• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए

    मुस्ताङ आउने विदेशी पर्यटक बढे

    नेपालीले विदेशी कम्पनीमा ‘स्वेट सेयर’ लिन पाउने व्यवस्था

    एमाले उपाध्यक्ष पौडेल पक्राउ

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

काठका भाँडाकुँडाबाट आत्मनिर्भर बनेका रामबहादुर

metakhabar by metakhabar
७ कार्तिक २०८२,
0
काठका भाँडाकुँडाबाट आत्मनिर्भर बनेका रामबहादुर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

शुक्लाफाँटा नगरपालिका- ८ नौखरीका ४२ वर्षीय रामबहादुर चौधरीले काठका भाँडाकुँडा निर्माण गर्दै आएका छन्। मुक्त कमैया परिवारका उनी भाँडाकुँडा बिक्री गरी आत्मनिर्भर बनेका छन्।

रोजगारीको अवसर नपाएर सङ्घर्षरत चौधरीले अहिले आफ्नै सीप र मेहनतका बलमा सफल व्यवसायीका रूपमा पहिचान बनाएका छन्। बिहान झिसमिसेदेखि साँझ अबेरसम्म कहिले ठेकी, कहिले बेलन, कहिले गिलास त कहिले घर सजावटका आकर्षक वस्तु बनाउनमा चौधरी व्यस्त हुन्छन्।

‘काठका भाँडाकुँडा बनाउने सीप सिकेपछि अरूसँग रकमका लागि हात थाप्नु परेको छैन’, चौधरीले भने, ‘महिनामा रु ५० हजारसम्म आम्दानी हुन्छ, अहिले नगरपालिका क्षेत्रमै काठको कार्य गर्ने व्यक्तिका रूपमा मेरो पहिचान बनेको छ, यसमै गर्व छ।’

विजयसालको काठबाट बनेका भाँडाकुँडा स्वास्थ्यका लागि फाइदाजनक हुने भएकाले यसको माग बढ्दो रूपमा रहेको चौधरी बताउँछन्।

चौधरीले भने, ‘विजयसालको काठको अम्खोरा, गिलास लगायतमा पानी पिउँदा शरीरको विकार हट्ने भएकाले अहिले बजारमा यसको माग बढेको छ।’  बनाएका वस्तु रु पाँच सयदेखि रु दुई हजारसम्ममा बिक्री हुनले बताए। नीय बजारमै माग धान्न मुस्किल हुने गरी माग आएको उनको भनाइ छ।

‘काठको सीप सिक्न त्यति सहज थिएन’, चौधरी भन्छन्, ‘बुबा गाउँकै एक जमिनदारको घरमा कमैया हुनुहुन्थ्यो, बाल्यकाल जमिनदारको घरमै बित्यो, अलि जान्ने बुझ्ने भएपछि काठको कामप्रतिको अभिरुचि जाग्यो।’  गाउँकै मिस्त्रीसँग काम सिक्न थालेको उनी बताउँछन्।

‘कमैया मुक्ति अभियानपछि नयाँ अवसर खोज्दै सीप विकास तालिम केन्द्र पुगे, २०५६ सालमा काठका भाँडाकुँडा बनाउने तालिम लिए, कमैयामुक्त भएपछि केही समय अनिश्चिततामा थिएँ,’ चौधरी विगत सम्झिँदै भन्छन्, ‘त्यो तालिमले मलाई आत्मनिर्भर बनायो।’

व्यवसाय सुरु गर्नु अघि आठ वर्षसम्म उनी सीप विकास तालिम केन्द्रमा प्रशिक्षकका रूपमा कार्यरत थिए। अहिले पनि स्थानीय तह वा गैरसरकारी संस्थाले सञ्चालन गर्ने तालिममा उनलाई प्रशिक्षकको रूपमा बोलाउने गर्छन्। ‘अर्कालाई सीप सिकाउँदा आफू पनि प्रेरित हुन्छु,’ चौधरीले भने।

चौधरी हाल दुई सहयोगी कामदारसहित व्यवसाय सञ्चालन गर्दै आइका छन्। हालसम्म उनले उद्योगमा करिब रु १४ लाख लगानी गरेका छन्। लघुवित्त संस्थाबाट लिएको रु पाँच लाख ऋण पनि यसमा समावेश छ। बाँकी पुँजी आफ्नै आम्दानी र बचतबाट उनले जुटाएका हुन्।

Previous Post

कोशी पर्यटन वर्ष : भारतीय पर्यटकको रोजाइमा पूर्वी पहाड

Next Post

सर्लाहीमा फेसबुकमा आफू विरुद्व पोस्ट गरेको भन्दै वडा अध्यक्षद्वारा जेनजी युवामाथि कुटपिट

metakhabar

metakhabar

सम्बन्धित खबर

मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए
आर्थिक

मुस्ताङ आउने विदेशी पर्यटक बढे

८ असार २०८३,
नेपालीले विदेशी कम्पनीमा ‘स्वेट सेयर’ लिन पाउने व्यवस्था
आवाज

एमाले उपाध्यक्ष पौडेल पक्राउ

८ असार २०८३,
जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता
आर्थिक

जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

८ असार २०८३,
भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै
आवाज

भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

८ असार २०८३,
दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?
आवाज

दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

८ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

८ असार २०८३,
Load More
Next Post
सर्लाहीमा फेसबुकमा आफू विरुद्व पोस्ट गरेको भन्दै वडा अध्यक्षद्वारा जेनजी युवामाथि कुटपिट

सर्लाहीमा फेसबुकमा आफू विरुद्व पोस्ट गरेको भन्दै वडा अध्यक्षद्वारा जेनजी युवामाथि कुटपिट

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In