• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री

    जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री

    कागबेनी-छुसाङ सडक निर्माण सुरु

    कागबेनी-छुसाङ सडक निर्माण सुरु

    रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

    रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

    आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

    आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

    काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

    काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मुख्य समाचारः समामुखमा एमालेका घिमिरे निर्वाचित, राष्ट्रपतिका लागि नेताहरुको दौडधुप शुरु

by
६ माघ २०७९,
0
मुख्य समाचारः समामुखमा एमालेका घिमिरे निर्वाचित, राष्ट्रपतिका लागि नेताहरुको दौडधुप शुरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । प्रतिनिधिसभाले सभामुखमा एमालेका देवराज घिमिरेलाई चयन गरेको छ । प्रतिनिधिसभाको बिहीबार बैठकमा मतविभाजनको आधारमा उनी सभामुखमा चयन भएका हुन् । सभामुखमा सत्तारुढ दलको तर्फबाट घिमिरे र कांग्रेसको तर्फबाट ईश्वरीदेवी न्यौपानेले उम्मेदवारी दिएका थिए । घिमिरेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ मत र विपक्षमा १०० मात्र मत र मत दिन्न भन्नेमा १ मत परेको छ ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राज्यका निकायलाई निरीह बनाइएकाले आफूले गरेका कामको प्रतिफल आउन समय लाग्ने बताएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले अभियुक्तलाई समात्न सक्नुभएन भन्ने आरोप लागिरहेको र आफूले देखेको पनि सभामुखको रुलिङ नभएका कारण नसमातेको बताए । उनले गलत काम गर्ने गर्नेलाई कारबाही गर्न पछि नहट्ने दाबी गरे ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रणालीमा बाँधिनुलाई पिंजडा ठान्नु अशुभको संकेत भएको बताएका छन् । बिहीबार संसद बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले यस्तो बताएका हुन् । मानव समाजमा सामाजिक, धर्म, इमान जमानको बन्धन हुने ओलीको भनाइ छ । तर कांग्रेसले सरकारको समर्थन गर्ने तर सरकारमा हिस्सेदारको विरोध गर्ने गरेको उनले टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिमा समझदारीका लागि प्रयासरत रहेको बताएका छन्। संसद बैठकपछि बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले त्यसका लागि सत्ता साझेदार दलहरूसँग छलफल गरिरहेको बताए । उनले आज सभामुख पदमा गठबन्धनकै उम्मेदवार निर्वाचित भएको भन्दै उपसभामुखमा पनि यसैगरी गठब्धनका उम्मेदवार निर्वाचित हुने बताए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति एमालेले पाउनुपर्ने सहमति भएको बताएका छन् । उनले सोहीबमोजिम एमालेले राष्ट्रपतिको उम्मेदवार उठाउने बताए । संसद बैठकपछि बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले एमालेको उम्मेदवारलाई नै राष्ट्रिय सहमति बनाउनुपर्ने बताए ।

जनमत पार्टी संसदीय दलका नेता चन्द्रकान्त राउत (सिके राउत) ले पुराना विमान चलाउन अनुमति दिनेलाई कारबाही गर्नुपर्ने बताएका छन् । बिहीबार जारी प्रतिनिधिसभाको बैठकमा उनले पुराना विमान चलाउन अनुमति दिनेलाई कारबाही गर्न कुन कानुनले रोकेको भन्दै प्रश्न गरे ।

नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले संसद्को सबैभन्दा ठुलो दल परिस्थितिको कारण मात्रै सरकार बाहिर भएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सभामुख र शीतल निवासको लक्ष्यसहित संसदमा उभिएको बताए । उनले भने, ‘सभामुख र शीतल निवासमा हाम्रो उपस्थितिले जनताको मतको पनि प्रतिनिधित्व हुन्छ । त्यसबाट शक्ति सन्तुलन पनि हुन्छ ।’

सेवाबाट निवृत्त हुने समय परिवर्तन गर्ने फ्रान्स सरकारको योजनाबाट क्रुद्ध भएका कामदारले आज द्रुत गतिका रेल ठप्प पारे भने विद्युत् आपूर्ति पनि रोकेर विरोधस्वरूप सडकमा पुगेका छन् । देशव्यापी यो हडताललाई राष्ट्रपति इम्यानुएल म्याक्रोँको परीक्षाको रुपमा हेरिएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको (सिपिसी) २० औँ राष्ट्रिय महाधिवेशनमा पार्टीका महासचिव एवम् राष्ट्रपति सी चिनफिङले प्रस्तुत गरेका प्रतिवेदन तथा महाधिवेशनले पारित गरेको सिपिसीको विधान दश वटा विदेशी भाषामा प्रकाशन भएको छन् । विदेशी भाषा प्रेसले अङ्ग्रेजी, फ्रान्सेली, रुसी, अरबी, स्पेनिश, पोर्तुगाली, जर्मन, जापानी, भियतनामी र लाओ भाषामा प्रकाशन गरिएको बिहीबार जनाएको हो ।

Previous Post

प्रेरक प्रसङ्गः यस्ता थिए महात्मा

Next Post

समावेशी खोई ? महिलाको पोल्टामा ६ वटा मात्र मन्त्रालय, अझै पुगेन ३३ प्रतिशत

सम्बन्धित खबर

जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री
आर्थिक

जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री

२८ साउन २०८३,
कागबेनी-छुसाङ सडक निर्माण सुरु
आर्थिक

कागबेनी-छुसाङ सडक निर्माण सुरु

२८ साउन २०८३,
रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी
अन्तर्राष्ट्रिय

रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

२८ साउन २०८३,
आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास
आवाज

आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

२८ साउन २०८३,
राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित
अन्तर्राष्ट्रिय

अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

२८ साउन २०८३,
काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड
फिचर-ब्यानर

काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

२८ साउन २०८३,
Load More
Next Post
समावेशी खोई ? महिलाको पोल्टामा ६ वटा मात्र मन्त्रालय, अझै पुगेन ३३ प्रतिशत

समावेशी खोई ? महिलाको पोल्टामा ६ वटा मात्र मन्त्रालय, अझै पुगेन ३३ प्रतिशत

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In