काठमाडौं ः नबिल बैंकले सामाजिकउद्यमशीलताविकासकालागि अघि बढाइएको नबिल एसएसईको पहिलो चरणको फेलोसिपकार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । आफ्नो सामाजिकउत्तरदायित्वअन्तर्गत नबिलले अघि बढाएको सामाजिकउद्यमशीलताकार्यक्रममा सहभागीलाई प्रमाणपत्रसहित बिदाइ गरेर पहिलो चरणको कार्यक्रम समापनगरिएको हो । बैंकले शुक्रबार कीर्तिपुरस्थितत्रिभुवनविश्वविद्यालयमा एक कार्यक्रमको आयोजनागर्दै फेलोसिपकार्यक्रममा सहभागीभएकापहिलो ब्याचका १८ जनालाई बिदाइ गरेको हो । सोहीअवसरमा बैंकले उक्तकार्यक्रमको दोस्रो ब्याचकालागि छनौट भएका २० जनालाई पनि स्वागत गरेको छ ।
बैंकले त्रिभुवनविश्वविद्यालयव्यवस्थापन संकायअन्तर्गत स्कुलअफम्यानेजमेन्टसँगको सहकार्य र स्कुलफोर सोसल आन्टरप्रेनर्स इन्डियाको प्राविधिक सहयोगमा समाजमाउद्यमशीलताका माध्यमबाट सामाजिक समस्याको दीर्घकालीन समाधानगर्ने उद्देश्यकोसाथगतवर्षदेखि यो कार्यक्रम सञ्चलनमाल्याएको हो । यो कार्यक्रमले १८ देखि ५० वर्षभित्रका इच्छुक व्यक्तिलाई उद्यमको सुरुआतगर्न सक्षमबनाउने लक्ष्य राखेको छ । सोहीअनुसार बैंकले पहिलो ब्याचमाविभिन्न क्षेत्रमानवीनतम सोच भएका २० जनालाई छनौट गरेको थियो । तर, १८ जनाले मात्रै उक्तकार्यक्रमलाई पूर्णतादिएकाथिए । जसमध्ये १३ जनाले आफ्नो व्यवसायलाई सञ्चालन गरी सेवा र सामाग्रीबजारमाप्रवेश गरिसकेका छन् । कार्यक्रममा सहभागीहरूले आफ्ना प्रडक्टहरूको स्टलमा प्रदर्शनी गरेका थिए ।
कार्यक्रममानबिल बैंकका डेपुटी सिईओ मनोज ज्ञवालीले सहभागीहरूको प्रडक्ट र सेवाहरू देख्दा धेरै खुसीलागेको बताए । बैंकको उद्यमीबनाउने उद्देश्यमा १८ जना सहभागीहरूले उद्यमशीलताको दियोको रूपमाकामगर्ने उनले बताए । ‘यो नै नबिलले समाजमाल्याएको सकारात्मक परिवर्तनको सुरुवातहो,’ उनले भने । त्रिभुवनविश्वविद्यालयव्यवस्थापन संकायकाप्राडा डिन डिल्लीराजशर्माले कार्यक्रममाबोल्दै नबिल एसएसईमा सहभागीहरु समाजपरिवर्तनकाएजेन्ट रहेको बताए । पहिले आफू सामाजिकअभियन्तामात्रभएको र नबिलको कार्यक्रममाजोडिएपछि आफूले उद्यमीको संज्ञा पाएको फेलोसिपकार्यक्रममा सहभागीभएकीदीक्षापौडेल बताइन्। धेरै कुरा सिक्ने अवसर पाएको बताउँदै उनले भनिन्, ‘मलाई उद्यमशीलताको बारेमा केहीथाहाथिएन र म बिजनेस ब्याकग्राउन्डको विद्यार्थी पनिहोइन । तर अहिले मलाई यो कार्यक्रमले आफ्नो प्रडक्ट लन्चगर्ने स्टेजमापुर्याएको छ, र अहिले ब्रान्डिङमा कामहुँदैछ ।’ नबिलको यो कार्यक्रम धेरै नै प्रभावकारी रहेको छ र म नबिलप्रतिआभारी छु’, उनले भनिन् ।
यस्तै इलामकायमबहादुर कार्की बैंकको फेलोसिपकार्यक्रमले आफूलाई अहिले उद्यमीको पहिचानदिएको महसुस गरेको बताउँछन् । ‘हाम्रो समाजमा धेरै समस्या छन्, युवापुस्तादिनदिनै बिदेसिनु परिरहेको छ । गाउँमै कफीखेतीका माध्यमबाट गाउँमा रोजगारी सिर्जना गरी आर्थिक गतिविधि बढाउने निर्णय गरेँ,’ कार्कीले भने । उनले भने, ‘मेरो यो सपनालाई पुरा गर्न नबिलको कार्यक्रमले सहयोग गरेको छ । अहिले उत्पादित वस्तु बजारमा ब्राण्ड नेमका साथआइसकेको छ र मैले रोजगारी सृजनागरिरहेको छु ।’ नबिल एसएसईले उद्यमीमात्रै नभएर उद्योगीबनाएरै छाड्ने कार्कीको भनाइ छ ।
त्रिभुवनविश्वविद्यालयकाउपकुलपति प्राडा धर्मकान्तबास्कोटाले उद्यमी पैदा गर्ने आफूहरूको उद्देश्य रहेकाले यो अभियानलाई साकार पार्न आफूहरू प्रतिबद्ध रहेको बताए । उनले यस्ता तालिमले नेपालीयुवालाई उद्यमीको पथदर्शन गराउने र लाखौँको संख्यामाबाहिरिँदै गरेका नेपालीयुवालाई नेपालमा रहेका सम्भावना र अवसरको जानकारी दिने बताए । सोहीअवसरमा दोस्रो चरणको फेलोसिपकार्यक्रम सञ्चालनकालागिनबिल बैंक र त्रिवी बिच फेरि सम्झौताभएको छ । सम्झौतापत्रमा बैंककातर्फबाट सिइओ ज्ञानेन्द्र ढुंगाना र उपाध्यक्षनिर्वाण चौधरी तथात्रिवीकातर्फबाट उपकुलपति प्राडा धर्मकान्तबास्कोटा र प्राडा डिन डिल्लीराजशर्माले हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा बैंककाउपाध्यक्षचौधरीले नबिल बैंक उद्यम र उद्यमीबन्नचाहनेहरुको लागि सहयोग गर्न तत्पर रहेको बताए । उनले भने, ‘उद्यमीबन्न सजिलो त छैन तर नबिलले तपाइँहरुलाई उद्यमबन्न हरेक तवरले सहयोग गर्नेछ ।’ कार्यक्रममापहिलो चरणमा सहभागीभएकाहरूलाई उपाध्यक्षचौधरी र प्राडा बास्कोटाले प्रमाणपत्र र मायाको चिनो प्रदान गरेका थिए ।













