• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इजरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा ढाँचा चुनौतीमा

    इजरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा ढाँचा चुनौतीमा

    मनाङमा ३७ हजार विदेशी पर्यटकको आगमन

    ‘पदयात्रीले पथप्रदर्शक लिएर जानुपर्छ’

    डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

    डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

    बालेनको सरकार नबन्दै टोखामा डोजर आतङ्क सुरु, सुकुम्बासी भन्छन् परिवारको बिजोग भयो

    बालेनको सरकार नबन्दै टोखामा डोजर आतङ्क सुरु, सुकुम्बासी भन्छन् परिवारको बिजोग भयो

    धवलागिरिमा भेटियो थप रेडपाण्डा

    रेडपाण्डाको संरक्षण गर्न इलाममा रेडपाण्डा महोत्सव

    सुरुङमार्ग नेपालमा बनाउने, चिनियाँ कम्पनीलाई सञ्चालनको जिम्मा !

    सुरुङमार्ग नेपालमा बनाउने, चिनियाँ कम्पनीलाई सञ्चालनको जिम्मा !

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सामुदायिक वन समन्वय समितिको कार्ययोजनाः संरक्षणसँगै वैकल्पिक आयआर्जनमा जोड

metakhabar by metakhabar
२७ साउन २०८२,
0
सामुदायिक वन समन्वय समितिको कार्ययोजनाः संरक्षणसँगै वैकल्पिक आयआर्जनमा जोड
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सामुदायिक वन समन्वय समितिले आव २०८२/८३ का लागि वार्षिक कार्ययोजना निर्माण गरी कार्यान्वयनमा ल्याएको छ । समितिले वन संरक्षण र जैविक विविधता संवद्र्धनसँगै उपभोक्ताको आर्थिक सशक्तीकरणलाई प्राथमिकतामा राखेको छ ।

समितिका अध्यक्ष महेशदत्त जोशीका अनुसार योजनाअन्तर्गत वनमा आश्रित जनताको निर्भरता घटाउन वैकल्पिक आयआर्जनका कार्यक्रम विस्तार गरिनेछ । “वन जोगाउन आर्थिक विकल्प दिनु जरुरी छ”, उनले भने , “त्यसैले यस वर्षको योजना दुवै पक्षलाई सन्तुलनमा राख्दै अघि बढाइनेछ ।”

कार्ययोजनामा डढेलो नियन्त्रण, खुला चरिचरण व्यवस्थापन, बधुवा पशुपालनमा सहयोग, घाँस–चारा उत्पादन र भकारो सुधारजस्ता गतिविधि समावेश छन् । चोरी–शिकारी नियन्त्रण दल परिचालन, गस्ती व्यवस्था, सदस्यहरूको दुर्घटना बीमा, मानव–वन्यजन्तु द्वन्द्व न्यूनिकरणका लागि मेसवायर र विद्युतीय तारवार जडान, वन्यजन्तु उद्धार र राहत कार्यक्रम सञ्चालन गरिने अध्यक्ष जोशीले बताए ।

“घोलमुहान निर्माण तथा मर्मत, पानी मुहान संरक्षण, घाँसे मैदान व्यवस्थापन, निजी वन प्रवद्र्धन, बहुवर्षीय नर्सरी सञ्चालन, भू–क्षय नियन्त्रण, जैविक तटबन्ध, नदी उकास र नदी तटीय वन संरक्षणजस्ता योजना अघि बढाउने योजना बनाएका छौं”, उनले भने , “नदी किनारमा वेत, बाँस, भेटिवर घाँस र अम्रिसो रोपणमार्फत जलवायु न्यूनिकरणमा योगदान पुर्याउन कार्यक्रम सञ्चालन गछौं ।”

चुरे क्षेत्रका पानी मुहान संरक्षण, सरोकारवालासँग समन्वय बैठक र विशेष कार्यक्रम सञ्चालन पनि यस वर्षको योजनामा रहेको उनले जानकारी दिए । समितिले १५ सामुदायिक वनको कार्ययोजना नवीकरणमा सहयोग कार्यक्रम कार्ययोजनामा समावेश गरेको छ ।उपभोक्ताको आयआर्जनमा टेवा पु¥याउन दुना–टपरी, मसाला, होजियारी, अम्रिसो झाडु, बेत–बाँस र फर्निचर उद्योग सञ्चालन गर्ने योजना बनाइएको उल्लेख गर्दै अध्यक्ष जोशीले यसका लागि स्थानीय तहसँग साझेदारी गर्ने योजना रहेको बताए ।

उनका अनुसार वैकल्पिक कृषि उद्यमअन्तर्गत कागतीखेती, स्थानीय जातका कुखुरापालन र माछापालन प्रवद्र्धन गरिनेछ । समितिले आफ्नो दीगो आम्दानीका लागि विभिन्न प्रजातिका फलफुल, सजावटी तथा सौन्दर्य प्रयोजनका बिरुवा उत्पादन गरी बिक्री गर्नेछ । बहुवर्षीय नर्सरी व्यवस्थापनमार्फत यो प्रक्रिया स्थायी बनाइनेछ ।

पर्यटन प्रवद्र्धनका लागि विजयसाल घरवास (होमस्टे) व्यवस्थापन तथा सिस्ने सिमसार क्षेत्रमा अवलोकन पूर्वाधार निर्माणमा सहयोग पु-याइने समन्वय समितिका टोली प्रमुख शिवदत्त पन्तले बताए । “कार्ययोजनाअन्तर्गत वैकल्पिक ऊर्जा प्रयोगमा विद्युत् चुलो र गोबर ग्याँसका लागि सहयोग तथा मर्मतका कार्यक्रम सञ्चालन हुन्छन्”, उनले भने , “अपाङ्गता भएका व्यक्तिलाई सहयोग कार्यक्रम निरन्तरता अघिल्ला वर्षझै दिन्छौं ।”

लोपोन्मुख विजयसालको संरक्षण, संकटापन्न जीवजन्तु प्रजातिको संरक्षण तथा वन्यजन्तु उद्धार केन्द्र सञ्चालन पनि यस वर्षको योजनामा प्रमुख रूपमा समावेश गरिएको उनले जानकारी दिए । “यो योजना कागजमा मात्र सीमित हुँदैन, हामी यसलाई गाउँको आँगनदेखि जंगलको पातसम्म कार्यान्वयनमा ल्याउनेछौं”, उनले भने ।

समितिका अनुसार योजना सफल कार्यान्वयन भएमा कञ्चनपुरको सामुदायिक वन क्षेत्र संरक्षण र आर्थिक सशक्तीकरणको नमूना बन्ने अपेक्षा गरिएको छ । समन्वय समितिमा लालझाडी संरक्षण क्षेत्रअन्तर्गतका ९१ सामुदायिक वन आबद्ध रहेका छन् ।

Previous Post

बाँदरको उपद्रो बढेपछि किसान चिन्तित

Next Post

सभामुखसँग प्रमुख सचेतकको बैठक स्थगित

metakhabar

metakhabar

सम्बन्धित खबर

इजरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा ढाँचा चुनौतीमा
फिचर-ब्यानर

इजरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा ढाँचा चुनौतीमा

१० चैत्र २०८२,
मनाङमा ३७ हजार विदेशी पर्यटकको आगमन
आवाज

‘पदयात्रीले पथप्रदर्शक लिएर जानुपर्छ’

१० चैत्र २०८२,
डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति
आर्थिक

डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

१० चैत्र २०८२,
बालेनको सरकार नबन्दै टोखामा डोजर आतङ्क सुरु, सुकुम्बासी भन्छन् परिवारको बिजोग भयो
फिचर-ब्यानर

बालेनको सरकार नबन्दै टोखामा डोजर आतङ्क सुरु, सुकुम्बासी भन्छन् परिवारको बिजोग भयो

१० चैत्र २०८२,
धवलागिरिमा भेटियो थप रेडपाण्डा
आर्थिक

रेडपाण्डाको संरक्षण गर्न इलाममा रेडपाण्डा महोत्सव

१० चैत्र २०८२,
सुरुङमार्ग नेपालमा बनाउने, चिनियाँ कम्पनीलाई सञ्चालनको जिम्मा !
समाचार

सुरुङमार्ग नेपालमा बनाउने, चिनियाँ कम्पनीलाई सञ्चालनको जिम्मा !

१० चैत्र २०८२,
Load More
Next Post
सभामुखसँग प्रमुख सचेतकको बैठक स्थगित

सभामुखसँग प्रमुख सचेतकको बैठक स्थगित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In