• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, August 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

    बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

    प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

    प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

    पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

    पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

    रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

    रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

    दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

    दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

    इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

    इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘चीनसँग राम्रो सम्बन्ध चाहन्छु, तर नोभेम्बर १ देखि १५५ प्रतिशत कर लागू हुनेछ’– राष्ट्रपति ट्रम्प

metakhabar by metakhabar
६ कार्तिक २०८२,
0
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग मैत्रीपूर्ण सम्बन्ध कायम राख्ने इच्छा व्यक्त गरे पनि अमेरिकामा आयात हुने चिनियाँ सामानमा आगामी नोभेम्बर १ देखि १५५ प्रतिशत कर (ट्यारिफ) लागू गर्ने आफ्नो निर्णयमा अडिग रहने स्पष्ट गर्नुभएको छ ।

“चीन अझै पनि रुसको सबैभन्दा ठूलो तेल आयातकर्ता रहेको छ, त्यसैले हामीले त्यसबारे विचार गर्नैपर्छ । हाल नोभेम्बर १ देखि चीनले यसमा करिब १५५ प्रतिशत कर तिर्नुपर्नेछ । मलाई लाग्दैन कि यो उनीहरूका लागि दिगो रहनेछ”, मङ्गलबार पत्रकारहरूसँग कुरा गर्दै उहाँले भन्नुभयो, “म चीनसँग राम्रो हुन चाहन्छु, तर चीन वर्षौंदेखि हामीसँग अत्यन्त कठोर व्यवहार गर्दै आएको छ । हाम्रा अघिल्ला राष्ट्रपतिहरूले व्यापारमा पर्याप्त समझदारी देखाउन सकेनन्, जसका कारण चीन र अन्य देशहरूले अमेरिकाको फाइदा उठाए ।”

ट्रम्पले आफूले युरोपेली सङ्घ (इयु), जापान र दक्षिण कोरियासँग शुल्क–आधारित व्यापार सम्झौता गरेको स्मरण गर्दै ती सम्झौताहरू ‘राष्ट्रिय सुरक्षासँग सम्बन्धित’ रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मैले युरोपेली सङ्घसँग सम्झौता गरेँ, जापान र दक्षिण कोरियासँग पनि गरेँ । यी सबै ठूला सम्झौताहरू हुन् । यो राष्ट्रिय सुरक्षाको कुरा हो । भन्सार शुल्कका कारण म ती गर्न सक्षम भएँ । अहिले हामी सयौँ अरब डलर सङ्कलन गरिरहेका छौँ र देशको ऋण तिर्न थाल्नेछौँ ।”

ट्रम्पको यो निर्णयले ऊर्जा व्यापारमार्फत युक्रेनमा भइरहेको युद्धलाई अप्रत्यक्ष रूपमा सहयोग गर्ने देशहरूविरुद्ध वासिङ्टनले अपनाइरहेको कडा ‘द्वितीयक ट्यारिफ’ रणनीतिलाई झल्काउँछ । अघिल्लो नीतिहरूले भारतलाई पनि लक्षित गरेका थिए । भारतमाथि रूसी तेल आयात गरेको भन्दै ५० प्रतिशत कर लगाइएको थियो । यसपटक भने यो नीति चीनतर्फ केन्द्रित देखिएको छ । चीन हाल रुसको कच्चा तेलको सबैभन्दा ठूलो खरिदकर्ता बन्न सफल भएको छ ।

यसअघि पनि राष्ट्रपति ट्रम्पले ‘ट्रुथ सोसल’ मा एक पोस्टमार्फत चिनियाँ सामानहरूमा ‘उनीहरूले अहिले तिरिरहेका कुनै पनि करबाहेक थप १०० प्रतिशत कर’ नोभेम्बर १ देखि लागू गर्ने घोषणा गर्नुभएको थियो । उहाँका अनुसार यो निर्णय चीनले संयुक्त राज्य अमेरिकासँग ‘व्यापारमा असाधारण आक्रामक र शत्रुतापूर्ण’ व्यवहार गरेको प्रतिक्रियामा आएको हो ।

उहाँले आफ्नो पोस्टमा लेख्नुभएको थियो, “चीनले विश्वलाई अत्यन्त शत्रुतापूर्ण पत्र पठाएको छ र व्यापारमा असाधारण आक्रामक स्थिति लिएको छ । त्यसैले सन् २०२५ नोभेम्बर १ देखि (वा चीनले गर्ने कुनै परिवर्तनको आधारमा चाँडो पनि) संयुक्त राज्य अमेरिकाले चीनमा हाल तिरिरहेका करभन्दा माथि १०० प्रतिशत कर थप गर्नेछ । सोही मितिदेखि सबै महत्त्वपूर्ण सफ्टवेयरहरूमा पनि निर्यात नियन्त्रण लागू गरिनेछ ।”

ट्रम्पले चीनले ‘विश्वका सबै राष्ट्रहरूलाई असर पार्ने गरी ठूलो मात्रामा निर्यात नियन्त्रण लगाउने’ तयारी गरेको आरोप लगाउनुभयो । उहाँले लेख्नुभयो, “चीनले सन् २०२५ नोभेम्बर १ देखि आफूले उत्पादन गर्ने लगभग सबै वस्तुमा निर्यात नियन्त्रण लगाउने निर्णय गरेको छ, जसले कुनै अपवाद बिना सबै देशलाई असर गर्नेछ । यो अन्तर्राष्ट्रिय व्यापारमा नैतिक अपमान सरहको कदम हो ।”

राष्ट्रपति ट्रम्पको यो नीति अमेरिकाको घरेलु उत्पादनलाई प्राथमिकता दिँदै चीनसँगको व्यापार असन्तुलन घटाउने दीर्घकालीन रणनीतिक प्रयासको रूपमा व्याख्या गरिएको छ ।

Previous Post

दोदा नदीमा निर्माणाधीन पुलको काम ९० प्रतिशत पूरा

Next Post

प्रधानमन्त्री कार्कीलाई पक्राउ गर्न प्रहरी महानिरीक्षकलाई पत्र

metakhabar

metakhabar

सम्बन्धित खबर

बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी
आर्थिक

बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

८ भदौ २०८३,
प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’
आवाज

प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

८ भदौ २०८३,
पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण
फिचर-ब्यानर

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

८ भदौ २०८३,
रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता
आर्थिक

रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

८ भदौ २०८३,
दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान
समाचार

दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

८ भदौ २०८३,
इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार
फिचर-ब्यानर

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

८ भदौ २०८३,
Load More
Next Post
प्रधानमन्त्री कार्कीलाई पक्राउ गर्न प्रहरी महानिरीक्षकलाई पत्र

प्रधानमन्त्री कार्कीलाई पक्राउ गर्न प्रहरी महानिरीक्षकलाई पत्र

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In