• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

    सुनको मूल्य घट्यो

    सुनचाँदीकोे मूल्य आज पनि घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्याउ बगैँचाभित्र घाँस उत्पादन

metakhabar by metakhabar
१ भदौ २०८२,
0
स्याउ बगैँचाभित्र घाँस उत्पादन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुस्ताङ, ३१ साउनः यहाँका स्याउ बगैँचाभित्र विभिन्न किसिमका हिउँदे तथा बर्खेबाली लगाउने प्रचलन विद्यमान छ । यहाँका किसानले स्याउ बगैँचाभित्र अन्तरबालीका रूपमा, उवा, फापर, जौ, मकै, तोरी, सिमी, बोडी, आलु, तरकारीलगायत अन्नबाली उत्पादन गरी दोहोरो मुनाफा कमाउँदै आएका छन् ।

पछिल्लो समय घरपझोङ गाउँपालिका–४ जोमसोमका किसान तेज गुरुङ (ताङ्वे)ले आफ्नो स्याउ बगैँचाभित्र अन्नबालीको विकल्पमा ‘राई घाँस’ उत्पादन गर्दै आउनुभएको हो । हिउँदयाममा घाँसको अभाव हुने भएकाले वैकल्पिक खेतीमा जोड दिएको उहाँले बताउनुभयो ।

हिउँदयाममा पशुचौपायालाई खुवाउन र बढी भएको घाँस बिक्री गर्न सकिने भएकाले स्याउ बगैँचाभित्र अन्तरबालीका रूपमा राई घाँस उत्पादन गर्दै आएको किसान ताङ्वेले बताउँनुभयो । गत पुस–माघमा बगैँचाभित्र छरेको घाँस उम्रिएर अहिले हरियाली भएको उहाँको भनाइ छ ।

घरपझोङका किसान ताङ्वे यतिबेला स्याउ बगैँचाभित्र लगाइएको घाँस स्याहार्न व्यस्त हुनुहुन्छ । उक्त घाँस परम्परागत पद्धतिबाट नभई आधुनिक उपकरण ‘हाते रिफर’का माध्यमबाट काट्न थालेको उहाँले जानकारी दिनुभयो ।

परम्परागत पद्धतिबाट घाँस काट्दा जनशक्ति बढी लाग्ने भएकाले आधुनिक उपकरण प्रयोग गरिएको बताउँदै उहाँले यसबाट समय बचत हुने, आर्थिक भार कम पर्ने, उपयोगी र कम झन्झटिलो भएको उल्लेख गर्नुभयो । “घाँस काटेर बगैँचाभित्रै बिस्कुन सुकाएको झै दुई–तीन दिनसम्म सुकाउनुपर्छ । यसरी सुकाइएको घाँसलाई बेलाबेलामा हातले वा लठ्ठीको सहायताले पल्टाउनुपर्छ । यसो गर्दा घाँस छिटो सुक्छ”, उहाँले भन्नुभयो ।

घाममा सुकाइएको घाँसलाई सिधैँ भण्डार गरेर सुरक्षित राख्न सकिने ताङ्वेले जानकारी दिनुभयो । “कतिपयले सुकुटीलाई चुल्ठी पारेर थन्क्याउने गर्छन् । यसरी आलो घाँसलाई सुकटीका रूपमा तयारी गर्दा हिउँदयाममा घाँसको अभाव हुँदा पशुचौपायालाई खुवाउन सजिलो हुन्छ”, उहाँले भन्नुभयो ।

Previous Post

गण्डकीमा आठ सय जनामा डेङ्गु सङ्क्रमण

Next Post

भैरहवा र पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान कमजोर, पर्यटन र व्यापार प्रभावित

metakhabar

metakhabar

सम्बन्धित खबर

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा
आर्थिक

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

५ चैत्र २०८२,
मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु
आर्थिक

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

५ चैत्र २०८२,
म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण
आर्थिक

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

५ चैत्र २०८२,
बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र
आर्थिक

बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

५ चैत्र २०८२,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आर्थिक

चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

५ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीकोे मूल्य आज पनि घट्यो

५ चैत्र २०८२,
Load More
Next Post
भैरहवा र पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान कमजोर, पर्यटन र व्यापार प्रभावित

भैरहवा र पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान कमजोर, पर्यटन र व्यापार प्रभावित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In