• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने ः आईएमओ

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य अस्थिर

    जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

    जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

    रास्वपा महाधिवेशन सुरु

    रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए

    पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागिताका लागि विश्वभरिका नेता तथा शुभेच्छुक भ्याटिकनमा

    पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता

    मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

    मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने ः आईएमओ

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य अस्थिर

    जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

    जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

    रास्वपा महाधिवेशन सुरु

    रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए

    पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागिताका लागि विश्वभरिका नेता तथा शुभेच्छुक भ्याटिकनमा

    पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता

    मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

    मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

कोदो दिवस मनाइयो

metakhabar by metakhabar
१७ साउन २०८२,
0
कोदो दिवस मनाइयो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, १७ साउनः देशभर विभिन्न कार्यक्रमको आयोजना गरी ‘कोदो दिवस–२०८२’ मनाइएको छ । सो अवसरमा शुक्रबार भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथलीमा भव्य रूपमा कोदो रोपेर दिवस मनाइएको हो ।

कोदोको महत्वलाई राष्ट्रियस्तरमा स्थापित गर्न सरकारले यस वर्षदेखि साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाउने घोषणा गरेसँगै कृषि तथा पशुपन्छी विकास मन्त्रालय, चाँगुनारायण नगरपालिका, संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ), राष्ट्रिय कृषक समूह महासङ्घ नेपाल र एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्ट्स (अनाज)को संयुक्त पहलमा कार्यक्रम आयोजना गरिएको हो ।

समारोह कृषि विभागका महानिर्देशक तथा कोदो दिवस मूल समारोह समितिका अध्यक्ष प्रकाशकुमार सञ्जेलको अध्यक्षतामा, कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा एफएओ नेपालका प्रमुख केन सिमिजु, कृषि सचिवद्वय गोविन्द शर्मा र दीपक खराल, नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का कार्यकारी निर्देशक डा कृष्णप्रसाद तिम्सिना, चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्री, किसान नेता विजय लामा, कृषि विज्ञ, पत्रकार तथा सयौं स्थानीय कृषकको उपस्थिति थियो ।

समारोहलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले स्वस्थ रहनका लागि हरेक नेपालीले दैनिक एक छाक कोदोको परिकार खानुपर्ने बताउनुभयो । “हामी अहिले उपचार गर्न सक्छौँ, तर हाम्रो भविष्यको सन्तति रोगी भएर जन्मिन सक्छन्,” मन्त्री अधिकारीले भने, “त्यसैले एक छाक कोदोको परिकार भान्सामा समावेश गर्नु स्वस्थ जीवनको सुनिश्चितता हो ।”

उहाँले कोदो खेतीलाई आयआर्जनसँग पनि जोड्न सकिने भएकाले यसको प्रवद्र्धनमा किसान, नीति निर्माता र सरोकारवाला एकजुट हुनुपर्ने धारणा राख्नुभयो ।

अध्यक्ष सञ्जेलले सरकारले कोदोलाई रणनीतिक बालीका रूपमा प्राथमिकता दिँदै दिवसको घोषणा गरेको बताउनुभयो । उहाँले कोदो प्रवद्र्धनमा सक्रिय भूमिका खेलेकोमा अनाज र राष्ट्रिय कृषक समूह महासङ्घलाई धन्यवाद दिनुभयो ।

रैथाने बाली विज्ञ तथा मन्त्रालयका सह–सचिव डा रामकृष्ण श्रेष्ठले कोदोलाई जलवायु परिवर्तन–अनुकूल टिकाउ बालीका रूपमा प्रवद्र्धन गर्नु सरकारको ऐतिहासिक र दूरदर्शी निर्णय भएको बताउनुभयो । कोदो खाद्य सुरक्षाको आधार, पोषणको स्रोत र पर्यावरणमैत्री खेतीका हिसाबले पनि विशेष महत्व राख्ने उहाँको कथन छ ।

कृषि सचिव शर्माले कोदोलाई हेपिएको बालीका रूपमा लिने मानसिकता रहेको भए पनि पछिल्लो समय यसको पोषणीय, पर्यावरणीय र आर्थिक मूल्यबारे जनचेतना बढ्दै गएको बताउनुभयो । “विश्वमै कोदो अब सर्वश्रेष्ठ अन्नका रूपमा स्वीकारिन थालेको छ,” उहाँले भन्नुभयो ।

चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्रीले पहिलो राष्ट्रिय कोदो दिवस आफ्नो नगरमा आयोजना हुनु गौरवको विषय भएको उल्लेख गर्दै कोदोजस्ता परम्परागत बालीलाई नगरस्तरबाटै प्राथमिकता दिइने प्रतिबद्धता जनाउनुभयो ।

नार्कका कार्यकारी निर्देशक डा तिम्सिनाले कोदोको माग दिनप्रतिदिन बढिरहेको जनाउँदै बालीचक्रमा कोदोलाई समावेश गर्दै जानुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

कार्यक्रममा एफएओ नेपाल तथा भुटानका प्रमुख केन शिमिजुले कोदो बाली प्रवद्र्धनका लागि एफएओको सहयोग निरन्तर जारी रहेको बताउनुभयो । “सन् २०२३ मा संयुक्त राष्ट्रसङ्घले कोदोलाई अन्तरराष्ट्रिय बालीका रूपमा घोषणा गरेपछि हामी थप प्राथमिकताका साथ यसबारे काम गरिरहेका छौँ,” उहाँले भन्नुभयो “नेपाल सरकारले कोदो दिवस घोषणा गर्नु खुशीको कुरा हो । एफएओले आगामी दिनमा पनि सहयोग र साथ निरन्तर दिनेछ ।”

स्थानीय कृषक तथा राष्ट्रिय कृषक समूह महासङ्घका बागमती प्रदेश अध्यक्ष लामाले पहिले हेपिएको कोदो अहिले धनी वर्गले खोजी खोजी खाने बालीमा परिणत भएको उल्लेख गर्दै चाँगुनारायण क्षेत्रमा यसको खेती घट्दै गएकाले पुनः प्राथमिकतामा राखेर खेती विस्तार गरिने बताउनुभयो ।

कृषि मन्त्रालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०÷८१ मा नेपालमा दुई लाख २४ हजार ९३५ हेक्टर क्षेत्रफलमा कोदो खेती गरी तीन लाख ७३२ मेट्रिकटन उत्पादन भएको छ ।

तथापि प्रति हेक्टर उत्पादकत्व भने एक दशमलव ३३ मेट्रिकटनमा सीमित छ । विज्ञका अनुसार सिँचाइ, उन्नत बीउ र प्रविधिको प्रयोगसँगै जनचेतना अभिवृद्धि गरिएमा कोदोको उत्पादन र उपयोग दुबैमा उल्लेखनीय वृद्धि सम्भव छ ।

आत्मनिर्भरताको हिसाबले कोदोको अवस्था चिन्ताजनक छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८१÷८२ मा नेपालले करिब ७६ करोड ६३ लाख रुपैयाँ बराबरको १८ हजार ३१६ मेट्रिकटन कोदोजन्य उत्पादन आयात गरेको छ भने निर्यात जम्मा ७० मेट्रिकटन मात्र भएको छ ।

Previous Post

आजको लागि विदेशी मुद्राको विनिमय दर

Next Post

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

metakhabar

metakhabar

सम्बन्धित खबर

इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने ः आईएमओ

१२ असार २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य अस्थिर

१२ असार २०८३,
जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार
आर्थिक

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

१२ असार २०८३,
रास्वपा महाधिवेशन सुरु
फिचर-ब्यानर

रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए

१२ असार २०८३,
पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागिताका लागि विश्वभरिका नेता तथा शुभेच्छुक भ्याटिकनमा
अन्तर्राष्ट्रिय

पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता

१२ असार २०८३,
मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण
आर्थिक

मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

१२ असार २०८३,
Load More
Next Post
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In