• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट

    उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट

    काँध जोर्नी प्रत्यारोपणपछि लुभुका श्रेष्ठले पाए नयाँ जीवन

    काँध जोर्नी प्रत्यारोपणपछि लुभुका श्रेष्ठले पाए नयाँ जीवन

    आईएमई लाइफ् इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई  रु. ५ लाख सहयोग

    आईएमई लाइफ् इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई रु. ५ लाख सहयोग

    आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

    आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

    मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी

    कच्चा तेलको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले राहत पाउन सकेनन् : महामन्त्री पौडेल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पर्यटक लोभ्याउन ‘माटोको रिसोर्ट’

metakhabar by metakhabar
७ कार्तिक २०८२,
0
पर्यटक लोभ्याउन ‘माटोको रिसोर्ट’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुस्ताङ, ६ कात्तिक: यहाँको थासाङ गाउँपालिका–२ लार्जुङमा गाउँघरमा पाइने भ्रप्सा माटोद्वारा निर्मित लोभलाग्दो रिसोर्ट सञ्चालनमा आएको छ । स्थानीय ज्ञानेन्द्र शेरचनले बेनी–जोमसोम सडकमार्ग नजिकै १२ रोपनी जग्गामा माटो मात्रै प्रयोग गरी रिसोर्ट निर्माण गर्नुभएको हो ।

लामो समय काठमाडौँमा होटल व्यवसाय सञ्चालन गरेका शेरचन राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडकको सहज पहुँच भएसँगै जन्मथलो फर्केर व्यवसाय सुरु गर्नुभएको हो । उहाँले थासाङ क्षेत्रमा पर्यटन विकास र स्तरीय होटल नभएका कारण पर्यटक लोभ्याउन ‘माटोको घर’ अर्थात् ‘मड रिसोर्ट’ निर्माण गरेको बताउनुभयो ।

शेरचनले सन् २०२० बाटै रिसोर्ट निर्माण सुरु गर्नुभएको थियो । रिपोर्टमा डाइनिङ हल र किचन कोठाबाहेक सुविधा सम्पन्न १० कोठा छन् । कोभिड र आन्तरिक समस्याका कारण रोकिएको निर्माणकार्य हालै सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ ।

रु दुई करोड ५० लाख लागतमा निर्मित रिसोर्टमा छड, सिमेन्ट र बालुवा प्रयोग नगरी केवल माटोले मात्रै निर्माण गरिएको सञ्चालक शेरचनले बताउनुभयो । उहाँका अनुसार विदेशीले बनाएका पूर्वाधार सामाजिक सञ्जालमा हेरेर भूकम्प प्रतिरोधात्मक तथा वातावरणमैत्री रिसोर्ट बनाइएको हो । यस प्रकारको संरचना निर्माण गर्दा पर्याप्त जानकारी नहुँदा केही बढी लागत लागेको शेरचनले सुनाउनुभयो ।

“माटोबाटै कोठा निर्माण गरिएका छन् । बाँस बस्न आउने पाहुनाका लागि शान्त र सुन्दर वातावरणमा आरामदायी सुविधा उपलब्ध गराउने हाम्रो सोच हो”, उहाँले भन्नुभयो,“समुन्द्री सतहबाट दुई हजार ५०० मिटरको उचाइमा रहेको यस क्षेत्रमा बाह्रै महिना बस्न मिल्नेगरी वातवरणीय अनुकूलताको सुविधाका लागि माटोको घर (रिसोर्ट) निर्माण गरेको हुँ ।”

सञ्चालक शेरचनले अब रिसोर्ट नजिकै एड्भेन्चर कार्यालय, स्ट्रिम बाथ, कोशेली घरलगायत विभिन्न ‘शो रुम’ निर्माण गर्ने योजना रहेको बताउनुभयो । रिसोर्टका कोठाहरूको बाहिरी आवरणमा हिमाली धार्मिक तथा सांस्कृतिक पहिचान, जैविक विविधता र पर्यटकीयस्थललगायत चित्र कोरेर थप आकर्षक बनाउने लक्ष्य राखेको उहाँले जानकारी दिनुभयो ।

“गाउँ छोडेर लामो समयसम्म काठमाडौँमा होटल सञ्चालन गरेको थिए । गाउँघरमा भइरहेको तीव्र विकासले गाउँतिर फर्काएको हो । मुक्तिनाथ दर्शन र कोरलानाका अवलोकन गर्न बर्सेनि लाखौँ पर्यटक आउन थालेकाले यहाँको पर्यटन सम्भावना देखेर थातथलो आए । यसै यतै बसेर नयाँ ढङ्गले होटल सञ्चालन गर्छु”, शेरचनले भन्नुभयो ।

यहाँको थासाङ गाउँपालिकाभित्र टिटी ताल, भूतर्छो ताल, सेकुङ ताल, धौलागिरि आइसफल, लुप्साङ खर्क, गुरुसाङ्वो गुफालगायत धार्मिक तथा सांस्कृतिक र जैविक विविधता रहेको छ । रिसोर्ट बनेपछि तिनको प्रचारमा पनि योगदान पुग्ने विश्वास गरिएको छ । यहाँको कालिगण्डकी फाँटमा साहसिक मोटरसाइकल ‘रेश’ र साइकल ‘ट्रेल’ रहेकाले पर्यटकका लागि थासाङ क्षेत्र उपयुक्त पर्यटकीय गन्तव्य रहेको छ । यहाँ घनाजङ्गल र याकचौरी खर्क रहेकाले पछिल्लो समय थासाङ क्षेत्र चलचित्र ‘हब’ बन्न थालेको छ ।

“सम्भावना भएर पनि थासाङ क्षेत्र जिल्लाका अन्य स्थानभन्दा विकासका दृष्टिले पछाडि नै छ । रिसोर्टमार्फत यस ठाउँको विकासमा केही गर्न सकिन्छ की भनेर गाउँ फर्किएको छु”, शेरचनले भन्नुभयो,“रिसोर्टमा बसेका पर्यटकबाट सकारात्मक प्रतिक्रिया आएकाले आफूलाई थप उत्साहित बनाइरहेको छ । पक्कै पनि यहाँ थप चहलपहल बढी पर्यटकीय तथा आर्थिक विकासमा टेवा पुग्ने छ ।”

Previous Post

टाउको दुखाइ कम गर्ने पाँच प्रभावकारी तरिका

Next Post

आजको मौसम पूर्वानुमान : यी तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

metakhabar

metakhabar

सम्बन्धित खबर

उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट
आवाज

उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट

११ असार २०८३,
काँध जोर्नी प्रत्यारोपणपछि लुभुका श्रेष्ठले पाए नयाँ जीवन
आवाज

काँध जोर्नी प्रत्यारोपणपछि लुभुका श्रेष्ठले पाए नयाँ जीवन

११ असार २०८३,
आईएमई लाइफ् इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई  रु. ५ लाख सहयोग
आर्थिक

आईएमई लाइफ् इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई रु. ५ लाख सहयोग

११ असार २०८३,
आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
आर्थिक

आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

११ असार २०८३,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

११ असार २०८३,
मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी
आर्थिक

कच्चा तेलको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले राहत पाउन सकेनन् : महामन्त्री पौडेल

११ असार २०८३,
Load More
Next Post
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

आजको मौसम पूर्वानुमान : यी तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In