• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, January 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह

    बुढ्यौलीमा स्मरणशक्ति कमजोर किन हुन्छ ?

    बुढ्यौलीमा स्मरणशक्ति कमजोर किन हुन्छ ?

    राजनीतिक शक्ति निख्रिँदै गएका देउवा अब के गर्लान् ?

    राजनीतिक शक्ति निख्रिँदै गएका देउवा अब के गर्लान् ?

    गुलशनलाई एस जिको एकवर्षे प्रायोजन

    गुलशनलाई एस जिको एकवर्षे प्रायोजन

    बागमती प्रदेश सरकारको छ महिनामा पुँजीगत खर्च आठ दशमलव ९९ प्रतिशत मात्र

    बागमती प्रदेश सरकारको छ महिनामा पुँजीगत खर्च आठ दशमलव ९९ प्रतिशत मात्र

    ग्रिनल्याण्डका विषयमा असहयोग गर्ने देशहरूमाथि थप भन्सार शुल्क लगाउने ट्रम्पको धम्की

    ग्रिनल्याण्डका विषयमा असहयोग गर्ने देशहरूमाथि थप भन्सार शुल्क लगाउने ट्रम्पको धम्की

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह

    बुढ्यौलीमा स्मरणशक्ति कमजोर किन हुन्छ ?

    बुढ्यौलीमा स्मरणशक्ति कमजोर किन हुन्छ ?

    राजनीतिक शक्ति निख्रिँदै गएका देउवा अब के गर्लान् ?

    राजनीतिक शक्ति निख्रिँदै गएका देउवा अब के गर्लान् ?

    गुलशनलाई एस जिको एकवर्षे प्रायोजन

    गुलशनलाई एस जिको एकवर्षे प्रायोजन

    बागमती प्रदेश सरकारको छ महिनामा पुँजीगत खर्च आठ दशमलव ९९ प्रतिशत मात्र

    बागमती प्रदेश सरकारको छ महिनामा पुँजीगत खर्च आठ दशमलव ९९ प्रतिशत मात्र

    ग्रिनल्याण्डका विषयमा असहयोग गर्ने देशहरूमाथि थप भन्सार शुल्क लगाउने ट्रम्पको धम्की

    ग्रिनल्याण्डका विषयमा असहयोग गर्ने देशहरूमाथि थप भन्सार शुल्क लगाउने ट्रम्पको धम्की

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

मुस्ताङको घमीमा सामूहिक स्याउखेती

metakhabar by metakhabar
१२ पुस २०८२,
0
मुस्ताङको घमीमा सामूहिक स्याउखेती
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुस्ताङ। यहाँस्थित माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ घमी गाउँमा स्थानीय ४९ घरधुरीले सामूहिक स्याउ खेती गरेका छन् । गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टको पहलमा घमी गाउँमा विगत छ वर्षदेखि सामूहिक स्याउ खेती गरिएको हो ।

कृषिमा स्थानीय नागरिकको सामूहिक पहुँच स्थापित गर्ने उद्देश्यले विसं २०७६ सालदेखि यहाँको घमी गाउँमा ४९ घरधुरीले घमी सामुदायिक स्याउ फर्म स्थापना गरी सामूहिक स्याउ सुरु गरेका हुन् ।

यसअघि माथिल्लो मुस्ताङमा आंशिक मात्रामा स्याउ खेती गरिने गरिन्थ्यो । पछिल्लो समय जलवायु परिवर्तनका कारण यहाँको जमिनको तापमान वृद्धि भइरहेकाले स्याउ खेतीले विस्तारै माथिल्लो क्षेत्रको उचाइमा वस्ती सार्दै जान थालेको छ । जलवायु परिवर्तनले स्याउ खेतीले उकालो चढ्दै जान थालेको र घमी गाउँमा भविष्यमा स्याउ खेतीको प्रचुर सम्भावना देखिएकाले त्यहाँस्थित घमी गाउँका घरधुरीले सामूहिक स्याउ खेतीलाई प्राथमिकता दिएका हुन् ।

यहाँस्थित घमी गाउँमा स्थानीय घरधुरीले आफ्नो लालपुर्जावाला जग्गालाई सामुदायिक स्याउ खेती गर्ने गरी करिव ८०० रोपनीभन्दा बढी जग्गामा सामूहिक स्याउ खेती गरिएको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले जानकारी दिनुभयो । अध्यक्ष विष्टका अनुसार गाउँमा जग्गा भएका र जग्गा नभएका भूमिहीन किसानलाई कृषिमा समान पहुँच स्थापित गर्ने गरी घमी सामुदायिक स्याउ फार्म स्थापना गरिएको बताउनुभयो । फार्ममा १२ हजारभन्दा बढी स्थानीय लोकल जातका स्याउ बिरुवा र ६०० भन्दाबढी उच्च घनत्व प्रविधिमा आधारित हाईब्रिड स्याउका बिरुवा रोपण गरिएको उहाँले बताउनुभयो ।

राष्ट्रिय गौरवको जोमसोम–कोरला सडकमार्ग नजिकै रहेको घमी सामुदायिक स्याउ फार्म ६ वर्षअघि दुई तिहाइ जग्गा खेती हुन नसकी बाँझो छाडिएको थियो । पर्याप्त मात्रामा खेतीयोग्य जग्गा रहेको घमी गाउँमा स्थानीय युवा वैदशिक रोजगारका लागि विदेश जान थालेपछि त्यहाँका खेती योग्य जग्गाजमिन बाँझो रहन पुगेको थियो । कृषि व्यवसायका माध्यमबाट गाउँको आर्थिक विकासमा योगदान पु¥याउने उद्देश्यसहित यहाँको घमी गाउँमा वृहत रूपमा सामुदायिक घमी स्याउ फार्म सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष विष्टको भनाइ छ ।

यहाँको घमी गाउँमा स्थापना गरिएको सामुदायिक स्याउ फार्ममा गतवर्षदेखि स्याउ बोटले उत्पादन दिन थालेका छन् । जलवायु परिवर्तनको प्रभावलाई मध्यनजर गरी स्याउको दीर्घकालिन भविष्य देखेर यहाँको स्याउ फार्मको अधिकाँश जग्गामा रैथाने स्थानीय जातका स्याउ बिरुवा रोपण गरिएको गाउँपालिका अध्यक्ष विष्टले खुलाउनुभयो । गतवर्ष यहाँस्थित सामुदायिक स्याउ फार्मको एक ब्लकमा ६०० यि बढी हाइब्रिड स्याउका बिरुवा रोपण गरिएको छ । यस वर्ष यहाँको फार्ममा फलेका स्याउ बिक्रीबाट दुई लाख रुपैया आम्दानी भएको अध्यक्ष विष्टको भनाइ छ । ‘यहाँ स्याउका बिरुवा बर्षेनि विकशित हुँदै गइरहेको छ, भविष्यमा यहाँको फार्ममा ५०० मेट्रिकटन बढी स्याउ फलाउने लक्ष्य छ,’ अध्यक्ष विष्टले भन्नुभयो, ‘फार्ममा पूर्णरूपमा स्याउले उत्पादन दिन थालेमा स्थानीय नागरिकको आम्दानीको स्रोत वृद्धि हुनेछ, हामीले जग्गा हुने र नहुँने विपन्न वर्गलाई सामूहिक स्याउ खेती प्रणालीमा समेट्ने प्रयास गरेको हौँ ।’

यहाँस्थित मुस्ताङको घमी गाउँमा व्यक्तिको लालपुर्जा भएको जग्गालाई समेटेर जिल्लामै पहिलो सामूहिक सामुदायिक स्याउ फार्म स्थापना गरिएको हो । यहाँको स्याउ फार्ममा कसैको धेरै जग्गा, कसैकोे थोरै जग्गा छ भने कतिपयको जग्गासमेत छैन । तर, यहाँ जग्गा भएका र नभएका घमी गाउँका घरधुरीलाई समावेश गरी सामूहिक स्याउ खेती प्रणालीको अपधारणा अपनाइएको हो ।

सामुदायिक स्याउ खेती गर्दा लालपुर्जावाला घरधुरीले आफैँले स्याउ फार्मको व्यवस्थापन तथा रेखदेख गर्नुपर्दछ । तर, फार्मको भौतिक पूर्वाधारलगायतको कामकाँजमा फार्ममा आवद्ध भएका तर जग्गा नभएकाले पनि श्रमदान गर्नुपर्ने प्रावधान राखिएको छ ।

यहाँ स्याउ फार्ममा उत्पादन भएको स्याउ बिक्री गरेवापतको आम्दानी स्थानीय जग्गावाला घरधुरीले ७० प्रतिशत आफूले पाउँने र आम्दानीको ३० प्रतिशत सामूहिक रूपमा सामुदायिक स्याउ फार्मको कोष(बास्केट)फ्रन्टमा राख्नुपर्ने हुन्छ । यसरी बास्केट फ्रन्टमा सङ्कलन भएको आम्दानी बचत फार्ममा आवद्ध सबै घरधुरीले समान रूपमा भाग लगाएर वितरण गरिने नियम राखिएको गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले बताउनुभयो ।

यसअघि पहिलो घरायसी प्रयोजनका लागि मात्रै स्याउ खेती गरिने गरिएकोमा पछिल्लो समय घमी गाउँमा व्यवसायिक स्याउ खेती गरिएको जनाइएको छ ।

जिल्लाकै नमूनाका रूपमा स्थापित भएको घमी सामुदायिक स्याउ फार्मलाई स्थानीय सरकार, प्रदेश सरकार र जिल्लास्थित पशु विकास कार्यालयले अनुदान सहयोग पु¥याएका छन् । घमी सामुदायिक स्याउ फार्मका लागि पर्खाल निर्माण गर्न, सिँचाइको पहुँच पु¥याउन । स्याउ खेतीको व्यवस्थापन गर्न सरकारी निकायबाट अनुदान सहयोग प्राप्त भएको अध्यक्ष विष्टको भनाइ छ ।

एक दशकअघि घमी गाउँका स्थानीयले हालको स्याउ फार्म रहेको जग्गामा आशिंक रूपमा उवा, जौँ र फापर खेती गर्ने गरिएको र त्यहाँको अधिकाँश जग्गा खेती हुन नसकी बाँझो छाडिएको थियो । तर, पछिल्लो समय यहाँको घमी गाउँस्थित स्याउ फार्ममा लटरम्म स्याउ फल्न थालेपछि स्थानीय नागरिक दङ्ग परेका छन् । घमी गाउँमा यहाँको शितोषण वागवानी विकास केन्द्रले स्याटलाईट कृषि फार्म स्थापना गर्ने तयारी गरिएकाले यहाँका नागरिकलाई स्याउ खेतीको विकास र प्रर्वद्धनमा थप योगदान पु¥याउने विश्वाश गरिएको छ ।

Previous Post

नेपाल संस्कृत विश्वविद्यालयको जमिन अतिक्रमित

Next Post

रेसुङ्गा वन क्षेत्रभित्र होटल सञ्चालन दिनेगरी भएको सम्झौता सर्वोच्चद्वारा खारेज

metakhabar

metakhabar

सम्बन्धित खबर

कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
फिचर-ब्यानर

पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह

३ माघ २०८२,
बुढ्यौलीमा स्मरणशक्ति कमजोर किन हुन्छ ?
फिचर-ब्यानर

बुढ्यौलीमा स्मरणशक्ति कमजोर किन हुन्छ ?

३ माघ २०८२,
राजनीतिक शक्ति निख्रिँदै गएका देउवा अब के गर्लान् ?
फिचर-ब्यानर

राजनीतिक शक्ति निख्रिँदै गएका देउवा अब के गर्लान् ?

३ माघ २०८२,
गुलशनलाई एस जिको एकवर्षे प्रायोजन
खेलमैदान

गुलशनलाई एस जिको एकवर्षे प्रायोजन

३ माघ २०८२,
बागमती प्रदेश सरकारको छ महिनामा पुँजीगत खर्च आठ दशमलव ९९ प्रतिशत मात्र
समाचार

बागमती प्रदेश सरकारको छ महिनामा पुँजीगत खर्च आठ दशमलव ९९ प्रतिशत मात्र

३ माघ २०८२,
ग्रिनल्याण्डका विषयमा असहयोग गर्ने देशहरूमाथि थप भन्सार शुल्क लगाउने ट्रम्पको धम्की
समाचार

ग्रिनल्याण्डका विषयमा असहयोग गर्ने देशहरूमाथि थप भन्सार शुल्क लगाउने ट्रम्पको धम्की

३ माघ २०८२,
Load More
Next Post
रेसुङ्गा वन क्षेत्रभित्र होटल सञ्चालन दिनेगरी भएको सम्झौता सर्वोच्चद्वारा खारेज

रेसुङ्गा वन क्षेत्रभित्र होटल सञ्चालन दिनेगरी भएको सम्झौता सर्वोच्चद्वारा खारेज

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In