• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

    घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

    कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह

    कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह

    बाँकेमा खेतका फाँट धुलाम्मे

    धान दिवसः सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन

    केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन

    केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन

    देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल

    देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल

    सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन

    सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पोखरालाई टेक सिटीको रुपमा विकास गर्छु–उम्मेदवार पन्त

by
१६ कार्तिक २०७९,
0
पोखरालाई टेक सिटीको रुपमा विकास गर्छु–उम्मेदवार पन्त
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, १६ कात्तिक । युवाको चाहना पूरा गर्न पोखरालाई टेक सिटी (प्रविधी मैत्री सहर) को रुपमा विकास गर्ने आफ्नो मुख्य एजेण्ड रहेको कास्की निर्वाचन क्षेत्र नं २ प्रतिनिधि सभा सदस्य उम्मेदवार सुवर्णराज पन्तले घोषणा गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट कास्की निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिनुभएका पन्तले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी आफ्नो व्यक्तिगत घोषणा पत्र सार्वजनिक गर्दै यस्तो एजेण्डा अघि सार्नुभएको हो ।

अहिलेको युवा एकै ठाँउमा धेरैबेर बसेर काम गर्न सक्दैनन, उनीहरु स्वतन्त्र रुपमा काम गर्न चाहन्छन्, सहरभित्र जता पुगेपनि काम गर्न सक्ने वातावरण मिल्ने किसिमले संचार प्रविधिको विकास गर्ने लक्ष्य आफूको रहेको उहाँको भनाई छ । पन्तले आफ्नो एजेण्डामा निःशुल्क रुपमा सम्पूर्ण नेपालीको मृगौला, कलेजो, मुटु तथा महिलाको पाठेघर वर्षको एक पटक परीक्षण तथा उपचार, निःशुल्क एम्वुलेन्स सेवा, घुम्ती स्वास्थ्य शिविर, स्वास्थ्य परामर्श राख्नु भएको छ ।

त्यसैगरी व्यवहारिक, व्यवसायिक, नैतिक तथा गुणस्तरीय निःशुल्क शिक्षा, सिपमुलक शिक्षा तथा तालिम, खेलकुद क्षेत्रको विकास धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण तथा स्तरोन्नति शुद्ध खानेपानी, रोजगारी, उत्पादित वस्तुको सहज बजारिकरण, वैदेशिक रोजगारबाट फर्केका युवालाई स्वरोजगार कार्यक्रमको व्यवस्था, उद्यमशीलताको विकास गर्ने एजेण्डा पन्तले आफ्नो घोषणा पत्र मार्फत सार्वजनिक गर्नुभएको छ ।

त्यस्तैगरी राष्ट्रिय एजेण्डामा सर्वधर्म, समभाव, पूर्ण धार्मिक स्वतन्त्रतासहितको वैद्धिक सनातन धर्म, सापेक्ष हिन्दू राष्ट्र, अभिभावकीय संस्थाको रुपमा राजसंस्था तथा जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रदेश सभा खारेजी, राजनीतिमा एक व्यक्ति दुई कार्यकाल कार्यकारी पदमा बस्न नपाउने, विदेशमा रहेका नेपालीलाई मतदान गर्न पाउने व्यवस्था, र नेपाललाई शान्ति क्षेत्रको रुपमा घोषणा गरिने रहेको छ ।

घोषणा पत्र सार्वजनिक गर्दै पन्तले जनतासामु पुरा नहुने कबोल गरेर चुनावी घोषणा पत्र बनाउने काम म बाट नहुने जानकारी दिनुभयो । म जे बोल्छु त्यो पूरा गर्छु, जनतालाई अधुरा सपना देखाएर दशौ वर्षसम्म पूरा नगर्ने काम म बाट हुने छैन, उम्मेदवार पन्तले भन्नुभयो–भ्रष्टाचार देश र जनताको प्रमुख शत्रु हो, त्यसलाई न्यूनीकरण नगरेसम्म जनताको जीवनस्तर माथि उठ्न सक्दैन, बिहान बेलुका काम गरेर पेटभरि खान नपुग्ने नेपाली जनता पनि यही छन् उनीहरुको जीवनस्तर उकास्न यहाँका दलहरु लाग्नु पर्छ ।

उक्त घोषणा पत्र सार्वजनिकीकरण कार्यक्रममा राप्रपाका आमन्त्रित केन्द्रीय सदस्य शिवराज चालिसे, राप्रपा गण्डकी प्रदेश अध्यक्ष पंचमान गुरुङ, पार्वता पौडेल लगायतका नेताले आफ्ना भनाई राखेका थिए ।

Previous Post

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र दराज केयमु प्रा. लि.बीच सम्झौता

Next Post

नाइजेरियामा बन्दुकधारीद्वारा दर्जनौं बालबालिकाको अपहरण

सम्बन्धित खबर

मध्यपूर्वमा तनाव उत्कर्षमा
अन्तर्राष्ट्रिय

कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी

१५ असार २०८३,
गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश
आवाज

गण्डकी प्रदेश सरकारको विनियोजन विधेयक पारित

१५ असार २०८३,
निर्वासनबाट हसिनाद्वारा बङ्गलादेशी चुनावको आलोचना
अन्तर्राष्ट्रिय

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको घोषणा : ‘यसैवर्ष स्वदेश फर्कन्छु’

१५ असार २०८३,
गण्डकी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै
आवाज

गण्डकी प्रदेशसभाः बजेटबारे मन्त्रीहरुद्वारा जवाफ प्रस्तुत

१४ असार २०८३,
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने
आवाज

रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने

१३ असार २०८३,
लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा
आवाज

लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा

१३ असार २०८३,
Load More
Next Post
नाइजेरियामा बन्दुकधारीद्वारा दर्जनौं बालबालिकाको अपहरण

नाइजेरियामा बन्दुकधारीद्वारा दर्जनौं बालबालिकाको अपहरण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In