• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, November 18, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मालढुङ्गा–बेनी सडकको लस्ती–बेनी खण्डमा कालोपत्र सुरु

    मालढुङ्गा–बेनी सडकको लस्ती–बेनी खण्डमा कालोपत्र सुरु

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

    दरमखोला हाइड्रोपावरले थाल्यो व्यावसायिक उत्पादन

    दरमखोला हाइड्रोपावरले थाल्यो व्यावसायिक उत्पादन

    कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

    कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

    पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’ मा मृत्युदण्ड

    पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’ मा मृत्युदण्ड

    २०८२ मा सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’

    २०८२ मा सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पर्यटक लोभ्याउन ‘माटोको रिसोर्ट’

metakhabar by metakhabar
७ कार्तिक २०८२,
0
पर्यटक लोभ्याउन ‘माटोको रिसोर्ट’
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

मुस्ताङ, ६ कात्तिक: यहाँको थासाङ गाउँपालिका–२ लार्जुङमा गाउँघरमा पाइने भ्रप्सा माटोद्वारा निर्मित लोभलाग्दो रिसोर्ट सञ्चालनमा आएको छ । स्थानीय ज्ञानेन्द्र शेरचनले बेनी–जोमसोम सडकमार्ग नजिकै १२ रोपनी जग्गामा माटो मात्रै प्रयोग गरी रिसोर्ट निर्माण गर्नुभएको हो ।

लामो समय काठमाडौँमा होटल व्यवसाय सञ्चालन गरेका शेरचन राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडकको सहज पहुँच भएसँगै जन्मथलो फर्केर व्यवसाय सुरु गर्नुभएको हो । उहाँले थासाङ क्षेत्रमा पर्यटन विकास र स्तरीय होटल नभएका कारण पर्यटक लोभ्याउन ‘माटोको घर’ अर्थात् ‘मड रिसोर्ट’ निर्माण गरेको बताउनुभयो ।

शेरचनले सन् २०२० बाटै रिसोर्ट निर्माण सुरु गर्नुभएको थियो । रिपोर्टमा डाइनिङ हल र किचन कोठाबाहेक सुविधा सम्पन्न १० कोठा छन् । कोभिड र आन्तरिक समस्याका कारण रोकिएको निर्माणकार्य हालै सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ ।

रु दुई करोड ५० लाख लागतमा निर्मित रिसोर्टमा छड, सिमेन्ट र बालुवा प्रयोग नगरी केवल माटोले मात्रै निर्माण गरिएको सञ्चालक शेरचनले बताउनुभयो । उहाँका अनुसार विदेशीले बनाएका पूर्वाधार सामाजिक सञ्जालमा हेरेर भूकम्प प्रतिरोधात्मक तथा वातावरणमैत्री रिसोर्ट बनाइएको हो । यस प्रकारको संरचना निर्माण गर्दा पर्याप्त जानकारी नहुँदा केही बढी लागत लागेको शेरचनले सुनाउनुभयो ।

“माटोबाटै कोठा निर्माण गरिएका छन् । बाँस बस्न आउने पाहुनाका लागि शान्त र सुन्दर वातावरणमा आरामदायी सुविधा उपलब्ध गराउने हाम्रो सोच हो”, उहाँले भन्नुभयो,“समुन्द्री सतहबाट दुई हजार ५०० मिटरको उचाइमा रहेको यस क्षेत्रमा बाह्रै महिना बस्न मिल्नेगरी वातवरणीय अनुकूलताको सुविधाका लागि माटोको घर (रिसोर्ट) निर्माण गरेको हुँ ।”

सञ्चालक शेरचनले अब रिसोर्ट नजिकै एड्भेन्चर कार्यालय, स्ट्रिम बाथ, कोशेली घरलगायत विभिन्न ‘शो रुम’ निर्माण गर्ने योजना रहेको बताउनुभयो । रिसोर्टका कोठाहरूको बाहिरी आवरणमा हिमाली धार्मिक तथा सांस्कृतिक पहिचान, जैविक विविधता र पर्यटकीयस्थललगायत चित्र कोरेर थप आकर्षक बनाउने लक्ष्य राखेको उहाँले जानकारी दिनुभयो ।

“गाउँ छोडेर लामो समयसम्म काठमाडौँमा होटल सञ्चालन गरेको थिए । गाउँघरमा भइरहेको तीव्र विकासले गाउँतिर फर्काएको हो । मुक्तिनाथ दर्शन र कोरलानाका अवलोकन गर्न बर्सेनि लाखौँ पर्यटक आउन थालेकाले यहाँको पर्यटन सम्भावना देखेर थातथलो आए । यसै यतै बसेर नयाँ ढङ्गले होटल सञ्चालन गर्छु”, शेरचनले भन्नुभयो ।

यहाँको थासाङ गाउँपालिकाभित्र टिटी ताल, भूतर्छो ताल, सेकुङ ताल, धौलागिरि आइसफल, लुप्साङ खर्क, गुरुसाङ्वो गुफालगायत धार्मिक तथा सांस्कृतिक र जैविक विविधता रहेको छ । रिसोर्ट बनेपछि तिनको प्रचारमा पनि योगदान पुग्ने विश्वास गरिएको छ । यहाँको कालिगण्डकी फाँटमा साहसिक मोटरसाइकल ‘रेश’ र साइकल ‘ट्रेल’ रहेकाले पर्यटकका लागि थासाङ क्षेत्र उपयुक्त पर्यटकीय गन्तव्य रहेको छ । यहाँ घनाजङ्गल र याकचौरी खर्क रहेकाले पछिल्लो समय थासाङ क्षेत्र चलचित्र ‘हब’ बन्न थालेको छ ।

“सम्भावना भएर पनि थासाङ क्षेत्र जिल्लाका अन्य स्थानभन्दा विकासका दृष्टिले पछाडि नै छ । रिसोर्टमार्फत यस ठाउँको विकासमा केही गर्न सकिन्छ की भनेर गाउँ फर्किएको छु”, शेरचनले भन्नुभयो,“रिसोर्टमा बसेका पर्यटकबाट सकारात्मक प्रतिक्रिया आएकाले आफूलाई थप उत्साहित बनाइरहेको छ । पक्कै पनि यहाँ थप चहलपहल बढी पर्यटकीय तथा आर्थिक विकासमा टेवा पुग्ने छ ।”

Previous Post

टाउको दुखाइ कम गर्ने पाँच प्रभावकारी तरिका

Next Post

आजको मौसम पूर्वानुमान : यी तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

metakhabar

metakhabar

सम्बन्धित खबर

मालढुङ्गा–बेनी सडकको लस्ती–बेनी खण्डमा कालोपत्र सुरु
आर्थिक

मालढुङ्गा–बेनी सडकको लस्ती–बेनी खण्डमा कालोपत्र सुरु

२ मंसिर २०८२,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

२ मंसिर २०८२,
दरमखोला हाइड्रोपावरले थाल्यो व्यावसायिक उत्पादन
आर्थिक

दरमखोला हाइड्रोपावरले थाल्यो व्यावसायिक उत्पादन

२ मंसिर २०८२,
कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ
आर्थिक

कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

२ मंसिर २०८२,
पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’ मा मृत्युदण्ड
अन्तर्राष्ट्रिय

पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’ मा मृत्युदण्ड

२ मंसिर २०८२,
२०८२ मा सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’
मनोरञ्जन

२०८२ मा सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’

१ मंसिर २०८२,
Load More
Next Post
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

आजको मौसम पूर्वानुमान : यी तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In