• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कालीगण्डकीको कटानले जोखिममा पुल

    कालीगण्डकीको कटानले जोखिममा पुल

    भारतसँग सम्बन्ध सुधार्न चाहन्छ बङ्गलादेश

    भारतसँग सम्बन्ध सुधार्न चाहन्छ बङ्गलादेश

    म्याग्दीमा पाँच प्रतिशतले आलु उत्पादन घट्यो

    म्याग्दीमा पाँच प्रतिशतले आलु उत्पादन घट्यो

    मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित

    अमेरिकी विदेश मन्त्रालयद्वारा एक लाख ७५ हजारभन्दा बढी भिसा रद्द

    चार वर्षदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुनसान, समस्या यात्रुको कि सरकारी नीतिको ?

    चार वर्षदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुनसान, समस्या यात्रुको कि सरकारी नीतिको ?

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    हर्मुज खोल्न जर्मनीको आग्रह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भदौको मध्यसँगै हिउँदे पर्यटक चरा नेपाल आउने क्रम सुरु

by
२५ भदौ २०७९,
0
भदौको मध्यसँगै हिउँदे पर्यटक चरा नेपाल आउने क्रम सुरु

Birds

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बेलबारी । भदौको मध्यसँगै हिउँदे पर्यटक चरा नेपाल आउने क्रम सुरु भएको छ । चैत अन्तिमसम्म जाडो छल्न नेपाल आउने विदेशी पर्यटक चरा विगतका वर्षमा झैँ यस वर्ष पनि फाट्टफुट्ट नेपालका खोलानाला र सिमसार क्षेत्रमा आइपुगेका छन् । सुनसरी, सप्तरी र उदयपुर जिल्लाको सङ्गमस्थलमा रहेको कोसीटप्पु वन्यजन्तु आरक्ष चराको राजधानी जस्तै बनेको छ ।

देशभरि पाइने आठ सय ८८ चरामध्ये हाल यहाँ पाँच सय ३१ चरा फेला परिसकेका छन् । ‘नेपालमा पाइने सबै प्रजातिका चरा पनि वर्षभरिनै नेपालमै रहन्छन् भन्ने हुँदैनन्’, वर्ड वाचिङ क्याम्प कोसी टप्पुका सञ्चालक कुरमान मन्सुरी बताउँछन् । उनले भने, ‘नेपालमा हिउँदमा आउने हिउँदे आगन्तुक र वसन्त ऋतुको आगमनसँगै आउने आगन्तुक पाहुना चराको बसाइँसराइँ वर्षभरि नै निरन्तर चलिरहन्छ ।’

कोसीटप्पुमा बर्सेनि नयाँ नयाँ प्रजातिका चरा आउने क्रम थपिए तापनि विगत वर्षहरुमा झैँ झुण्ड झुण्डमा आउने चराको सङ्ख्यामा भने कमी आएको मन्सुरी बताउँछन् । उनका अनुसार कोसीटप्पुकै आसपासमा रहेको बर्जु ताल र मोरङको बेतना सिमसारमा भने अझै पनि पाउना चरा झुण्डमै आउने गरेको पाइएको छ ।

प्राध्यापक डा। दामोदर थापा क्षेत्रीका अनुसार नेपालको विभिन्न भागबाट तथा दक्षिण भारत र साइबेरीयासम्मका चरा बेतनामा मज्जाले हेर्न पाइन्छ । ‘कोसी टप्पुमा आउने प्रायजसो पाहुना चरा यहाँ पनि आइपुग्छन्’, विशेष गरी मङ्सिरदेखि फागुन महिनासम्म विदेशी चरा यहाँ बस्ने उनले बताए ।

प्रा डा थापाका अनुसार बेतना सिमसार राजमार्गसँगै जोडिएको र वनभोजस्थल पनि रहेकाले त्यहाँका पाहुना चरालाई निकै असर पुर्‍याएको छ तर केही मात्रामा चै विस्तारै विस्तारै स्वभाविक हुँदै जाँदा पनि रहेछन् । साइबेरीया देखी आउने एक प्रकारका चरा, कर्मोरेन्ट ९लामो घाँटी भएको एक प्रकारको चरा०, विभिन्न किसिमका बकुल्लाका जात र पानि हाँसका विभिन्न जात प्रशस्तै पाइने गरेको प्रा डा थापाले बताए ।

उत्तरी धु्रवमा हिमपातको सुरुआतसँगै हिउँद यामको बढ्दो जाडो छल्न नेपालका तल्लो हिमाली भेग, पहाड र तराईका विभिन्न भूभाग तथा ताल, तलैया र नदी आसपासमा हजारौँ पर्यटक चरा बसाइँसरी आउने गर्दछन् ।

बर्सेनि करिब एक सय ५० प्रजातिका चरा रुस, किर्जिस्तान, तुर्किस्तान, उज्वेकिस्तान, अजरवैजान, चीन, मङ्गोलियाका साथै युरोप, कोरिया तथा तिब्बती क्षेत्रबाट नेपालमा आउने गरेको तथ्याङ्क रहेको छ । करिब ५० प्रजातीका बटुवा चरा नेपालको बाटो हुँदै दक्षिणी मुलुक भारत, पाकिस्तान र श्रीलङ्कातिर जाने गर्दछन् ।

जाडो छल्न आउने हिउँदे आगन्तुक चरा नेपालका प्रमुख सिमसार क्षेत्र कोसीटप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, बिसहजारी ताल, जगदिशपुर ताल, घोडाघोडी ताल, शुक्लाफाँटा वन्यजन्तु आरक्ष तथा कोसी, गण्डकी, नारायणी नदी र त्यसका सहायक नदीमा नै प्राय रहने गर्दछन् ।

जाडो याममा नेपालमा बसाइँ सरेर आउने चराको अधिकांश हिस्सा हाँस प्रजातिले ओगट्छन् । अन्य प्रजातिमा सिकारी तथा माँसाहारी चरा, चाँचर, साना फिस्टा, अर्जुनक, झ्याप्सी, भद्राइ आदि पर्दछन् । दक्षिणी मुलुक र अफ्रिकाबाट हजारौँ ग्रीष्मकालीन आगन्तुक चरा बच्चा कोरल्न नेपाल आउने गर्दछन् । यी चरा असोजसम्ममा आफ्ना बच्चा हुर्काएर पुरानै बासस्थानमा फर्कन्छन् ।

यसरी आउने करिब ६० प्रजातिका चराको अधिकांश हिस्सा कोइली प्रजातिको हुन्छ । नेपालमा पाइने १९ प्रजातिका कोइलीमध्ये १५ प्रजातिले त आफ्नो गुँड नै बनाउँदैनन् र आफ्नो अण्डा अरु चराको गुँडमा पार्दिन्छन् । उक्त चराले आफ्नै सन्तान ठानेर कोइलीको बच्चालाई हुर्काउँछ । नेपाल आउने अन्यमा मुरलीचरी, गाजले सुनचरी, स्वर्गचरी, चित्रक पिट्टा, कटुस टाउके आदि रहन्छन् । ग्रीष्मकालीन आगन्तुक चराको मुख्य बासस्थान भने वन र यस आसपासका घाँसे मैदान तथा कृषि भूमि हुन् ।

Tags: आगन्तुक चराचरानेपालबेतना सिमसारसाइबेरीयासम्मका चरासिमसार क्षेत्र
Previous Post

उत्तरी ध्रुवमा कीर्तिमानी उडानका लागि अमेरिकास्थित उड्डयन संग्रहालयमा जाने भारतकी पहिलो महिला पाइलट

Next Post

राजा चार्ल्सको पहिलो सम्बोधनः आमाको मार्गदर्शनको लागि हामी उहाँप्रति ऋणी छौं

सम्बन्धित खबर

कालीगण्डकीको कटानले जोखिममा पुल
आवाज

कालीगण्डकीको कटानले जोखिममा पुल

२७ साउन २०८३,
भारतसँग सम्बन्ध सुधार्न चाहन्छ बङ्गलादेश
अन्तर्राष्ट्रिय

भारतसँग सम्बन्ध सुधार्न चाहन्छ बङ्गलादेश

२७ साउन २०८३,
म्याग्दीमा पाँच प्रतिशतले आलु उत्पादन घट्यो
आर्थिक

म्याग्दीमा पाँच प्रतिशतले आलु उत्पादन घट्यो

२७ साउन २०८३,
मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
अन्तर्राष्ट्रिय

अमेरिकी विदेश मन्त्रालयद्वारा एक लाख ७५ हजारभन्दा बढी भिसा रद्द

२७ साउन २०८३,
चार वर्षदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुनसान, समस्या यात्रुको कि सरकारी नीतिको ?
फिचर-ब्यानर

चार वर्षदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुनसान, समस्या यात्रुको कि सरकारी नीतिको ?

२७ साउन २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

हर्मुज खोल्न जर्मनीको आग्रह

२७ साउन २०८३,
Load More
Next Post
राजा चार्ल्सको पहिलो सम्बोधनः आमाको मार्गदर्शनको लागि हामी उहाँप्रति ऋणी छौं

राजा चार्ल्सको पहिलो सम्बोधनः आमाको मार्गदर्शनको लागि हामी उहाँप्रति ऋणी छौं

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In