• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सरकारको सय दिनप्रति संसद् आक्रोशित, कानुन निर्माण ठप्प भएको गुनासो

metakhabar by metakhabar
६ पुस २०८२,
0
सरकारको सय दिनप्रति संसद् आक्रोशित, कानुन निर्माण ठप्प भएको गुनासो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । राष्ट्रिय सभाका सांसदहरूले सरकारको सय दिनको कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गर्दै निर्वाचन समयमै हुन्छ कि हुँदैन भन्ने विषयमा सरकारसँग स्पष्ट जवाफ माग गरेका छन्। आइतबार सिंहदरबारमा बसेको संघीय संसद् राष्ट्रिय सभाअन्तर्गत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन व्यवस्थापन समितिको संयुक्त बैठकमा सांसदहरूले सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका हुन्।

बैठकमा एमालेकी सांसद सुमित्रा बिसीले सरकारले घोषणा गरेअनुसार भ्रष्टाचार नियन्त्रण र सुशासनका क्षेत्रमा देखिने खालका काम नदेखिएको भन्दै आलोचना गरिन्। उनले प्रधानमन्त्रीको अभिव्यक्तिअनुसार पाँच दिनमै भ्रष्टाचार नियन्त्रण गर्ने भनिए पनि त्यसतर्फ ठोस पहल नदेखिएको उल्लेख गरिन्। साथै उनले निर्वाचन निर्धारित समयमै हुने हो कि होइन भन्ने विषयमा सरकारको धारणा स्पष्ट गर्न माग गरिन्। संसद्को सेवा–सुविधा कटौती गर्ने निर्णय तत्काल फिर्ता लिनुपर्ने मागसमेत उनले राखिन्।

उनले स्वकीय सचिव हटाउने निर्णय, बजेट कटौती र योजनाहरू रोक्का गर्ने कामले विकास प्रभावित भएको भन्दै ती निर्णय सच्याउन सरकार तयार हुनुपर्ने बताइन्।

यस्तै, नेपाली कांग्रेसकी सांसद विष्णुदेवी पुडासैनीले स्थानीय तहको कामलाई सहज बनाउने खालका कानुन निर्माणमा सरकार गम्भीर हुनुपर्ने बताइन्। सार्वजनिक खरिदसम्बन्धी आदेशका कारण स्थानीय तहमा विकास तथा सेवा प्रवाह प्रभावित भएको उल्लेख गर्दै उनले त्यससम्बन्धी कानुन संशोधन गर्न सरकारको ध्यानाकर्षण गराइन्।

नेपाली कम्युनिष्ट पार्टीका सांसद डा. वेदुराम भुसालले भने विधायन ऐन कार्यान्वयनमा सरकार उदासीन रहेको आरोप लगाए। विधायन ऐन लागू भइसकेपछि पनि त्यसको पालना नभएको भन्दै उनले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको भूमिकामाथि प्रश्न उठाए। विधेयक निर्माण प्रक्रियामा कानुन मन्त्रालयको अनिवार्य भूमिका रहे पनि आवश्यक गम्भीरता नदेखिएको उनको भनाइ थियो।

बैठकमा सहभागी सांसदहरूले सरकारले अत्यावश्यक कानुन निर्माणमा समेत चासो नदिएको आरोप लगाउँदै विधायन प्रक्रिया प्रभावकारी बनाउन तत्काल सुधार आवश्यक रहेको बताएका थिए।

Previous Post

वाग्मतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

Next Post

आहा ! आलिताल

metakhabar

metakhabar

सम्बन्धित खबर

युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम
फिचर-ब्यानर

युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

१२ असार २०८३,
इरानमा कडा अनुगमन आवश्यक : आइएइए
अन्तर्राष्ट्रिय

इरानमा कडा अनुगमन आवश्यक : आइएइए

१२ असार २०८३,
मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल
समाचार

मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

१२ असार २०८३,
रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा
खेलमैदान

रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

१२ असार २०८३,
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
आर्थिक

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

१२ असार २०८३,
‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री
फिचर-ब्यानर

‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

१२ असार २०८३,
Load More
Next Post
आहा ! आलिताल

आहा ! आलिताल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In