• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    चार वर्षअघि सम्झौता, अझै सुरु भएन बुढीगङ्गाको पुल निर्माण

    चार वर्षअघि सम्झौता, अझै सुरु भएन बुढीगङ्गाको पुल निर्माण

    काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन

    काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन

    सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

    आजको मौसमः कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित

    अमेरिकी सङ्घीय न्यायाधीशद्वारा राष्ट्रपति ट्रम्पको ७५ देशीय भिसा प्रतिबन्ध खारेजका लागि आदेश

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हिमगुण कन्सल्टेन्सी विवादः पोखरेल परिवारमाथि अवैध सम्पत्ति, बैंक झुक्याइ र ठगी आरोपमा विभागले थाल्यो अनुसन्धान !

metakhabar by metakhabar
१७ मंसिर २०८२,
0
हिमगुण कन्सल्टेन्सी विवादः पोखरेल परिवारमाथि अवैध सम्पत्ति, बैंक झुक्याइ र ठगी आरोपमा विभागले थाल्यो अनुसन्धान !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मोरङमा कन्सल्टेन्सी सञ्चालन गर्दै आएका कृष्णहरी पोखरेलमाथि अवैध सम्पत्ति आर्जन, झूटो भ्यालुएसनमार्फत बैंक झुक्याउने र ऋण तिरिदिने बहानामा नागरिकका घर–जग्गा हत्त्याउने आरोपसँगै सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान अघि बढाएको छ।

विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुरका अनुसार उजुरी दर्ता भएसँगै विषय औपचारिक रूपमा अध्ययन–अनुसन्धानको दायरामा प्रवेश गरिसकेको छ। विराटनगर–११ जनपथ टोलको करिब १७ धुरमा बनेको डेढ तले घर अहिलेको बजार मूल्य चार करोडभन्दा माथि ताराकुमार तुम्रुकको पुर्ख्यौली सम्पत्ति हो। एनएमबी बैंकको ८५ लाख ऋण तिर्न नसकिरहेको अवस्थामा घर बेच्ने तयारी गरिरहेका तुम्रुकलाई हिमगुण कन्सल्टेन्सीका सञ्चालक कृष्णहरी पोखरेलले “उच्च मूल्यमा बेचिदिन्छु” भन्दै अगाडि आए। ऋण तिरेर समस्या सल्टाउने आशमा तुम्रुक सहमत भए। तर पोखरेलले घर आफ्नो श्रीमती विनिता ढकालको नाममा दर्ता गराएपछि उनी घर–जग्गाविहीन बने।

झापाको दमककी कुमारी लावती पनि उस्तै घटनाको शिकार बनेकी छन्। दुई कठ्ठा आठ धुरको जग्गामा निर्माण भएको घर, जसको मूल्य करोडौँ पर्छ, पोखरेलले ‘ऋण तिर्ने’ भन्दै आफ्नो पत्नीको नाममा सारिदिए। पछि विभिन्न बहाना, २४ प्रतिशत ब्याज र अन्य शर्त देखाउँदै घर फिर्ता गर्न नमानेपछि लावती अहिले न्यायका लागि धाइरहेकी छन्।

यी दुई घटना मात्र होइन, मोरङ, सुनसरी र झापाका अन्य नागरिकले पनि पोखरेलबाट आफू ठगिएको दाबी गर्दै आएका छन्। कन्सल्टेन्सीमार्फत धितो मूल्यांकन गर्ने नाममा झूटो विवरण तयार गर्ने, बैंकमा गलत कागजात बुझाउने र कमजोर अवस्थाका मानिसको सम्पत्ति कब्जा गरेर महंगोमा बेच्ने जस्ता गतिविधि निरन्तर भइरहन आएको उजुरीमा उल्लेख छ।

यही शृंखलामध्ये झापाका एक व्यक्तिले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा विस्तृत उजुरी दिएका थिए । उनीद्वारा दर्ता गरिएको उजुरीमा कृष्णहरी पोखरेल, श्रीमती र उनका छोराको नाममा मोरङ र झापामा मात्र करिब पाँच विघा बजार मूल्य करिब ४०–५० करोड अवैध रूपमा आर्जन गरिएको दाबी छ। यसमध्ये विराटनगर–११ र जतुवास्थित सम्पत्ति बाहेक सबै ‘स्रोत नदेखिने’ जग्गा रहेको उल्लेख छ।

उजुरीमा पाँचवटा आधार प्रस्तुत गरिएको छः
– हिमगुण कन्सल्टेन्सीमार्फत झूटो भ्यालुएसन बनाइ विभिन्न जग्गा आफूतिर पार्न खोज्ने,
– बैंकहरूसँग झूटो विवरण पेश गर्ने,
– उपमहानगरपालिका र बैंक दुवै ठाउँमा गलत कागजात बुझाएर अवैध लाभ उठाउने,
– ऋण तिर्ने नाममा सस्तोमा सम्पत्ति कब्जा गर्ने,
– व्यापारीलाई मिटर ब्याजमा रकम दिएर आर्थिक दुरुपयोग गर्ने।

सम्पत्ति शुद्धीकरण विभागले प्रारम्भिक अध्ययन थालिसकेको र बैंक तथा स्थानीय निकायबाट थप कागजात मागिने प्रक्रिया अघि बढेको बुझिएको छ। यसबीच पोखरेल पक्ष भने सबै आरोप अस्वीकार गर्दै आएका छन्। उनले आफू “धितो मूल्यांकन गर्ने मात्र कर्मचारी” भएको र कसैको सम्पत्ति हत्त्याएको आरोप निराधार रहेको दाबी गर्छन्।

तर पीडितहरू वर्षौँसम्म घर–जग्गा फिर्ता हुन नसक्दा न्यायका लागि दौडधुप गरिरहेका छन्। धेरै पीडित ‘उनको पहुँच, पैसा र प्रभाव’का कारण उजुरी गर्नै डराएको बताउँछन्। घटनाहरू सार्वजनिक भएपछि स्थानीय क्षेत्रमा पनि पोखरेलको कन्सल्टेन्सी र गतिविधि विवादको केन्द्रमा पुगेका छन्।

अब विभागको अनुसन्धानले यी आरोप वास्तविकता हुन् वा होइनन् भन्ने निष्कर्ष निकाल्नेछ। तर उजुरी, कागजात र पीडितका कथन सार्वजनिक भएसँगै विषयले कानुनी तथा प्रशासनिक निकायको ध्यान खिचिसकेको छ।

Previous Post

रुस र अमेरिकाद्वारा आणविक परीक्षण पुनः सुरु गर्ने चेतावनीले बढ्यो चिन्ता

Next Post

जुनार चिनाउँदै व्यवस्थित कृषि सडकको मागसहित ‘जुनार महोत्सव’

metakhabar

metakhabar

सम्बन्धित खबर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

८ भदौ २०८३,
चार वर्षअघि सम्झौता, अझै सुरु भएन बुढीगङ्गाको पुल निर्माण
समाचार

चार वर्षअघि सम्झौता, अझै सुरु भएन बुढीगङ्गाको पुल निर्माण

८ भदौ २०८३,
काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन
फिचर-ब्यानर

काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन

८ भदौ २०८३,
सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने
फिचर-ब्यानर

आजको मौसमः कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

८ भदौ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

८ भदौ २०८३,
मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
अन्तर्राष्ट्रिय

अमेरिकी सङ्घीय न्यायाधीशद्वारा राष्ट्रपति ट्रम्पको ७५ देशीय भिसा प्रतिबन्ध खारेजका लागि आदेश

७ भदौ २०८३,
Load More
Next Post
जुनार चिनाउँदै व्यवस्थित कृषि सडकको मागसहित ‘जुनार महोत्सव’

जुनार चिनाउँदै व्यवस्थित कृषि सडकको मागसहित ‘जुनार महोत्सव’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In