• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    निकोबार परियोजनामा तीव्र विवाद

    निकोबार परियोजनामा तीव्र विवाद

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    निकोबार परियोजनामा तीव्र विवाद

    निकोबार परियोजनामा तीव्र विवाद

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

‘तराई–मधेशमा ‘डिपवाटर एक्फर आवश्यक छ ’

metakhabar by metakhabar
१५ साउन २०८२,
0
‘तराई–मधेशमा ‘डिपवाटर एक्फर आवश्यक छ ’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज (पर्सा)। राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिका अध्यक्ष डा किरण पौडेलले तराई–मधेशमा भूमिगत रुपमा दुई सय ५० मिटर गहिराइमा डिप बोरिङ जडान गरिएमा पर्याप्त मात्रामा पानी उपलब्ध हुने जानकारी दिएका छन् ।

ग्रिनसिटि सामुदायिक सेवा केन्द्र वीरगञ्जद्वारा आज यहाँ आयोजित बृहत वृक्षरोपण कार्यक्रममा उनले तराई मधेशका जिल्लामा एक सय देखि १५० मिटर गहिराइमा पानीको पर्याप्त स्रोत नभएकाले पनि कम्तिमा पनि दुई सय ५० मिटर गहिराईका ‘डिपवाटर एक्फर’ मार्फत बोरिङ गरेमा पर्याप्त मात्रामा भूमिगत पानी निकाल्न सकिने बताएका हुन् ।

‘‘यहाँ विशेष गरी एक सयदेखि एक सय ५० मिटर बोरिङ गरेर भूमिगत पानी तान्ने गरिएको देखिन्छ । तर,यहाँ जमिनमुनिको एक सय ५० मिटरको गहिराईमा पर्याप्त मात्रामा पानीको भण्डारण रहेको छैन,’’ उनले भने,‘‘ विगत ५० वर्षदेखि दुई सय ५० मिटर गहिराईको भूमिगत पानीको मात्रा जस्ताको तस्तै रहिरहेको छ । तर,हाम्रो छिमेकीमुलुक भारतले दुई सय ५० मिटर गहिराइको पानीको उपयोग गरेपनि नेपालले भने सो सतहको पानीको उपयोग गर्न सकिरहेको छैन । अब हामीले खानेपानी र सिँचाईको लागि कम्तिमा पनि दुई सय ५० मिटर गहिराईको सतहबाटै पानी निकाल्नुपर्ने हुन्छ ।’’

समितिका अनुसार दुई सय मिटर सम्मको गहिराईको भूमिगत पानीको सतहलाई ‘स्यालो वाटर एक्फर’ भन्ने गरिन्छ भने दुई सय ५० मिटरको गहिराईको भूमिगत पानीको सतहलाई ‘डिप वाटर एक्फर’ भन्ने गरिन्छ ।

अध्यक्ष पौडेलले दुई सय ५० मिटर गहिराईका डिप बोरिङको खर्च तुलनात्मक रुपमा बढी भएपनि यस्ता खालका बोरिङ बढी प्रभावकारी हुने दावी गरे । ‘‘भूमिगत पानीको सतह छिमेकीमुलुक भारत र नेपालको उस्तै खालको छ । २५० मिटरभन्दा गहिराईको पानी भारतको तर्फबाट प्रयोग भइरहेका छन्,’’ उनले भने,‘‘,हाम्रो नेपालको तर्फबाट गरेका छैनौ । यद्यपी हामीले थोरै मिटरको गहिराईमा पानी खनेर यहाँ भूमिगत पानी छैन भनिरहेका छौं ।’’

अध्यक्ष पौडेलले महानगर लगायतका अन्य निकायले ठूला खालका डिप बोरिङ खन्दा कम्तिमा पनि दुई सय ५० मिटर मुनिबाट बोरिङ खन्ने कामलाई प्रोत्साहन गर्न जरुरी भएको बताए । ‘‘तराई–मधेशमा देखिएको खानेपानी र सिँचाईको संकट रोक्नका लागि सबैले हातेमालो गरेर चुरे संरक्षणमा ध्यान दिन जरुरी भइसकेको छ,’’ उनले भने ।

अध्यक्ष पौडेलले तराई–मधेशमा यो वर्ष पानी कम परेर र पानीको उपयोग बढी गरेर पनि यहाँ विगत केही वर्षदेखि पानीको समस्या सिर्जना भएको बताए । ‘‘हामीले पानीको पुर्नभरणमा जे गर्नुपर्ने हुन्थ्यो । सो पर्याप्त मात्रामा गर्न सकिरहेका छैनौं,’’ उनले भने, ‘‘हाम्रो मानवीय तर्फबाट र प्रकृति दुवैतर्फबाट समस्या भइरहेको छ ।’’

राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति,खानेपानी ÷सिँचाईसँग सम्बन्धित सङ्घ–संस्थाले चुरेक्षेत्रभित्र जुनसुकै बेला परेको पानीलाई भूमिगत रुपमा संरक्षण गर्नका लागि विभिन्न खालका पोखरी तथा तालतलैया बनाउन जरुरी रहेको उनले बताए । ‘‘अहिले चुरे क्षेत्रमा पानी संरक्षण गर्ने निकै कम पोखरी रहेका छन् । ससाना गल्छीहरु बनाउनुप¥यो । विभिन्न खालका खहरे खोलाको पनि पानी रोकेर जमिनमुनि पुर्नभरण हुने व्यवस्था गर्न अपरिहार्य भइसकेको छ ।’’ उनले भने ।

समितिका अध्यक्ष पौडेलले सहरी क्षेत्रमा आफ्नो घरवरपर अकाशे पानी पुर्नभरणको लागि आवश्यक संरचना बनाउन पनि जरुरी रहेको बताए ।‘‘यहाँका स्थानीय तहले नक्सापास गर्दा अनिवार्य रुपमा अकाशेपानी पुर्नभरण गर्नका लागि आवश्यक संरचना बनाउनुपर्ने खालका दीर्घकालिन नीति पनि अवलम्वन गर्न जरुरी छ,’’ उनले भने,‘‘यस्ता खालका सकारात्मक कार्यले पनि भविष्यमा पानीको संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउनेछ ।’’

अध्यक्ष पौडेलले पछिल्लो समय वीरगञ्जमा घनावस्ती र जताततै सडक कालोपत्रे भएकाले पनि प्राकृतिक रुपमा पानीको पुर्नभरण हुन नसकिरहेको बताए ।‘‘अहिले त अकाशेपानी पनि ढलबाट हुँदै नदीमा बग्दै गइरहेको छ । त्यसैले घरवरपर पानी सोस्ने काम पनि बन्द भइरहेको छ । हाम्रो वरपर सोस्ने पानीको मात्रा पनि घटिरहेको छ । भूमिगत पानी पुर्नभरण गर्ने काममा पनि पछिल्लो समय असहयोगी हुँदै आइरहेका छौं,’’ उनले भने,‘‘हामीले पानी संरक्षण गर्ने आनीबानीमा पनि सुधार गर्दै जानुपर्छ । घरभित्रबाटै महानगरले नक्सापास गर्दा पनि घरवरपर नै पानी सोस्ने खालको पनि वातावरण तयार पार्न जरुरी भइसकेको छ ।’’

वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले पनि वीरगञ्ज महानगरमा देखिएको पानीको संकट समाधानको लागि तत्कालिन र दीर्घकालिन योजनाको विषयमा आवश्यक काम गर्दै आइरहेको दावी गरे ।‘‘महानगरले पानीको अल्पकालिन समाधानको लागि ट्याङ्करमार्फत पानी वितरण गर्दै आइरहेको छ,’’ उनले भने,‘‘दीर्घकालिन समाधानको लागि पनि आवश्यक काम गर्दै आइरहेका छौं ।’’

ग्रिनसिटि सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले वीरगञ्ज आसपासमा विगत लामो समयदेखि वृक्षरोपण कार्यलाई प्रथामिकता राख्दै आइरहेको बताए ।‘‘हामीले यहाँका खाली भएका ठाउँमा नियमित रुपमा वृक्षरोपण गर्दै आइरहेका छौं,’’ उनले भने,‘‘यसले पक्कै पनि केही समयपछि प्रतिफल दिने विश्वास लिएका छौं ।’’

Previous Post

‘स्थानीय तहको नीतिमा समावेशी दृष्टिकोण आवश्यक’

Next Post

आर्थिक अभावमा जोङलुङ गुम्बा पुनर्निर्माण अधुरै

metakhabar

metakhabar

सम्बन्धित खबर

निकोबार परियोजनामा तीव्र विवाद
अन्तर्राष्ट्रिय

निकोबार परियोजनामा तीव्र विवाद

१९ बैशाख २०८३,
८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने
फिचर-ब्यानर

८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

१९ बैशाख २०८३,
मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर
फिचर-ब्यानर

मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

१९ बैशाख २०८३,
म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो
समाचार

म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

१९ बैशाख २०८३,
अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित
अन्तर्राष्ट्रिय

अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

१९ बैशाख २०८३,
मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन
समाचार

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

१९ बैशाख २०८३,
Load More
Next Post
आर्थिक अभावमा जोङलुङ गुम्बा पुनर्निर्माण अधुरै

आर्थिक अभावमा जोङलुङ गुम्बा पुनर्निर्माण अधुरै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In