• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    अध्यारोबाट उज्यालो देखेपछि …

    भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै

    भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै

    आहा, यस्तो पो झरना !

    आहा, यस्तो पो झरना !

    पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

    पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

शिक्षण र बुटिक पेसापछि ‘ड्रागनफ्रुट’मा आकर्षित गौली

metakhabar by metakhabar
२० भदौ २०८२,
0
शिक्षण र बुटिक पेसापछि ‘ड्रागनफ्रुट’मा आकर्षित गौली
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दमौली।  तनहुँको व्यास नगरपालिका–२ दमौली निवासी कल्पना गौलीले व्यावसायिक रूपमा सिउँडीफल (ड्रागनफ्रुट) खेती गरेकी छिन्। उनले व्यास नगरपालिका–५ ढोडेनीमा सिउँडी फलको खेती गरेकी हुन्।

सोह्र वर्ष शिक्षण र १५ वर्ष बुटिक पेसा गरेपछि गौली विगत तीन वर्षदेखि कृषितर्फ आकर्षित भएकी हुन्। माँ अम्बे अलौकिक कृषि फार्म गर्दागर्दै उनले व्यावसायिक रूपमा ड्रागनफ्रुटखेती गरेकी हुन्। नौ रोपनी जग्गा २० वर्षका लागि भाडामा लिएर यसको खेती गरिरहेको उनले बताइन्। बेर्ना खरिद, बगान तयारदेखि अन्य संरचना निर्माणमा रु एक करोड ५० लाख खर्च भएको उनको भनाइ छ।

नौ रोपनीमध्ये सात रोपनी जग्गामा सिउँडी फलको खेती गरिएको छ । बाँकी जग्गामा आवश्यक संरचना निर्माण गरिएको गौलीको भनाइ छ । गत वर्ष फार्मबाट उत्पादित सिउँडीफल, गिठ्ठा, सिस्नो, पिँडालु, मस्यौरा र मौसमी तरकारीको बिक्रीबाट रु २० लाख आम्दानी भएको थियो। यसपटक चौथो छिमलको ड्रागन बजारमा पुराउँदा रु आठ लाख ५० हजार आम्दानी भइसकेको उनले उल्लेख गरे । ड्रागन बिक्रीका लागि बजारको समस्या नभएको गौलीको अनुभव छ।

उनले भनिन्,’ ‘यहाँ उत्पादित सिउँडीफल दमौली बजारमा गाडीमा राखेर बिक्री गर्ने गरेको छु । त्यस्तै प्रत्येक शुक्रबार आँबुखैरेनीमा लाग्ने हाटबजारमा पनि यसको माग उच्च छ, बजार समस्या छैन।’ आँबुखैरेनीको हाटबजारमा तीन सय किलोसम्म सिउँडीफल बिक्री हुने गरेको छ।

दमौली बजारका व्यापारीहरूले पनि स्थानीयस्तरमै उत्पादित सिउँडीफल बिक्री गर्नुपर्छ भन्ने भावना विकास गरिसकेको उनको भनाई छ। उनले भनिन्, ‘बाहिरी जिल्लाबाट आएकाभन्दा स्थानीयस्तरमै उत्पादितलाई प्रोत्साहन गर्नुपर्छ भनेर व्यापारीहरूले भन्नुहुन्छ। यसले पनि मलाई यसतर्फ प्रोत्साहित गरेको छ।’

ऋषिङ गाउँपालिका–१ झापुटारमा रहेको माइतीको जग्गामा खेती गर्ने सोच बनाए पनि पानीको समस्याले ढोडेनीमा जग्गा भाडामा लिएर खेती गरेको उनको भनाइ छ। उनले भारतबाट बेर्ना मगाएर सात रोपनी जग्गामा गाडेको पाँच सय २५ पोलमा ड्रागन लगाएकी छिन्। यहाँ गोदाम, एसीसहितको कोल्डरुम, गार्डहाउस र बगान अवलोकनका लागि भ्यूटावर निर्माण गरिएको छ ।

सिउँडफलमा रासायनिक मल प्रयोग गरिएको छैन। यसका लागि जैविक मल प्रयोग गर्ने गरिएको गौलीको भनाइ छ।

Previous Post

सिन्धुलीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

Next Post

बर्दिबासमा क्षयरोगी बढे

metakhabar

metakhabar

सम्बन्धित खबर

आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
आवाज

आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

९ भदौ २०८३,
आवाज

अध्यारोबाट उज्यालो देखेपछि …

९ भदौ २०८३,
भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै
आवाज

भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै

९ भदौ २०८३,
आहा, यस्तो पो झरना !
आर्थिक

आहा, यस्तो पो झरना !

९ भदौ २०८३,
पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता
आवाज

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

९ भदौ २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य घट्यो

९ भदौ २०८३,
Load More
Next Post
बर्दिबासमा क्षयरोगी बढे

बर्दिबासमा क्षयरोगी बढे

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In