• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    निकोबार परियोजनामा तीव्र विवाद

    निकोबार परियोजनामा तीव्र विवाद

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    निकोबार परियोजनामा तीव्र विवाद

    निकोबार परियोजनामा तीव्र विवाद

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

अन्नपूर्ण आरोहण दिवसः म्याराथनदेखि पदयात्रासम्म

by
२० जेष्ठ २०८०,
0
अन्नपूर्ण आरोहण दिवसः म्याराथनदेखि पदयात्रासम्म

Seven summit trek

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पर्यटकीय नगरी पोखराको विश्वव्यापीरुपमा चर्चासँग जोडिएको हिमाल हो, अन्नपूर्ण । हिमाल आरोहणको क्षेत्रमा जेठो हिमालका रुपमा अन्नपूर्ण प्रथमलाई लिइन्छ । सन् १९५० जुन ३ मा फ्रान्सका मोरिस हर्जोेगले अन्नपूर्णको सफल आरोहण गरेसँगै विश्वमा नै हिमाल आरोहणतर्फ आकर्षण बढेको हो । पर्यटकीय नगरी पोखराको पहिचानसँग अन्नपूर्ण हिमाल प्रत्यक्ष जोडिएका कारण पनि अन्नपूर्ण आरोहण दिवसलाई पोखरा र आसपासका क्षेत्रमा विभिन्न कार्यक्रमका साथ मनाउने गरिएको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष धर्मराज पन्थीले बताउनुभयो । पहिलो पटक आरोहण गरेको दिन जुन ३ लाई प्रत्येक वर्ष टान गण्डकीले निरन्तररुपमा विभिन्न कार्यक्रमका साथ अन्नपूर्ण आरोहण दिवस मनाउँदै आएको उहाँको भनाइ छ । “टान गण्डकीको स्थापनाको ३० वर्षयता अन्नपूर्ण आरोहण दिवस विभिन्न कार्यक्रमका साथ मनाउँदै आइएको छ”, उहाँले भन्नुभयो, “अन्नपूर्ण आरोहण दिवस नेपालकै पर्वतीय पर्यटनको विशिष्ट दिन हो ।” नेपालमा आउने विदेशी पर्यटकमध्ये करिब ७० प्रतिशत पर्यटक पदयात्राका लागि आउने गरेको र जसमध्ये औसतमा १० प्रतिशत हिमाल आरोहण गर्न आउने गरेका छन् ।

अन्नपूर्ण हिमाल आरोहणको सफलतासँगै नेपाल विश्वमा नै पर्वतीय पर्यटनको विशिष्ट आकर्षण बन्दै गएको बताउँदै अध्यक्ष पन्थीले यस दिवसको गरिमा र महत्वलाई जीवन्त राख्नु अपरिहार्य भएको बताउनुभयो । फ्रान्सेली टोलीद्वारा आरोहण गरिएको अन्नपूर्ण प्रथम हिमालको उचाइ आठ हजार ९१ मिटर रहेको छ । अन्नपूर्ण हिमाल आरोहणको सफलतासँगै सन् १९५३ मे २९ तारिखमा विश्वको सर्वोच्च शिखर सगरमाथामा सर्वप्रथम स्व तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सफल आरोहण गरी कीर्तिमान कायम गरेका थिए । सर्वोच्च शिखर सगरमाथाभन्दा अन्नपूर्ण प्रथम हिमालको उचाइ कम भएको र आरोहणका दृष्टिले कठिन भएका कारण अन्नपूर्ण आरोहणको सफलताले त्यति ख्यातिप्राप्त गर्न नसके पनि यसले पर्वतारोहणका क्षेत्रमा विश्वकै जेठो हिमालको उपाधि हासिल गरेको टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका पूर्वअध्यक्ष सोम थापा बताउनुहुन्छ । विश्वबजारमा अन्नपूर्ण हिमालको महत्वलाई अझै उजागर गर्दै यसको पर्वतीय पर्यटनका क्षेत्रमा बजारीकरण गर्नु जरुरी रहेको उहाँले बताउनुभयो ।

अन्नपूर्ण हिमालको आरोहणपछि नै पोखराले पर्यटकीयस्थलका रुपमा राष्ट्रिय एवम् अन्तर्राष्ट्रियस्तरमा थप चासो र चर्चा पाएको उहाँले बताउनुभयो । सन् १९५० अघि पोखरामा आउने विदेशी पर्यटकको सङ्ख्या नगन्य मात्र रहेकोमा अन्नपूर्ण हिमालको आरोहणसँगै यहाँको पर्यटकीय विकासको औपचारिक सुरुआत भएको देखिन्छ । हर्जोगले पोखरासहित नेपाललाई विश्वभर चिनाउने काम गरेको बताउँदै थापाले त्यसपछि मात्र नेपालका हिमालबारे अध्ययन–अनुसन्धान सुरु भएको बताए । अन्नपूर्ण आरोहण दिवसका दिन टान गण्डकीले प्रत्येक वर्ष अन्नपूर्ण हिमालका काखमा अवस्थित एक पर्यटकीय गाउँको प्रवद्र्धन गर्दै आएको छ । यस वर्ष मर्दी हिमाल पदमार्गअन्तर्गत हेम्जा मेलबोटदेखि आस्तामसम्म छोटो दूरीको पदयात्रासँगै पदमार्गको सरसफाइसमेत गरिने टान गण्डकीका अध्यक्ष पन्थीले जानकारी दिनुभयो । अन्नपूर्ण हिमाल र यस आसपासको सात हजार छ सय २९ वर्ग किमीलाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनामार्फत संरक्षण गरिएको छ । जसअन्तर्गत मनाङ र मुस्ताङसहित म्याग्दी, कास्की र लमजुङका विभिन्न क्षेत्रलाई समेटिएको छ ।

अन्नपूर्ण आरोहण दिवसलाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का संरक्षित क्षेत्रअन्तर्गतका स्थल घान्द्रुक, ल्वाङ, सिक्लेस, भुज्रुङ, जोमसोम, लोमान्थाङ र मनाङस्थित इलाका कार्यालयमा पनि विभिन्न कार्यक्रम गरी मनाउने गरिएको छ । दिवसकै अवसरमा अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिको आयोजनामा आज अन्नपूर्ण आधार शिविर(एविसी) देखि घान्द्रुकसम्म (४२.१९५ किमिको)अन्नपूर्ण म्याराथन हुने भएको अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सवका संयोजक ललित गुरुङले जानकारी दिनुभयो । म्याराथनका लागि विदेशी धावकसहित ५६ जना शनिबार नै अन्नपूर्ण आधार शिविर पुगी पूर्वअभ्यास गरिसकेको उहाँले बताउनुभयो । अन्नपूर्ण आरोहण दिवसको गरिमा र महत्वसँगै समग्र अन्नपूर्ण पदयात्रा क्षेत्रको प्रवद्र्धनका लागि म्याराथन आयोजना गरिएको उहाँले बताउनुभयो ।

Previous Post

रोचक प्रसङ्गः नेपालमै ज्वाला फुट्ने पहाडहरु !

Next Post

जातजातिको सङ्ख्या बढ्यो

सम्बन्धित खबर

निकोबार परियोजनामा तीव्र विवाद
अन्तर्राष्ट्रिय

निकोबार परियोजनामा तीव्र विवाद

१९ बैशाख २०८३,
८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने
फिचर-ब्यानर

८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

१९ बैशाख २०८३,
मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर
फिचर-ब्यानर

मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

१९ बैशाख २०८३,
अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित
अन्तर्राष्ट्रिय

अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

१९ बैशाख २०८३,
अमेरिकी कूटनीतिक सक्रियता बढ्दो : विशेष दूत गोरको मन्त्रीहरूसँग भेटमा के सहमति ?
फिचर-ब्यानर

अमेरिकी कूटनीतिक सक्रियता बढ्दो : विशेष दूत गोरको मन्त्रीहरूसँग भेटमा के सहमति ?

१९ बैशाख २०८३,
बल्खु, बंशीघाट र शंखमूल क्षेत्रका ७४४ घर-टहरा भत्काइयो, ३२३ परिवार सम्पर्कमा
फिचर-ब्यानर

बल्खु, बंशीघाट र शंखमूल क्षेत्रका ७४४ घर-टहरा भत्काइयो, ३२३ परिवार सम्पर्कमा

१९ बैशाख २०८३,
Load More
Next Post
जातजातिको सङ्ख्या बढ्यो

जातजातिको सङ्ख्या बढ्यो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In