• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मकैबारीमा मृत गैँडा भेटियो

    मकैबारीमा मृत गैँडा भेटियो

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने

    ट्राफिक कारबाहीमा १९ लाख ९५ हजार राजस्व सङ्कलन

    नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

    नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

    चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी

    ट्रम्प–सीबीच व्यापार सहमति

    नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

    नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    मकैबारीमा मृत गैँडा भेटियो

    मकैबारीमा मृत गैँडा भेटियो

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने

    ट्राफिक कारबाहीमा १९ लाख ९५ हजार राजस्व सङ्कलन

    नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

    नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

    चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी

    ट्रम्प–सीबीच व्यापार सहमति

    नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

    नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

व्यवसायिक तरकारी खेतीमा लम्कदै भुम्दीका किसान

by
२० कार्तिक २०७९,
0
व्यवसायिक तरकारी खेतीमा लम्कदै भुम्दीका किसान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, २० कात्तिक । पोखराका उपभोक्ताले पाँच दिन अघि मात्र प्रतिमुठा साग एक सय ५० रुपैयाँ मूल्य तिरेर उपभोग गरे । एक महिना अघिमात्र प्रतिकेजी धनियाँको साग एक हजार रुपैयाँमा बिक्री भयो । उपभोक्ताले तिहारमा सयपत्री फूलको मूल्य प्रतिकेजी एक हजार रुपैयाँमा खरिद गरे । यसैबाट प्रमाणित हुन्छ कि अब कास्कीका किसानको उत्पादन गरेको बस्तुले मूल्य पाउन थाल्यो ।
पोखरा–२२ भुम्दी निवासी २४ वर्षीया अप्सरा मिजारसँग आफ्नो जमिन छैन । दई रोपनी जग्गा भाडामा लिएर तरकारी खेती गर्नुभएकी अप्सराले भदौ र आश्विन महिनामा उत्पादन गरेको काक्रोले मात्र एक लाख रुपैयाँ आम्दानी दियो । यसै महिनामा उत्पादन भएको सिमीले ५० हजार रुपैयाँ मुनाफा दियो । बजारमा यतिबेला सिमीको मूल्य प्रतिकेजी एक सय २० रुपैयाँ छ ।

तीन रोपनी जग्गामा लगाएको तरकारीबाट मासिक ३० हजार रुपैयाँ मूनाफा हुने गरेको कुरा मिजारले सुनाउनुभयो । मिजारका पति कुमार रोजगारीका लागि कतारमा हुनुहुन्छ, कतार गएको पनि तीन महिना मात्र भयो । घरका बृद्ध सासु ससुरा र दुई वर्षीय छोरीको पालनपोषणको जिम्मेवारी अप्सराको काँधमा छ ।

कुमारसँग अप्सराको विवाह भएको पाँच वर्ष पुग्यो । न आम्दानीको श्रोत, न त जग्गा जमिन । स्याङ्जा आरुखर्कबाट पाँच वर्षअघि विवाह गरेर भुम्दी आउनुभएकी अप्सराले गाउँका किसानले व्यवसायिक तरकारी खेतीबाट मनग्य आम्दानी गरेको देखेर उहाँ तरकारी खेतीतर्फ आकर्षित हुनुभयो । विवाहपछि अप्सराले पनि तरकारी खेती गरेर परिवार पाल्ने योजना बनाउनुभयो ।

गाउँलेको तीन रोपनी जग्गा भाडामा लिएर तरकारी खेती सुरु गरेको पाँच वर्ष भयो अप्सराले । गाउँमा मजदुरी गरेर खार्दै आएको अप्सराको परिबार पाँच वर्षमा नै मासिक ३० हजार आम्दानी गरेर आत्म निर्भर बनेको छ । अप्सरा भन्नुहुन्छ, तीन वर्षदेखि तरकारी खेतीको आम्दानीले नै परिवार पालिएको छ । यतिवेला केराउका बेर्ना लगाउनुभएको छ ।

गाँउमा व्यवसायिक कृषि सुरु भएको १८ वर्ष पुगिसकेको छ । गाउँमा एक सय भन्दा वढी किसानले तरकारी खेती गर्दै आएका छन् । भुम्दी गाउँमा रहेका अधिकाशं परिवारले तरकारी खेतीमा नै व्यस्त छन् । किसानको उत्पादन बारीबाट नै बिक्री हुदै आएको छ ।
१८ वर्षदेखि व्यवसायिक तरकारी खेती गर्दै आउनुभएका भुम्दी निवासी ४९ वर्षीय श्यामु अधिकारीले नौ रोपनी जमिनमा व्यवसायिक तरकारी खेती गर्दै आउनुभएको छ । ६ रोपनी आफ्नै जमिन र ३ रोपनी जमिन भाडामा लिएर ९ रोपनी जमिनमा व्यवसायिक तरकारी खेती गर्नुभएका श्यामुले प्रतिवर्ष नौ लाख रुपैयाँ मुनाफा गर्नुहुन्छ ।

उहाँले सुनाउनुभयो पछिल्लो समय तरकारीले बजार र मूल्य पाउन थालेको छ । यहाँ उत्पादन भएको तरकारी पोखरा बजारमा बिक्री हुने गर्छ । आफूले पाँच जनाको परिवार तरकारीबाट नै पाल्दै आएको बताउदै श्यामले भन्नुभयो– यहाँका किसानलाई प्राविधिक र कोल्ड स्टोरको खाँचो छ ।यहाँका किसानले गोलभेँडा, काउली, सिमी, काक्रो, साग, मुला, बन्दा, करेला, घिरौला, धनियाँ, फर्सी, गाजर, ईश्वरा लगायतका तरकारी उत्पादन गर्दै आएको जानकारी अधिकारीले दिनुभयो । अधिकारी श्यामु कृषि फार्म संचालन गर्दै आउनुभएका श्यामुले कुखुरा र भैँसी पालनसमेत गर्नुभएको छ ।

यतिबेला उहाँका बारीमा अन्नपूर्ण दामी र वाइट टप जातका काउली लहलह परेका छन् । बारीमा काम गर्दै गर्नुभएका अधिकारीले भन्नुभयो– सरकारले सधै ओझेलमा पारेका किसानको उत्पादनले बल्ल बजार र मूल्य पाउनु थालेको छ ।
गाउँमा कृषि समुह बनाएर तरकारी खेती गर्ने थुप्रै किसान छन् । व्यवसायिक तरकारी खेती गर्दै आउनुभएका रमेश अधिकारी भन्नुहुन्छ माटोमा खेल्न सके सफल भइँदो रहेछ । चार पाँच रोपनी जग्गामा लगाएको तरकारी खेतीको आम्दानीले एक परिवार सजिलै पाल्ने रहेछ , कसैसँग ऋण माग्न जानु परेको छैन, खान र छोराछोरी पढाउन पुगेको छ आवश्यक परेमा केही पैसा गोजीबाट निकाल्न पनि सक्ने तरकारी खेतीले बनाइदियो ।

भुम्दी निवासी ५५ वर्षीया किसान धनकुमारी गुरुङले आफू विवाह गरेर यहाँ आउँदा लोग्नेछोराहरु रक्सी पिउने र तासै मात्रै खेल्ने गर्थे, सडकसँगै तरकारीको व्यवसायिक खेती हुन थालेपछि अहिले गाउँमा जुवातास खेलेको देख्न पाइदैन, ७५ वर्षका वृृद्धवृद्धा समेत तरकारी बारीमा व्यस्त भएको देखिन्छ । गाउँमा तरकारीले अनौठो परिवर्तन ल्याइदियो उहाँले भन्नुभयो ।गाउँका किसानले उत्पादन गरेको तरकारीको अवलोकनका लागि आइतबार बिहान पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनोहर कडरिय , पोखरा २२ का वडाध्यक्ष हिमलाल बरालसहित संचारकर्मीको टोली त्यहाँ पुगेको थियो । उक्त गाउँका ए कसय घर परिवारले वार्षिक दुई करोड भन्दा वढीको तरकारी उत्पादन गर्दै आएका जानकारी स्थानीय कृषकहरु बताउछन् ।

तरकारी खेतीको अवलोकन गर्दै प्रमुख कडरियाले यसै गाउँबाट अन्य गाउँका किसानले पनि तरकारीको व्यवसायिक खेति सिक्न जरुरी छ । घरका मान्छे विदेश भए पनि यहाँका बाझा जग्गा भाडामा लिएर भएपनि व्यवसायिक तरकारी सुरु हुनु कृषिप्रतिको क्रान्ति भएको बताउनुभयो ।पोखरा–२२ का वडाध्यक्ष हिमलाल बरालले तरकारीमा सिंचाईको लागि पानी अपुग भएमा थप श्रोतबाट पानी ल्याउनका लागि आफूले वडाको तर्फबाट पाइप उपलब्ध गराइदिने आश्वासन दिनुभयो । पुम्दी र भुम्दी दुध र तरकारी उत्पादनमा कास्कीमै अगाडि भएकाले यहाँका किसानलाई व्यवसायिक तालिकको व्यवस्था गर्न समेत उहाँले कृषि महाशाखालाई आग्रह गर्नुभयो ।
ऋषि बराल

 

 

Previous Post

तब्बुले खुलाइन् नाम पछाडि थर नराख्नुको कारण

Next Post

ट्वीटरले बर्खास्त गरिएका दर्जनौं कर्मचारीहरूलाई फिर्ता बोलायो

सम्बन्धित खबर

मकैबारीमा मृत गैँडा भेटियो
आर्थिक

मकैबारीमा मृत गैँडा भेटियो

१ जेष्ठ २०८३,
गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज
आर्थिक

गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

१ जेष्ठ २०८३,
जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने
आर्थिक

ट्राफिक कारबाहीमा १९ लाख ९५ हजार राजस्व सङ्कलन

१ जेष्ठ २०८३,
नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड
अन्तर्राष्ट्रिय

नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

१ जेष्ठ २०८३,
चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी
आर्थिक

ट्रम्प–सीबीच व्यापार सहमति

१ जेष्ठ २०८३,
नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग
आर्थिक

नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

१ जेष्ठ २०८३,
Load More
Next Post
ट्विटरले तोक्यो ब्लू टिकका लागि आधिकारिक रुपमा मूल्य

ट्वीटरले बर्खास्त गरिएका दर्जनौं कर्मचारीहरूलाई फिर्ता बोलायो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In