• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भेनेजुएलामा शक्तिशाली भूकम्प

    भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु

    ज्येष्ठ शुक्ल एकादशीः घरका मठमा तुलसीको दल राखिँदै

    ज्येष्ठ शुक्ल एकादशीः घरघरका मठमा तुलसीको दल राखिँदै

    यात्रुका मागका आधारमा टरिगाउँ विमानस्थलबाट उडान

    टरिगाउँ विमानस्थलका लागि २५ करोड

    मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

    मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

    वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै

    गर्मी बढेपछि वीरगञ्जका सबै विद्यालय चार दिन बिदा

    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व सङ्कलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मुख्यमन्त्रीको कडाइपछि बड्डीचौर–खम्बागाडे सडकमा तीव्र निर्माण, ठेकेदार सक्रिय

metakhabar by metakhabar
२ पुस २०८२,
0
मुख्यमन्त्रीको कडाइपछि बड्डीचौर–खम्बागाडे सडकमा तीव्र निर्माण, ठेकेदार सक्रिय
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । लामो समयदेखि ढिलासुस्ती र विवादमा परेको पश्चिम सुर्खेतको बड्डीचौर–खम्बागाडे सडकखण्डको निर्माण कार्य अहिले तीव्र गतिमा अघि बढेको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलको कडा निर्देशन र चेतावनीपछि ठेकेदार कम्पनीले काममा गति दिएको हो।

मदन भण्डारी राजमार्ग अन्तर्गत पर्ने १३।९ किलोमिटर लामो यो सडक प्रदेश सरकारको लगानीमा निर्माण भइरहेको छ। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरलाई पश्चिम सुर्खेतसँग जोड्ने ‘लाइफलाइन’ मानिने यो सडक खण्ड वर्षौंदेखि धुलो र हिलाको समस्याले पीडित रहँदै आएको थियो। ठेकेदारको लापरबाही, कानुनी झमेलाहरू र वन क्षेत्रको अवरोधका कारण आयोजना लामो समयसम्म कछुवा गतिमा सीमित भएको थियो।

प्रदेश सरकारको ४२ करोड ४७ लाख ६१ हजार रुपैयाँ लागत अनुमान गरिएको यो आयोजना सुरुमा जयदेवी जेभी बाँकेले जिम्मा पाएको थियो। २०७९ साउनदेखि सुरु भएको काम सम्झौताअनुसार २०८१ असारभित्र सम्पन्न हुनुपर्ने भए पनि अपेक्षित प्रगति नदेखिएपछि प्रदेश सरकारले कडा हस्तक्षेप गरेको हो। अहिले मुख्य ठेकेदार कम्पनी अनक कन्स्ट्रक्सनले सम्पूर्ण कामको जिम्मेवारी सम्हालेर निर्माण अघि बढाइरहेको छ।

मुख्यमन्त्री कँडेल स्वयं पटक–पटक आयोजना स्थल पुगेर निरीक्षण गर्दै ढिलाइ भए कारबाही हुने चेतावनी दिएपछि निर्माण कार्यले तीव्रता पाएको पूर्वाधार विकास निर्देशनालय सुर्खेतले जनाएको छ। निमित्त प्रमुख सूर्यबहादुर शाहीका अनुसार लामो समयदेखि रोकिएको रुख कटान प्रक्रिया टुंगिएसँगै कामले गति लिएको हो। हाल आयोजनाको भौतिक प्रगति ३५ प्रतिशत र वित्तीय प्रगति २५ प्रतिशत पुगेको छ।

आयोजनाको म्याद तेस्रो पटक थपेर २०८३ असार मसान्तसम्म पुर्‍याइएको छ। निर्माण व्यवसायी अनक कन्स्ट्रक्सनका प्रतिनिधि शंकर रावतका अनुसार आगामी असारसम्म पूर्ण कालोपत्रे सम्भव नहुने भए पनि कम्तीमा सवारी साधन सहज रूपमा सञ्चालन हुने अवस्थामा पुर्‍याइनेछ। अहिले सडक कटिङ, नाला निर्माण र संरचनागत काम धमाधम भइरहेको उनले बताए।

तीन प्याकेजमा विभाजन गरिएको यो सडकमा आगामी असारसम्म कम्तीमा ८ किलोमिटर कालोपत्रे गर्ने लक्ष्य राखिएको छ। बाँकी खण्डमा ग्राभेल बिछ्याएर यातायातलाई सुरक्षित र सहज बनाउने तयारी गरिएको छ।

यद्यपि, निर्माणले गति लिए पनि विद्युत् प्राधिकरणले सडक क्षेत्रमा रहेका पोल नहटाउँदा समस्या देखिएको छ। निर्देशनालयले पोल सार्नका लागि गत वर्ष नै २८ लाख रुपैयाँ नेपाल विद्युत् प्राधिकरणलाई बुझाइसकेको भए पनि अझै १७–१८ वटा पोल सडकको बीचमै रहेको बताइएको छ। यसले मेसिन सञ्चालन र सडक चौडा पार्ने काममा बाधा पुगेको छ।

तीन दशकअघि ट्र्याक खुलेको यो सडक पश्चिम सुर्खेतका नागरिकका लागि अधुरो विकासको प्रतीक बनेको थियो। पटक–पटक मन्त्री बनेका नेताहरू आए–गए पनि सडकको दुर्दशा भने यथावत् रहँदै आएको स्थानीयको गुनासो छ। पछिल्लोपटक भने मुख्यमन्त्रीको सक्रिय हस्तक्षेपपछि कामले वास्तविक गति लिएको भन्दै स्थानीयले आशा व्यक्त गरेका छन्।

Previous Post

भोट माग्ने नाममा फोहोरः एमाले महाधिवेशनस्थल अस्तव्यस्त,महानगरले गर्‍यो सरसफाइ

Next Post

टनकपुर व्यारेजबाट छिट्टै पानी पाउनेमा विश्वस्त छौं- मन्त्री घिसिङ

metakhabar

metakhabar

सम्बन्धित खबर

भेनेजुएलामा शक्तिशाली भूकम्प
अन्तर्राष्ट्रिय

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु

११ असार २०८३,
ज्येष्ठ शुक्ल एकादशीः घरका मठमा तुलसीको दल राखिँदै
आवाज

ज्येष्ठ शुक्ल एकादशीः घरघरका मठमा तुलसीको दल राखिँदै

११ असार २०८३,
यात्रुका मागका आधारमा टरिगाउँ विमानस्थलबाट उडान
आर्थिक

टरिगाउँ विमानस्थलका लागि २५ करोड

११ असार २०८३,
मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह
आर्थिक

मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

११ असार २०८३,
वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै
आवाज

गर्मी बढेपछि वीरगञ्जका सबै विद्यालय चार दिन बिदा

११ असार २०८३,
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
समाचार

ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व सङ्कलन

११ असार २०८३,
Load More
Next Post
टनकपुर व्यारेजबाट छिट्टै पानी पाउनेमा विश्वस्त छौं- मन्त्री घिसिङ

टनकपुर व्यारेजबाट छिट्टै पानी पाउनेमा विश्वस्त छौं- मन्त्री घिसिङ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In