• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    तौल घटाउने औषधिमा भारतको चेतावनी

    तौल घटाउने औषधिमा भारतको चेतावनी

    कालिका मन्दिरमा ‘चैतेदसैँ मेला’ को तयारी

    चैते दसैँमा कालिका मन्दिरमा भक्तजनको भीड

    कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

    कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

    ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम

    ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम

    तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

    तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    कांग्रेस अल्मलिएकाले समस्या भएको हो : सभापति थापा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बिओपी स्थापनाको पाँच वर्षपछि पूर्वाधार

metakhabar by metakhabar
१६ भदौ २०८२,
0
बिओपी स्थापनाको पाँच वर्षपछि पूर्वाधार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भीमदत्तनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१० स्थित सशस्त्र प्रहरी बल नेपालको जिमुवा बोर्डर आउट पोष्ट (बिओपी) स्थापनाको पाँच वर्षपछि पूर्वाधार निर्माण गरिएको छ ।

सीमा निगरानीका लागि विसं २०७७ असोजमा स्थापना भएको उक्त बिओपीमा आवास, अतिथि गृहसहितका पूर्वाधार निर्माण गरिएको हो । सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्षको योजनाअन्तर्गत निर्माण गरेको अतिथि गृह भवनको आइतबार उद्घाटन गरिएको छ । प्रदेश सरकार आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले अतिथि गृह भवनको उद्घाटन गरेकाछन्।

अतिथि गृह भवनको उद्घाटन गदैँ मन्त्री सार्कीले मन्त्रालयले बिओपीमा पूर्वाधार सुधार गर्ने योजनाअन्तर्गत भवन निर्माण गरिएको बताए। उनले बिओपीमा पूर्वाधार नहँदा सीमा सुरक्षार्थ खटिएका प्रहरीले आफैँ सुरक्षित हुने अवस्था नरहेकाले प्रदेश सरकारले प्राथमिकताका साथ पूर्वाधार निर्माण गरिरहेको बताए।

साथै उनले प्रदेश सरकारले प्रहरीलाई सुरक्षा र विपद् उद्धारका लागि आवश्यक सामग्री प्रदेशभर वितरण गरेको जानकारी दिए । पूर्वाधार निर्माणले सशस्त्र प्रहरी आवास व्यवस्थापनमा सहज हुने बताउँदै उनले सीमा निगरानी, अवैध ओसारपोसार नियन्त्रण र राजस्व छली नियन्त्रणमा सक्रियताका साथ काम गर्न उनले निर्देशन दिए।

सशस्त्र प्रहरी बलको सुदूरपश्चिम प्रमुख प्रदीपकुमार पालले पूर्वाधार निर्माणले प्रहरीको सेवा प्रवाहमा सहज हुने बताए। उनले स्रोतसाधनको अभावमा प्रहरीले सेवा प्रदान गरिरहेको बताउँदै सबै बिओपीमा आवश्यक पूर्वाधार निर्माण गर्न सरकारसँग आग्रह गरे।

प्रदेश सरकारद्वारा विनियोजित ४० लाख रुपैयाँ बजेटमा २९ लाख ७३ हजार रुपैयाँमा ठेक्का सम्झौता भई अतिथि गृह निर्माण गरिएको मन्त्रालयका निमित्त सचिव आमोद दहालले जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षमा थप ३ वटा बिओपीहरुमा पूर्वाधार निर्माण गर्ने प्रदेश सरकारको योजना छ । जिमुवामा गत वर्षको सङ्घीय योजनाअन्तर्गत २ वटा प्रहरी ब्यारेक भवनको निर्माण सम्पन्न भएको छ । जिमुवा क्षेत्रको दुर्गम टोल श्रीलङ्कामा रहेको बिओपी यसअघि खानेपानी कार्यालयको भवनमा बस्दै आएको थियो ।

वर्षाद्को समयमा बाढीको उच्च जोखिम रहेको यस क्षेत्रमा भवन निर्माण भएपछि सेवा प्रवाहमा सहज हुनेछ । त्यसैगरी शनिबार मात्रै बेलौरीको खड्डाकंकडमा रहेको बिओपी भवनको मन्त्री सार्कीले उद्घाटन गरेका थिए ।

Previous Post

समय सीमाभित्र बजेट पारित नहुँदा स्थानीयवासीलाई सास्ती

Next Post

लोमान्थाङमा ‘टप अफ दी वल्र्ड गल्फ क्लासिक’ हुने

metakhabar

metakhabar

सम्बन्धित खबर

तौल घटाउने औषधिमा भारतको चेतावनी
फिचर-ब्यानर

तौल घटाउने औषधिमा भारतको चेतावनी

११ चैत्र २०८२,
कालिका मन्दिरमा ‘चैतेदसैँ मेला’ को तयारी
आवाज

चैते दसैँमा कालिका मन्दिरमा भक्तजनको भीड

११ चैत्र २०८२,
कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि
आवाज

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

११ चैत्र २०८२,
ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम
फिचर-ब्यानर

ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम

११ चैत्र २०८२,
तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी
आर्थिक

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

११ चैत्र २०८२,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
आवाज

कांग्रेस अल्मलिएकाले समस्या भएको हो : सभापति थापा

११ चैत्र २०८२,
Load More
Next Post
लोमान्थाङमा ‘टप अफ दी वल्र्ड गल्फ क्लासिक’ हुने

लोमान्थाङमा ‘टप अफ दी वल्र्ड गल्फ क्लासिक’ हुने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In