नेपाली कथानक चलचित्र ‘ह्यारीकी प्यारी’ माघ २० गतेबाट नेपालभर प्रदर्शनमा आउने भएको छ । आइतबार काठमाडौंको हात्तिसारस्थित नेपाल हाउस रेस्टुरेन्टमा भएको मिडिया अन्तरक्रियामा पत्रकारहरुसँग कुरा गर्दै चलचित्रका कथाकार सुदीप बरालले चलचित्रले नेपालमा पछिल्लो समयक्रममा भइरहेको तर बाहिर नआएको विषयवस्तुलाई चलचित्रमा समेटिएको बताए ।
चलचित्रमा प्यारीको भूमिकामा देखिएकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले चलचित्रले समाजको घटनालाई देखाउन खोजेको बताइन् । चलचित्रमा जितु नेपाल, साम्राज्ञी राज्यलक्ष्मी शाह, विजय बराल, लक्ष्मी गिरी, सुभास गजुरेल, रञ्जना भट्टराई, सरला रिजाललगायतको अभिनय रहेको छ । चलचित्रको कथा र निर्देशन डा। कपिल रिजालले गरेका हुन् ।













