• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

टाउको दुखाइ कम गर्ने पाँच प्रभावकारी तरिका

metakhabar by metakhabar
७ कार्तिक २०८२,
0
टाउको दुखाइ कम गर्ने पाँच प्रभावकारी तरिका
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी– हरेक मानिस आफू स्वस्थ रहन चाहन्छन् । तर, वातावरणीय प्रभाव, बदलिदो मौसम र मानसिक तनावलगायत विभिन्न कारण मानिसमा अन्य शारीरिक समस्या जस्तै टाउँको दुख्नु पनि एक हो । टाउकोको दुखाइलाई अंग्रेजीमा ‘माइग्रेन’ भनिन्छ ।

तर, सामान्य टाउको दुखाइलाई भने माइग्रेन भन्न मिल्दैन । २ देखि ७२ घण्टासम्म लगातार टाउको दुखी रहनु र यो क्रम बारम्बार दोहोरिएको खण्डमा माइग्रेन भएको मान्नु पर्ने चिकित्सकको भनाइ छ । टाउकोमा हुने सामान्य दुखाइले हरेक मानिसलाई पीडा बोध गराउँछ भने चर्को दुखाइको पीडा सहन साच्चै नै गाह्रो हुन्छ ।

त्यसमा पनि उखरमाउलो गर्मी मौसममा बाहिर हिँड्डुल गर्नु पर्‍यो भने टाउको नै फुट्ला झै दुखाइको पीडा हुन्छ । धरै मानिसले टाउको दुख्नुलाई रोगको रुपमा पनि लिने गरेका छन् । तर, टाउको दुखाइ कुनै ठूलो रोग होइन, सामान्य मानिन्छ । यही सामान्य मानिने टाउको दुखाइले निकै कष्ट दिन्छ । शरीरमा पानीको कमी हुँदा पनि टाउको दुख्ने समस्या देखिन्छ । यद्यपि, टाउको दुखाइ वा माइग्रेनको सिकार भएका अधिकांश मानिसले यसबाट छुट्कारा पाउन सामान्य उपाय अवलम्बन गरे मात्रै पनि पर्याप्त हुनेछ ।

१) पानीः

टाउको दुखाइको समस्या भएका केही मानिसहरुमा गरिएको अध्ययनले पर्याप्त पानी पिउने व्यक्तिमा टाउको दुखाइमा कमी आएको देखाएको छ । महिनामा दुई पटक कडा र पाँच पटक सामान्य टाउको दुख्ने दुई समूहका मानिसमाथि गरिएको अध्ययनले नियमित पिउनेभन्दा दैनिक डेढ लिटर बढी पानी पिउने व्यक्तिमा माइग्रेनको समस्या उल्लेख्य सुधार भएको पाइएको थियो ।

त्यसैले तपाईंले नियमित रुपमा पिउने १–२ लिटर पानीमा थप डेढ लिटर पानी पिउने गर्नु भयो भने टाउको दुखाइको समस्याबाट मुक्ति पाउन सक्नु हुनेछ । बढी पानी पिउने समूहका ४७ प्रतिशत मानिसमा टाउको दुखाइको कमी भएको पाइएको थियो भने कम पानी पिउने समूहका २५ प्रतिशत मानिसमा मात्रै टाउको दुखाइमा सुधार भएको पाइएको थियो ।

तर, अलिकति बढी पानी पिउँदैमा केही बिगार पनि हुँदैन, त्यसैले केही दिन प्रयोगकै रुपमा १–२ लिटर पानी बढी खाएर हेर्नुस् । पानीको बोतल जहाँ जाँदा पनि सधैं बोक्नुहोस् । र, खाली हुनासाथ नबिर्सी बोतलमा पानी भरिहाल्नोस्, ताकि बढी पानी खानुपर्छ भनेर बोतलले नै तपाईंलाई सम्झना दिलाइरहोस् ।

२) क्याफिनः

क्याफिनले दुखाइ कम गर्नसक्छ । ‘सिस्टमेटिक रिभ्यु द्याट इन्क्लुडेड फाइभ हेडेक स्टडिज’ अन्तर्गत एक हजार पाँच सय तीन जना सहभागीमा गरिएको परीक्षणमा क्याफिनले दुखाइ कम गर्ने देखाएको थियो ।

सहभागीमध्ये सबै माइग्रेन वा तनावका कारण टाउको दुख्नेहरु थिए । कफी खाँदा क्याफिनको मात्रा सय मिलिग्राम वा बढी भएपछि र पेनकिलर वा प्यारासिटामोल सेवन गर्दा ३३ प्रतिशतलाई आराम भएको थियो भने पेनकिलर मात्र सेवन गर्ने समूहका २५ प्रतिशतलाई आराम भएको थियो ।

दैनिक चार सय मिलिग्रामभन्दा बढी क्याफिन सेवन गर्ने ५० हजार जनाभन्दा बढी नर्बेजियालीमा टाउको दुखाइ र क्याफिनको सम्बन्धबीच एउटा अनुसन्धान गरिएको थियो । सहभागीमध्ये सबैभन्दा बढी क्याफिन ‘दैनिक ५४० मिलिग्राम’ सेवन गर्नेहरूलाई माइग्रेनलगायत टाउको दुखाइको सम्भावना १० प्रतिशत बढी पाइयो । यसले के देखायो भने माइग्रेनको टाउको दुखाइमा क्याफिनयुक्त खाना जस्तैः कफी कम खानु उपयुक्त हुन्छ ।

तर, तनाव तथा अन्य कारणको टाउको दुखाइमा भने क्याफिनले फाइदा गर्छ ।

अध्ययनमा जब टाउको दुखाइको दोहोरिने प्रवृत्तिको अध्ययन गरियो, थोरै मात्रामा क्याफिन ‘दैनिक २४० मिलिग्राम’ सेवन गर्नेको तुलनामा बढी मात्रामा क्याफिन सेवन गर्नेलाई ‘नन–माइग्रेन’ टाउको दुखाइ महिनामा ७ पल्टभन्दा कम मात्र हुने गरेको पाइयो ।

यसमा क्याफिनको बढी मात्राले टाउको दुखाइ घटाउने तथ्य पाइयो । अनुसन्धानकर्ताले सबैभन्दा थोरै क्याफिन ‘दैनिक १२५ मिलिग्राम’ सेवन गर्नेहरूलाई भने महिनामा १४ पटकभन्दा बढी टाउको दुख्नसक्ने तथ्य पत्ता लगाए । ती सहभागीहरू बढी संवेदनशील र क्याफिनप्रति उदासिन भएका कारण यस्तो हुनसक्ने अनुसन्धानकर्ताले बताए । निदाएका बेला टाउको दुख्ने रोगलाई हिप्निक हेडेक भनिन्छ ।

आक्कलझुक्कल कसैकसैलाई मात्र हुने हिप्निक हेडेकमा १५ मिनेटदेखि ३ घन्टासम्म टाउको दुख्नसक्छ र यो खासगरी बुढापाकालाई हुन्छ । हिप्निक हेडेकको उपचार कडा कफी खुवाएर गरिन्छ ।

३) उपवासः

केही व्यक्तिमा उपवासपछि पनि टाउको दुख्नेगर्छ । खासगरी बेलुकी ६ बजेदेखि अर्को दिन बिहान १० बजेसम्म भोकै बस्दा यसरी टाउको दुख्नेगर्छ । डेनमार्कमा गरिएको एउटा अनुसन्धानले २५ जनामध्ये एक जनालाई यस्तो उपवासका कारण टाउको दुख्ने गरेको पत्ता लगाएको थियो ।

दुखाइमा केही नखाई खाली पेटमा गर्नुपर्ने रगत वा अन्य परीक्षण तथा उपवासबाट शारीरिक वजन घटाउँदा वा अत्यन्त न्यून ऊर्जायुक्त भोजन ‘लो एनर्जी डाइटिङ’ गर्दा टाउको दुख्नसक्छ ।

यस्तो टाउको दुखाइमा पनि कफी सेवनबाट सुधार हुनसक्छ । रगतलगायत परीक्षणमा भोको पेट बस्नुको साटो कस्ता तरल पदार्थ खान हुन्छ । जस्तै चिया, कफी, पानी आदि ।

यस्तै, अर्को एउटा अध्ययनमा राति केही खाएर सुत्नेहरूलाई नखाई सुत्नेको तुलनामा टाउको दुख्ने सम्भावना ४० प्रतिशत थोरै पाइएको थियो । अध्ययनमा एक महिनासम्म सबै सहभागीको तथ्यांक राखेर विश्लेषण गरिएको थियो । यस्तो टाउको दुखाइबाट जोगिन राति भोकै नसुत्नु बेस हुन्छ ।

४) मध्यपानः

मध्यपानका कारण हुने ‘ह्याङओभर’ को पहिलो लक्षण नै टाउको दुख्नु हो । तर, एक पेगदेखि कतिसम्म अल्कोहल पिए ह्याङओभर हुन्छ भन्ने व्यक्तिअनुसार फरक पर्छ । अल्कोहल पिएपछि फुट्नेगरी टाउको दुख्नु, छिटोछिटो पिसाब लाग्नु र वान्ता गर्नुले ‘डिहाइड्रेसन’को जोखिम बढाउँछ ।

यसले रगतमासमेत परिवर्तन गर्छ र मस्तिष्कमा अक्सिजनको प्रवाह कम हुन्छ । कलेजोले रगत–मस्तिष्कको क्षमताले धान्नेभन्दा धेरै भएर अल्कोहल पचाउनु ‘मेटाबोलिज्म’ परेपछि ह्याङओभर हुनेगर्छ ।

अल्कोहलले तनावका कारण हुने टाउको दुखाइ, अधाहा (आधा टाउको दुख्ने) र माइग्रेनसमेत निम्त्याउन सक्छ । अल्कोहलका मामिलामा बुद्धिमत्तापूर्ण सुझाव भनेकै, नपिउनु नै राम्रो हो । यदि पिउनु परेमा आफूले पचाउन सक्नेगरी पिउने, खाली पेटमा अल्कोहल सेवन नगर्ने र पानीको मात्रा बढाउने नै उत्तम उपाय हुन् ।

५) फोलेटयुक्त भोजनको मात्राः

हालै गरिएको एउटा अध्ययनले फोलेटयुक्त भोजनको कमीका कारण बारम्बार माइग्रेन हुने गरेको तथ्य पत्ता लगाएको थियो । त्यसैले हरिया सागपात, गेडागुडी, बिउ, कुखुराको मासु, अन्डा, सुन्तला, कागती, अंगुर, भोगटेजस्ता फलफूल पर्याप्त मात्रामा खाने गर्नुपर्छ ।

Previous Post

मिथिलामा छठको तयारी सुरु

Next Post

पर्यटक लोभ्याउन ‘माटोको रिसोर्ट’

metakhabar

metakhabar

सम्बन्धित खबर

ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार
फिचर-ब्यानर

ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

२९ फाल्गुन २०८२,
‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’
आवाज

‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

२९ फाल्गुन २०८२,
बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले
आर्थिक

बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

२९ फाल्गुन २०८२,
जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो
आर्थिक

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

२९ फाल्गुन २०८२,
कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र
आर्थिक

कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

२९ फाल्गुन २०८२,
ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन
आवाज

ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

२९ फाल्गुन २०८२,
Load More
Next Post
पर्यटक लोभ्याउन ‘माटोको रिसोर्ट’

पर्यटक लोभ्याउन ‘माटोको रिसोर्ट’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In