• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, February 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘निर्वाचन लक्षित सुरक्षा व्यवस्थासहित रौतहटको सीमा नाकामा कडाइ’

    ‘निर्वाचन लक्षित सुरक्षा व्यवस्थासहित रौतहटको सीमा नाकामा कडाइ’

    वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै

    महाशिवरात्रिलाई लक्षित गर्दै पशुपतिमा विविध गतिविधि सुरु

    हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस मनाइँदै

    हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस मनाइँदै

    इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो

    इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो

    स्वास्थ्य बिमाबापत रु एक लाख बराबरको उपचार सेवा यथावत्

    स्वास्थ्य बिमाबापत रु एक लाख बराबरको उपचार सेवा यथावत्

    प्रदेश आयुर्वेद चिकित्सालयबाट सोह्र हजार बढीले लिए सेवा

    प्रदेश आयुर्वेद चिकित्सालयबाट सोह्र हजार बढीले लिए सेवा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कांग्रेसले सुरु गर्यो उम्मेदवार सिफारिसको दौड, कुन नेता कहाँबाट सिफारिस ?

metakhabar by metakhabar
२४ मंसिर २०८२,
0
तय मितिमा फेरबदल, कांग्रेस केन्द्रीय समिति बैठक अब असार १६ गते बस्ने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवार सिफारिस प्रक्रिया तीव्र पारेको छ। विभिन्न जिल्ला तथा क्षेत्रबाट पार्टीका शीर्ष नेताहरूलाई उम्मेदवारका रूपमा सिफारिस गर्ने क्रम जारी छ।

कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, वरिष्ठ नेता डा. शेखर कोइराला तथा नेतृ आरजु राणा देउवालगायतका नाम धेरै जिल्लाबाट सिफारिस भएका छन्।

कार्यवाहक सभापति पूर्णबहादुर खड्का सुर्खेत–१ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारका रूपमा सिफारिस भएका छन्। उनी २०७९ सालको निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए।

महामन्त्री गगन थापा धनकुटा र रोल्पा दुवै क्षेत्रबाट सिफारिस भएका छन्। उनी २०७९ को चुनावमा काठमाडौं–४ बाट विजयी भएका थिए। अर्का महामन्त्री विश्वप्रकाश शर्मा झापा–१ बाट पुनः सिफारिस भएका छन्, जहाँबाट उनी गत निर्वाचनमा निर्वाचित भएका थिए।

प्रभावशाली नेता डा. शेखर कोइराला मोरङ–६ बाट सर्वसम्मत रूपमा सिफारिस भएका छन्। उनी पनि २०७९ सालमा यही क्षेत्रबाट सांसद निर्वाचित भएका थिए। मोरङ–३ बाट सुनिल शर्माको नाम एकल रूपमा सिफारिस गरिएको छ। उनले विगतमा सोही क्षेत्रबाट एमालेका भानुभक्त ढकाललाई पराजित गर्दै जितेका थिए।

पूर्व परराष्ट्रमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवा कैलाली–५ बाट उम्मेदवार सिफारिस भएकी छिन्। उनको नामसँगै नरनारायण शाह (मनु), डिल्लीराज पन्त र नृप वडको नाम पनि सिफारिस सूचीमा समावेश छ।

मोरङ–४ बाट पूर्वमन्त्री महेश आचार्य सिफारिस भएका छन्। उनीसँगै दिलिपकुमार गच्छदार, गुरुराज घिमिरे र विनोद बस्नेतको नाम पनि पठाइएको छ। मोरङ–२ बाट पूर्वमन्त्री मीनेन्द्र रिजाल सिफारिस भएका छन्। रिजालसँगै शिवनारायण सिंह र नारायणी पण्डितको नाम पनि प्रस्तावमा समावेश छ।

रुपन्देही– ३ बाट पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित छ जनाको नाम सिफारिस गरेको छ ।क्षेत्रीय कार्य समितिको मङ्गलबारको बैठकले प्रत्यक्षतर्फ खाणसहित सुशील गुरुङ, रमेश खनाल, रामचन्द्र ढकाल, विमल ढकाल र गोविन्दबहादुर खत्रीको नाम सिफारिस गरेको क्षेत्रीय सचिव लेखनाथ भट्टराईले जानकारी दिए ।
यसैगरी, समानुपातिकतर्फ जन्नतुननिशा धुनिया, पुष्पाथरुनी र माधवी शर्मालाई सिफारिस गरिएको उनले बताए ।

सिन्धुपाल्चोक–१ बाट पूर्वमन्त्री मोहनबहादुर बस्नेत, पर्सा–४ बाट कांग्रेस नेता रमेश रिजाल सर्वसम्मत रूपमा सिफारिस भएका छन्। त्यस्तै, नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द बैतडीबाट उम्मेदवारका रूपमा सिफारिस भएका छन्।

सुर्खेत–२ बाट पूर्वमन्त्री हृदयराम थामीसहित उपेन्द्र थापा, कमल खत्री, नारायण कोइराला, भिष्मराज हमाल र वसन्ती बस्नेतको नाम उम्मेदवार सिफारिसमा समावेश भएको छ।

कांग्रेसका क्षेत्रीय समितिहरूले सिफारिस गरेका नाम जिल्ला कार्यसमितिमा पठाइसकेका छन्। जिल्ला कार्यसमितिबाट नाम प्रदेश कार्यसमितिमा जानेछन्। प्रदेश समितिको छलफलपछि कांग्रेस केन्द्रीय समितिले अन्तिम उम्मेदवार घोषणा गर्नेछ।

Previous Post

मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो- प्रधानमन्त्री कार्की

Next Post

भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो

metakhabar

metakhabar

सम्बन्धित खबर

‘निर्वाचन लक्षित सुरक्षा व्यवस्थासहित रौतहटको सीमा नाकामा कडाइ’
फिचर-ब्यानर

‘निर्वाचन लक्षित सुरक्षा व्यवस्थासहित रौतहटको सीमा नाकामा कडाइ’

२९ माघ २०८२,
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
फिचर-ब्यानर

महाशिवरात्रिलाई लक्षित गर्दै पशुपतिमा विविध गतिविधि सुरु

२९ माघ २०८२,
हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस मनाइँदै
फिचर-ब्यानर

हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस मनाइँदै

२९ माघ २०८२,
इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो
समाचार

इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो

२९ माघ २०८२,
स्वास्थ्य बिमाबापत रु एक लाख बराबरको उपचार सेवा यथावत्
समाचार

स्वास्थ्य बिमाबापत रु एक लाख बराबरको उपचार सेवा यथावत्

२९ माघ २०८२,
प्रदेश आयुर्वेद चिकित्सालयबाट सोह्र हजार बढीले लिए सेवा
समाचार

प्रदेश आयुर्वेद चिकित्सालयबाट सोह्र हजार बढीले लिए सेवा

२९ माघ २०८२,
Load More
Next Post
भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो

भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In