स्थानीय बजारमा सुनचाँदीको मूल्यमा लगातार उछाल आएको छ। आइतबार छापावाला सुन प्रतितोला २ लाख ५८ हजार ३ सय रुपैयाँमा कारोबार भएकोमा सोमबार २ लाख ६१ हजार ४ सय रुपैयाँ पुगेको छ। यो मूल्य हालसम्मकै उच्च हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ ३४ सय रुपैयाँले बढेको छ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आइतबार प्रतितोला ४ हजार १ सय ५ रुपैयाँ रहेको चाँदी सोमबार १ सय ३० रुपैयाँ बढेर ४ हजार २ सय ३५ रुपैयाँ पुगेको छ।













