धातु रोग निसेरिया गनोरी नामक ब्याक्टेरियमका कारणले सर्ने सरुवा रोग हो । जुन अवस्थामा विना उत्तेजना तथा थोरै उत्तेजनामा स्खल हुन्छ वा उत्तेजना हुने बित्तिकै स्खल हुन्छ, त्यसलाई धातु खस्ने भनिन्छ ।
पुरुषहरूमा यो रोग लागेको बेला पिसाब गर्ने बेलामा पोलेको महशुस हुने तथा लिङ्गबाट झोल पदार्थ निस्किरहने हुन्छ । त्यस्तै महिलाहरूमा धेरै समयसम्म कुनै लक्षणहरू नदेखिने वा योनीबाट झोल पदार्थ निस्कने र तल्लो पेट दुख्ने हुन सक्छ ।
बढी यौनिक क्रियाकलापमा संलगन हुनु, मूत्राशयको समस्या, कब्जियत, पेटमा कीरा पर्नु, गलत आहार–बिहार, तनाव, आदिको कराण यो समस्या उत्पन्न हुन्छ । महिला तथा पुरुष दुबैमा लामो समयसम्म धातु रोगको उपचार गरिएन भने शरीरका अन्य भागमा पनि सङ्क्रमण हुन सक्छ ।
घरेलु उपचार
– सुख्खा अमला, देशी सुपको दाना, शीतल चिनी यी ५०–५० ग्राम तथा सिश्री १०० ग्राम लिएर सबैलाई अलगअलग कुटेर एकै ठाउँमा राख्नुहोस् । बेलुकाको समयमा ६ ग्रामको दरले बाख्रा या गाईको दुधसँग तीन महिनासम्म नियमित सेवन गर्नुहोस् । यो समस्या ठीक हुन्छ ।
– शुरुमा पेटलाई विकारयुक्त बनाउनेतर्फ लाग्नुपर्छ । जसका लागि उपवास बस्नु फाइदाजनक हुन्छ । रसाहारमा पनि उपवास बस्न सकिन्छ ।
– एनिमा, सुख्खा घर्षण स्नान, वाष्प स्नान, आदि फलदायक हुन्छन् ।
– नुहाउँदा मेरुदण्ड र पेटमा पानीको धार दिन सकिन्छ ।
– कागतीपानी तथा पानी प्रशस्त पिउनुपर्छ ।
– भिटामिन ‘ई’ प्रधान खाद्य फाइदाजनक हुन्छ ।
– दही, अंगुर, बेथेको साग, आलु, परवल, लौका आदि पनि विशेष फाइदाजक हुन्छन् ।










