• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, May 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    हावाहुरीले बिजुली आपूर्तिमा अवरोध

    हावाहुरीले बिजुली आपूर्तिमा अवरोध

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    अस्ट्रेलियन डलर, युरो, पाउन्ड र बहराइन दिनारको भाउ बढ्यो

    एमालेले टुंग्यायो वरीयता, को कतिमा?

    एमालेले टुंग्यायो वरीयता, को कतिमा?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल जेठ ११ गते सोमबारको राशिफल

    जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

    जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

    अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?

    अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    हावाहुरीले बिजुली आपूर्तिमा अवरोध

    हावाहुरीले बिजुली आपूर्तिमा अवरोध

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    अस्ट्रेलियन डलर, युरो, पाउन्ड र बहराइन दिनारको भाउ बढ्यो

    एमालेले टुंग्यायो वरीयता, को कतिमा?

    एमालेले टुंग्यायो वरीयता, को कतिमा?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल जेठ ११ गते सोमबारको राशिफल

    जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

    जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

    अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?

    अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

कमला नदीमा अस्थायी ‘डाइभर्सन’ बनाइँदै

metakhabar by metakhabar
१६ मंसिर २०८२,
0
कमला नदीमा अस्थायी ‘डाइभर्सन’ बनाइँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सिरहा : हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीमा तत्कालका लागि आवतजावतलाई सहज बनाउन अस्थायी ‘डाइभर्सन’ निर्माण हुने भएको छ ।

हुलाकी सडक निर्देशनालयअन्तर्गतको योजना कार्यालय जनकपुरले आइतबार डाइभर्सन सडक निर्माणका लागि ठेक्कासम्बन्धी सूचना प्रकाशित गरेको छ । कार्यालयका प्रमुख कृष्णकुमार महतोका अनुसार रु एक करोड २४ लाख ८५ हजारको लागतमा सिरहाको बसविट्टाघाट र कमला खोलालाई जोड्ने गरी ५५ मिटर लम्बाइ र १० मिटर चौडाइको अस्थायी ‘डाइभर्सन’ निर्माण गर्न लागिएको हो । आकस्मिक कार्यअन्तर्गत आह्वान गरिएको ठेक्काअनुसार एक महिनाभित्र काम सम्पन्न गर्नुपर्नेछ ।

यहाँ विगत १४ वर्षदेखि पक्की पुल निर्माणाधीन अवस्थामा छ । हाल स्थानीय युवाले बनाएको काठको पुल र नदीमा डुङ्गाको माध्यमबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य हुनुपरेको छ ।

यसैबीच यही मङ्सिर ५ गते भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले पुलको निरीक्षणका क्रममा तत्कालै अस्थायी प्रकृतिको डाइभर्सन बनाउने प्रतिबद्धता जनाउनुभएको थियो ।

मन्त्री घिसिङको निर्देशनपछि पुल निर्माणको जिम्मेवारी लिएको लुम्बिनी बिल्डर्सका सञ्चालक विष्णुप्रसाद शर्माले मन्त्रीसमक्ष अधुरो पुल तीन महिनाभित्रै सम्पन्न गरेर सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

विसं २०६८ जेठमा तीन वर्षमा सम्पन्न गर्ने गरी निर्माण सुरु भएको यो पुल १४ वर्ष बितिसक्दा पनि अधुरै छ । विसं २०७८ असार १७ गते कमलाको बाढीले भाँसिएको पुलको निर्माण सम्झौता हाल नवौँपटक म्याद थपको प्रक्रियामा छ ।

डुङ्गाबाट नदी वारपार गर्दा ठूलो जोखिम बढेकाले पक्की पुल पुनर्निर्माण भएर सञ्चालनमा नआउञ्जेल डाइभर्सनले ठूलो राहत प्रदान गर्नेछ ।

Previous Post

‘नेपालमा प्राकृतिक चिकित्सामार्फत पर्यटन प्रवर्द्धनको ठूलो सम्भावना’

Next Post

तोरीले पहेँलपुर बेथानचोकका बारी

metakhabar

metakhabar

सम्बन्धित खबर

हावाहुरीले बिजुली आपूर्तिमा अवरोध
फिचर-ब्यानर

हावाहुरीले बिजुली आपूर्तिमा अवरोध

११ जेष्ठ २०८३,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
आर्थिक

अस्ट्रेलियन डलर, युरो, पाउन्ड र बहराइन दिनारको भाउ बढ्यो

११ जेष्ठ २०८३,
एमालेले टुंग्यायो वरीयता, को कतिमा?
फिचर-ब्यानर

एमालेले टुंग्यायो वरीयता, को कतिमा?

११ जेष्ठ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल जेठ ११ गते सोमबारको राशिफल

११ जेष्ठ २०८३,
जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास
आर्थिक

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

१० जेष्ठ २०८३,
अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?
आर्थिक

अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?

१० जेष्ठ २०८३,
Load More
Next Post
तोरीले पहेँलपुर बेथानचोकका बारी

तोरीले पहेँलपुर बेथानचोकका बारी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In