• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सगरमाथा आरोहीहरूको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा

    वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

    तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ

    तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ

    वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

    वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द

    पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति

    स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट

    स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

क्यान्सर भए/नभएको पत्ता लगाउन नियमित परीक्षण गर्नुपर्ने

metakhabar by metakhabar
२१ माघ २०८२,
0
३० वर्षको अनुसन्धानपछि अमेरिकी वैज्ञानिकको ठूलाे दाबी: यी तरिकाले क्यान्सर नियन्त्रण गर्न सकिन्छ !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

देउखुरी (दाङ), २१ माघः आफूलाई क्यान्सर भए/नभएको पत्ता लगाउन नियमित परीक्षण गर्नुपर्नेमा एक कार्यक्रमका सहभागी जोड दिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय दाङको आयोजनामा यहाँ भएको ‘नेपालमा क्यान्सर नियन्त्रण, विद्यमान अवस्था, चुनौती र भावी कार्यदिशा’सम्बन्धी छलफल कार्यक्रमका सहभागीले नियमित स्वास्थ्य परीक्षण क्यान्सर पत्ता लगाउने प्रमुख माध्यम भएको बताएका हुन् ।

दाङमा पनि क्यान्सरका बिरामी पत्ता लाग्नेक्रम बढेको बताइएको छ । नसर्ने रोगअन्तर्गत क्यान्सरको समस्या दिनप्रतिदिन बढ्दै गएको सरोकार भएकाहरूले बताएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीका डा विकास गौचनले क्यान्सर भए÷नभएको पत्ता लगाउन समयसमयमा परीक्षण गर्नुपर्ने बताउनुभयो । उहाँले क्यान्सरबाट बच्नका लागि खानपान, जीवन शैलीलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले शङ्का लागेपछि उपचार गर्नुभन्दा रोग नलाग्दै उपचार गर्नुपर्ने धारणा राख्नुभयो । क्यान्सरबाट बाच्नका लागि सुर्तीजन्य पदार्थ सेवन गर्न नहुने उहाँको भनाइ छ ।

स्वास्थ्य कार्यालय दाङका पब्लिकहेल्थकर्मी रीता पौडेलले नेपालमा फोक्सोको क्यान्सर हुने कारणमा धुवाँधुलो, वातावरण प्रदूषणलगाउत कारणले हुने गरेको बताउनुभयो । नेपालमा महिलामा हुने पाठेघरको मुखको क्यान्सरको दर १९ प्रतिशत रहेको जानकारी दिनुभयो ।

दाङमा पाठेघरको मुखको क्यान्सरबाट बच्न ३० देखि ६० वर्षका महिलाको स्वास्थ्य परिक्षणलाई दुई वर्षदेखि निरन्तर दिइरहेको उहाँले बताउनुभयो । स्थानीय तहसँगको समन्वयमा भिआइए प्रविधिबाट परीक्षण हुने भएकाले ढुक्कसँग परीक्षण गराउन उहाँले सबैलाई आग्रह गर्नुभयो ।

दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, तुलसीपुरको राप्ती प्रादेशिक अस्पताल, लमहीस्थित लमही अस्पताल र गढवामा रहेको गढवा स्वास्थ्यचौकीमा पाठेघरको मुखको क्यान्सरसम्बन्धी परीक्षण भइरहेको पब्लिकहेल्थकर्मी पौडेलले जानकारी दिनुभयो ।

घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख राधा पौडेलले महिलाका लागि निशुल्क स्वास्थ्य परीक्षण र उपचारको व्यवस्था गरिएको बताउनुभयो । उहाँका अनुसार संस्थागत परिवार क्लिनिकमा महिलासम्बन्धी सबै किसिमका उपचार निःशुल्क हुने गरेका छन् ।

स्वास्थ्य कार्यालय दाङबाट गत वर्ष १५१ जनाले क्यान्सर उपचारको सिफारिस लिएका थिए । यो वर्ष ५६ जनाले सिफारिस लिएका कार्यालयका जनस्वास्थ्य निरीक्षक कुन्दन ठाकुरले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल सरकारले पाठेघरको मुखको क्यान्सरबाट बचाउनका लागि कक्षा ६ देखि १२ कक्षासम्मका किशोरीलाई एचपिभी खोप लागाउने गरेको छ ।

Previous Post

तनहुँमा यसवर्ष ४५ करोड बढीको सुन्तला बिक्री

Next Post

कञ्चनपुरमा पाँच हजारभन्दा बढी किशोरीलाई ‘एचपिभी’ खोप लगाइने

metakhabar

metakhabar

सम्बन्धित खबर

सगरमाथा आरोहीहरूको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा
आर्थिक

वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

२७ जेष्ठ २०८३,
तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ
आर्थिक

तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ

२७ जेष्ठ २०८३,
वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन
फिचर-ब्यानर

वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

२७ जेष्ठ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

२७ जेष्ठ २०८३,
इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द
आर्थिक

पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति

२७ जेष्ठ २०८३,
स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट
आवाज

स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट

२७ जेष्ठ २०८३,
Load More
Next Post
कञ्चनपुरमा पाँच हजारभन्दा बढी किशोरीलाई ‘एचपिभी’ खोप लगाइने

कञ्चनपुरमा पाँच हजारभन्दा बढी किशोरीलाई ‘एचपिभी’ खोप लगाइने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In