• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

    रास्वपा प्रथम महाधिवेशन : बन्दसत्रको तयारी

    मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको जित

    विश्वकप फुटबलः मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना नकआउट चरणमा

    पर्यटनको नयाँ सम्भावना बोकेको चमेरा गुफा

    पर्यटनको नयाँ सम्भावना बोकेको चमेरा गुफा

    इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन

    इरान–अमेरिका वार्ताको पहिलो चरण सम्पन्न, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्यापमा सहमति

    मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए

    मुस्ताङ आउने विदेशी पर्यटक बढे

    नेपालीले विदेशी कम्पनीमा ‘स्वेट सेयर’ लिन पाउने व्यवस्था

    एमाले उपाध्यक्ष पौडेल पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सर्लाहीमा फेसबुकमा आफू विरुद्व पोस्ट गरेको भन्दै वडा अध्यक्षद्वारा जेनजी युवामाथि कुटपिट

metakhabar by metakhabar
७ कार्तिक २०८२,
0
सर्लाहीमा फेसबुकमा आफू विरुद्व पोस्ट गरेको भन्दै वडा अध्यक्षद्वारा जेनजी युवामाथि कुटपिट
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ मा वडा अध्यक्षकै नेतृत्वमा जेन–जी युवामाथि सामूहिक कुटपिट भएको छ।

वडा नं. १ का अध्यक्ष रामेश्वर प्रसाद महतो, उनका आफन्त मुकेश, अजय, अनिल महतो र सहयोगी राम साह, विजय महतो तथा शंकर महतोलगायतको समूहले किसनपुरका जेनजी युवा विवेकानन्द गुप्तामाथि कुटपिट गरेको स्थानीयहरूले बताएका छन्।

स्थानीयका अनुसार महतो पक्षले गुप्ताको घरमै पुगेर घेराउ गर्दै आक्रमण गरेको हो। घटनापछि गाउँमा तनावपूर्ण वातावरण सिर्जना भएको थियो। त्यसपछि प्रहरीको टोलि घटनास्थलमा पुगेको थियो। प्रहरी पुगेपछि तनाव नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता सरोज राईका अनुसार वडा अध्यक्षको टोलि युवाको घरमा कुटपिट गर्ने शैलीमा प्रवेश गरेपछि तनावपूर्ण अवस्था बनेको बुझिएको छ। यता वडा अध्यक्ष महतोलाई सम्पर्क गर्दा उनले केहि बोल्न चाहेनन् आफू गाउँभन्दा बाहिर रहेको बताए।

घटनाको सुरुवात वडा कार्यालयको मोटरसाइकल प्रयोग सम्बन्धी विवादबाट भएको बताइन्छ। गत कार्तिक २ गते वडा सचिव रमन लुइँटेलको मोटरसाइकल अध्यक्ष महतोले आफ्नो प्रयोजनका लागि लिएका थिए।

सचिवलाई जानकारी नदिई मोटरसाइकल लगिएको भन्दै केही जेनजी युवाहरूले सामाजिक सञ्जालमा ‘वडा अध्यक्षले मोटरसाइकल चोरी गरेका हुन्’ भन्ने पोस्ट गरेपछि विवाद चर्किएको हो।

सोही पोस्टको प्रतिशोधस्वरूप वडा अध्यक्ष पक्षले विवेकानन्द गुप्तामाथि कुटपिट र गालीगलौज गरेको जेन–जी युवाहरुले बताएका छन्। वडा कार्यालयका सहयोगी पशुपति महतोका अनुसार आइतबार राति करिब १० बजे कार्यालय खोल्दा अध्यक्षले लगेको मोटरसाइकल फर्काएर त्यही राखिएको पाइएको थियो।

वडा सचिव रमन लुइँटेलले पनि घटना पुष्टि गर्दै भने, ‘वडा अध्यक्षले मेरो मोटरसाइकल बिना अनुमति लग्नु चोरी नै हो।’ यस घटनापछि जेनजी समूहका नेता उदय प्रकाश साहको नेतृत्वमा युवाहरूले वडा अध्यक्षविरुद्ध कारबाहीको मागसहित विरोध प्रदर्शन गरेका छन्।

उनीहरूले ‘वडा अध्यक्षलाई पक्राउ गर’ भन्ने नारासहित प्रदर्शन गरेका थिए। घाइते विवेकानन्द गुप्ताले आफूले पटक–पटक वडा अध्यक्षको अनियमित कार्यको विरोध गर्दै आएको र त्यसकै कारण आफू लक्षित कुटपिट भएको बताए।

Previous Post

काठका भाँडाकुँडाबाट आत्मनिर्भर बनेका रामबहादुर

Next Post

अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपाली कम्पनीको कारोबार सुरु

metakhabar

metakhabar

सम्बन्धित खबर

सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन
आवाज

रास्वपा प्रथम महाधिवेशन : बन्दसत्रको तयारी

९ असार २०८३,
मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको जित
आवाज

विश्वकप फुटबलः मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना नकआउट चरणमा

९ असार २०८३,
पर्यटनको नयाँ सम्भावना बोकेको चमेरा गुफा
आर्थिक

पर्यटनको नयाँ सम्भावना बोकेको चमेरा गुफा

९ असार २०८३,
इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन
अन्तर्राष्ट्रिय

इरान–अमेरिका वार्ताको पहिलो चरण सम्पन्न, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्यापमा सहमति

९ असार २०८३,
मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए
आर्थिक

मुस्ताङ आउने विदेशी पर्यटक बढे

८ असार २०८३,
नेपालीले विदेशी कम्पनीमा ‘स्वेट सेयर’ लिन पाउने व्यवस्था
आवाज

एमाले उपाध्यक्ष पौडेल पक्राउ

८ असार २०८३,
Load More
Next Post
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपाली कम्पनीको कारोबार सुरु

अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपाली कम्पनीको कारोबार सुरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In