर्ने गरिएको र त्यहाँको अधिकाँश जग्गा खेती हुन नसकी बाँझो छाडिएको थियो । तर, पछिल्लो समय यहाँको घमी गाउँस्थित स्याउ फार्ममा लटरम्म स्याउ फल्न थालेपछि स्थानीय नागरिक दङ्ग परेका छन् । घमी गाउँमा यहाँको शितोषण वागवानी विकास केन्द्रले स्याटलाईट कृषि फार्म स्थापना गर्ने तयारी गरिएकाले यहाँका नागरिकलाई स्याउ खेतीको विकास र प्रर्वद्धनमा थप योगदान पु¥याउने विश्वाश गरिएको छ ।

अघिल्लो समाचार

नेपाल संस्कृत विश्वविद्यालयको जमिन अतिक्रमित

अर्को समाचार

रेसुङ्गा वन क्षेत्रभित्र होटल सञ्चालन दिनेगरी भएको सम्झौता सर्वोच्चद्वारा खारेज

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार
कृषि

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

८ कात्तिक २०८३,
पोलियो अन्त्यको सन्देश बोकेर उपत्यकाका सात सम्पदा स्थलमा ५०० बढी साइकल यात्री
जीवन शैली

पोलियो अन्त्यको सन्देश बोकेर उपत्यकाका सात सम्पदा स्थलमा ५०० बढी साइकल यात्री

८ कात्तिक २०८३,
पाँच महिनामा एक लाख ४२ हजारभन्दा बढी पर्यटक मुस्ताङमा
आवाज

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

८ कात्तिक २०८३,
स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र
समाचार

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

८ कात्तिक २०८३,
मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा
टुरिजम

पोखरामा पर्यटकीय चहलपहल बढ्यो

८ कात्तिक २०८३,
मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न
आवाज

मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

८ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
रेसुङ्गा वन क्षेत्रभित्र होटल सञ्चालन दिनेगरी भएको सम्झौता सर्वोच्चद्वारा खारेज

रेसुङ्गा वन क्षेत्रभित्र होटल सञ्चालन दिनेगरी भएको सम्झौता सर्वोच्चद्वारा खारेज

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

८ कात्तिक २०८३,
पोलियो अन्त्यको सन्देश बोकेर उपत्यकाका सात सम्पदा स्थलमा ५०० बढी साइकल यात्री

पोलियो अन्त्यको सन्देश बोकेर उपत्यकाका सात सम्पदा स्थलमा ५०० बढी साइकल यात्री

८ कात्तिक २०८३,
पाँच महिनामा एक लाख ४२ हजारभन्दा बढी पर्यटक मुस्ताङमा

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

८ कात्तिक २०८३,
स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

८ कात्तिक २०८३,
मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

पोखरामा पर्यटकीय चहलपहल बढ्यो

८ कात्तिक २०८३,
मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

८ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

    0 shares
    Share 0 Tweet 0
  • बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

    0 shares
    Share 0 Tweet 0
  • पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवा

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन