अमीनचन्द नामक व्यक्ति गान्धीका शिष्य थिए । एक पटक बसी बसी उनले पछुतोद्धारको बारेमा गान्धीको निजी राय जान्ने उद्देश्यले उनलाई तीनवटा प्रश्न सोधे । गान्धी जवाफ दिन चाहन्थे कि एक हरिजन कन्या (लक्ष्मी), जसलाई गान्धीले छोरी मानेका थिए, दौडदै उनको काखमा आएर बसिन् ।
उनी बिस्कुट खाइरहेकी थिइन् । आधा खाइसकेपछि उनले स्वाभाविक ढंगले बाँकी रहेको आधा जुठो बिस्कुट गान्धीको मुखमा हालिदिइन् । गान्धीले अमीचन्दलाई अझै जवाफ दिइसकेका थिएनन् त अमीचन्द उठेर भने— ‘मैले मेरो प्रश्नको जवाफ पाइसकेँ ।
साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट













