• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विदेशी शिक्षण संस्थाको सम्बन्धन लिएका शैक्षिक संस्थालाई मन्त्रालयको १० बुँदे निर्देशन

    प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

    ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

    ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

    सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

    सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

    इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

    इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

    आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

    आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

    बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ

    नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पोखरामा मनाइयो धुमधाँमसँग हरिबोधिनी एकादशी (ठूला एकादशी )

by
१८ कार्तिक २०७९,
0
पोखरामा मनाइयो धुमधाँमसँग हरिबोधिनी एकादशी (ठूला एकादशी )
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, १८ कात्तिक । कास्कीका हिन्दू धर्मालम्बीले कार्तिक शुक्ल एकादशीको दिन शुक्रबार आज भगवान् विष्णुको तुलसीसँग विवाह र विशेष पूजा गरी हरिबोधनी एकादशी पर्व धुमधाँमसँग मनाएका छन् ।

असार शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिन श्रीरसागरमा सुतेका भगवान् विष्णु आज ब्यूँतिने विश्वासमा यो एकादशीलाई हरिबोधनी एकादशी भनिन्छ । हरिशयनीदेखि हरिबोधनी एकादशीका दिनसम्म चार महिना विष्णुभत्तहरुले तुलसीको व्रतवसी पूजा गर्छन् ।

पोखरा तुल्सीघाट स्थित राम मन्दिरका पुजारी पण्डित कृष्ण सुवेदीका अनुसार असार शुक्क एकादशी अर्थात हरिशयनी एकादशीका दिन रोपिएको तुलसीको बोटलाई आज हरिबोधनी एकादशीका दिन घरमा रहेका तुलसीको मठमा विशेष पूजा गरी गाईको गोबर र रातो माटोले पोती फूलमालाले सजाएर तुलसीको विवाह गर्ने परम्परा रहेको बताउनुभयो ।

एकादशीहरु मध्येमा सबैभन्दा ठूला एकादशी हरिबोधनी एकादशीलाई मानिने गरेको जानकारी पण्डित सुवेदीले दिनुभयो । हरिशयनदेखि हरिबोधनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रतगरी विशेष पूजा गर्छन, सुवेदीले भन्नुभयो–विष्णु श्रीरसागरमा सुतेकाले यी चार महिना विवाह, व्रतबन्ध  जस्ता माङ्गलिक कार्य नगरिने परम्परा छ ।

आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिक रुपमा पनि लाभदायक  प्रमाणित भएको छ , तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ, पण्डित सुवेदीले भन्नुभयो– तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ । तुलसीको पात तथा फूलको रस रुघाखोकी र औलोको औषधि समेत हुन्छ ।

पोखरा–६ बैदामका रामजी पहारी शुक्रबार भजन र्कीतनगर्दै फूलको डोलीसँगै तुल्सीघाट स्थित सेतीनदीमा पुग्नुभयो ।  नदीमा उहाँले भक्तजनहरुको डोलीमात्र तार्नुभएन सेतीनदीको पवित्र पानीले स्ना,जप, दान र तुलसीको पूजासमेत गर्नुभयो । धार्मिक मान्यता अनुसार यस्तो परम्परा जीजुबाजेको पालादेखि नै चल्दै आएकाले यस्तो परम्परा आफूले नछाडेको भनाई उहाँको छ ।

त्यस्तै पोखरा–५ पस्र्याङ निवासी सुभद्रा कोइराला घरबाट तुलसीको बोट लिएर पवित्र तीर्थस्थल सेती नदीमा पूजा गर्न जान थालेको २५ वर्ष पुगेको छ, । ठूला एकादशीका दिनकोइरालालाई घरमा बस्नै मन लाग्दैन, आफूमात्र हैन छिमेकीलाईसमेत उठाएर पवित्र तीर्थस्थल सेती नदीमा लग्नुहुन्छ ।

एकादशीका दिन गंगाजीको पानीले स्नान गरी तुलसीको पूजा गर्दा पूण्य कमाइने मान्यता छ , कोइरालाले भन्नुभयो– ‘गरुणपुराण’मा महिनामा एउटा तुलसीपत्र विष्णुलाई अर्पण गर्दा १० हजार गाई दान गरेबराबरको फल मिल्छ ।

आजको दिन अन्न खान नहुने भएकाले सखरखन्ड, पिँडालु र वनतरुल उसिनेर फलहार गरिन्छ । अन्न नखाइ वर्तबस्दा पुण्य कमाइने र मोक्ष प्राप्ति हुने धार्मिक विश्वास रहेको जानकारी पण्डित बेदहरि तिमिल्सेना बताउनुहुन्छ ।

पोखरा–१३ स्थित मणिदीप मन्दिरमा सामुहिक रुपमा वर्तवसेका बुद्धिराज अधिकारी सहित चार भक्तहरु फूलको डोलिसहित ८ किलोमिटर खालीखुट्टै हिँडेर रामघाट स्थित सेतीनदीमा स्नान र फूलको डोली  तार्न आइपुगे । विष्ण भगवान् प्रतिको अगाध आस्थाका साथ उनीहरुले सातवर्षदेखि यस्तो व्रत लिर्दै आएका छन् । आज पोखरामा सेनीनदीका ठाँउठाँउमा भक्तजनहरुको भीड लागेको छ । विशेष गरी पोखराको तुलसीघाटमा चार महिना उपासना वसेका भक्तहरुले फूलाको तोरन टाग्ने प्रचलन रहदै आएको छ ।

Previous Post

खुकुरीले हिर्काएर आमाको हत्या, छोरा पक्राउ

Next Post

२०५१ सालको निर्वाचनलाई फर्केर हेर्दा

सम्बन्धित खबर

विदेशी शिक्षण संस्थाको सम्बन्धन लिएका शैक्षिक संस्थालाई मन्त्रालयको १० बुँदे निर्देशन
आवाज

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

४ भदौ २०८३,
ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी
आर्थिक

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

४ भदौ २०८३,
सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी
फिचर-ब्यानर

सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

४ भदौ २०८३,
इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै
अन्तर्राष्ट्रिय

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

४ भदौ २०८३,
आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन
फिचर-ब्यानर

आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

४ भदौ २०८३,
बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ
आर्थिक

नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै

४ भदौ २०८३,
Load More
Next Post
आचारसंहिता उल्लंघन रोक्न निर्वाचन आयोग कठोर बन्दै, फौजदारी कानून प्रयोग गर्दै

२०५१ सालको निर्वाचनलाई फर्केर हेर्दा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In