रामो विग्रहवान् धर्मः साधुः सत्य पराक्रम: |
राजासर्वस्व लोकस्य देवानाम् इव वासवः || ३-३७-१३
माथिको हरफमा मरिचले श्रीरामलाईसत्यताको पर्याय, धर्मका पर्याय अनि साहसका र पराक्रमका बिम्बका रूपमाव्याख्या गरेका छन् ।
मरीच रामायणका खल पात्र हुन् । माथिकाश्लोक मरीचको अभिव्यक्ति हो ।
रामलाई यस श्लोकमा पनि खुबै तारिफगरिएको छ यद्यपि रामायणमा चाहिँ रामले मरिचलाई पाताल लोक सम्म पुग्ने गरी सजायदिएको वर्णन गरिएको छ । आजका पुस्ताले रामायण लगभग भुलिनै सके र याद हुनेले पनिराम, सीता, लक्ष्मण, रावण आदि सम्म मात्र रामायणलाई सूत्रबद्ध पारेका छन् । यीमरीच रामायण र भारत वर्षमा यति चर्चित र महत्त्वपूर्ण पात्र हुन कि यिनलाई मलेसिया, ईण्डोनेशीया, थाइल्याण्ड लगायतका देशहरूमा आआफ्नै नामले सम्बोधन गरिन्छ ।
दानव मरिचलाई भगवान् रामले दण्डदिएता पनि मरिचले भगवान् श्रीरामको प्रशंसाका लागि धेरै श्लोकहरू खर्च गरेका छन् ।
यहाँ देवत्व प्रमाणित हुन्छ, मरीच खल पात्रभए पनि यिनलाई राम देव हुन र राम नै सत्य हुन भन्ने कुराको विश्वास पहिले नै थियो ।मरिचले आफ्नो कर्तव्य निभाए अनि खुशीखुशी रामको हातले संहारिए ।
राम र बिभीषणको संवाद जस्ताको तस्तै
वाल्मीकि रामायणको साभार गर्दै छु ।आफ्ना दाजु रावणको अधर्म अनि असहिष्णुताले आजित भएका बिभीषण रामको ठाउँमा पुग्दारामले स्वयम बिभीषण सुन , म तिमीलाई सम्पूर्ण हानिकारक प्राणीहरूबाट सुरक्षा दिनेछु, ब्रह्माण्डमारहेका सम्पूर्ण तत्त्व अनि यदि परेमा भगवान् या देवहरू बाट पनि अब प्रान्त म तिम्रोरक्षा गर्नेछु भनेर भनेको पाइन्छ । बिभीषण रावणबाट भयभीत भएर रामका शरणमा पुगेकाहुन् ।
उता तुलसीदासको राम चरित्र मानसमा पनिबिभीषण राम भएका ठाउँमा पुग्ने बित्तिकै लंकेश अर्थात लङ्काका अधिपति भनेर सम्बोधनगरेका लेखिएको छ ।
बिभीषणले तत्काल भगवान् श्रीरामलाईलङ्का त आफ्ना दाजु रावणको भएको तथापि किन आफूलाई लंकेश भन्नुभएको भनी प्रश्नगर्दछन् ।
श्रीरामले तत्कालै बिभीषणलाई बिभीषणमेरो प्रकृति स्वयम भगवान् शङ्कर लाई पनि थाहा भएको अनि आफ्ना वचन आफ्ना वाणहरू जस्तैअचुक र असीम सत्यता रहेको बताएको लेखिएको छ ।
मैले तिमीलाई लंकेश भनिसके अब तिमी नैलङ्काका राजा हौ अनि रावण त केवल केही दिनको मात्र हो भनेको तुलसीदासले लेखेका छन्।
रामले रावण मार्नुअघि बिभीषणलाईलङ्काका राजा बनाएको तथ्य छ ।
श्रीकृष्णले भागवत गीतामा भगवान्तत्त्वका विषयमा भनेका हरफहरू उल्लेख गर्न चाह्यौँ
अवजानन्ति मां मूढा मानुषींतनुमाश्रितम् |
परं भावमजानन्तो ममभूतमहेश्वरम् || 11||
अर्थात् मलाई मानव रूपमा देखेर नचिन्ने अनि कमआँक्नेहरू मूर्ख हुन् । मेरो अलौकिक उपस्थिति अनि त्यसको दैविक शक्तिको पुञ्जअतुलनीय छ ।
नाहं प्रकाश: सर्वस्व योगमायासमावृत: |
मूढोऽयंनाभिजानाति लोको मामजमव्ययम् ||
म सबैमा निहित नरहन पनि सक्दछु, मेरो योगमायाशक्ति र त्यसको प्रखरता प्रचुर छ । अबुझ अनि मूर्खहरूले यो बुझ्दैनन् कि म जन्म अनिमृत्यु र समयको परिवर्तन भन्दाको परिधि भन्दा बाहिर छु ।