• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, July 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गैरसरकारी संस्थाको खर्च नियन्त्रण : गृह मन्त्रालयले राय माग्दै विधेयक बढायो अघि

    सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गरिने

    यस वर्षको मनसुनमा सरदरभन्दा कम पानी पर्ने, तापक्रम बढ्ने प्रक्षेपण

    बुधबारदेखि वर्षा कम हुने

    तेलको अन्तर्राष्ट्रिय आपूर्ति बढाउने ‘ओपेक प्लस’को रणनीति

    अमेरिका–इरान द्वन्द्व चर्किदा कच्चा तेलको मूल्य उकालो

    निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत

    कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

    साउनको पहिलो सोमबारः बढ्यो पशुपतिनाथमा भक्तजनको लाम

    साउनको पहिलो सोमबारः बढ्यो पशुपतिनाथमा भक्तजनको लाम

    इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन

    अमेरिकी आक्रमणपछि इरानको प्रतिकार तीव्र

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गुल्मीमा ८७ प्रतिशत क्षेत्रफलमा रोपाइँ

metakhabar by metakhabar
१५ साउन २०८२,
0
गुल्मीमा ८७ प्रतिशत क्षेत्रफलमा रोपाइँ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गुल्मी । जिल्लाका किसानहरू वर्षा सुरु भएसँगै रोपाइँमा व्यस्त बनेका छन । केही ठाउँमा पानीका मुहान नफुटेकाले टारीहरूमा रोपाइँ नभए पनि जिल्लाका अधिकांश स्थानमा यस वर्ष समयमै रोपाइँ भएको हो ।

जिल्लास्थित कृषि ज्ञान केन्द्रले साउन दोस्रो सातासम्ममा जिल्लामा ८७ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको जनाएको छ । केन्द्रका गुल्मीका सूचना अधिकारी शिवप्रसाद बञ्जाडेले जिल्लामा सात हजार ९८८ हेक्टर क्षेत्रफलमध्ये छ हजार ९५० हेक्टरमा रोपाइँ भएको जानकारी दिए ।

गत वर्षको तुलनामा यस पटक रोपाइँको प्रतिशत बढेको बताउँदै गत वर्ष यस अवधिसम्ममा ७६ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको उल्लेख गरे । समयमा पानी परेकाले यस पटक छोटो अवधिमा पनि बढी रोपाइँ भएको उनको भनाइ छ ।

रोपाइँको प्रतिशत बढेपनि खेतीयोग्य क्षेत्रफल भने घट्दै गएको बताउँदै बञ्जाडेले धान उत्पादन हुनेमध्ये यस वर्ष जिल्लामा ९० प्रतिशत क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरिएको जानकारी दिए ।

यहाँ हंसराज, झोप्री, थापचिनी, पाखे, मार्सी, रातो मार्सी, जडन, झिनुवालगायत स्थानीय तथा साँवा मन्सुली, खुमल–१, खुमल–४, हिमाली हाइब्रिड, रामधानलगायत उन्नत जातका धानखेती हुँदै आएको केन्द्रले जनाएको छ ।

धान रोपाइँको क्षेत्रफल घट्नुको मुख्य कारण जनशक्तिको अभाव, बढ्दो बसाइँसराइ, गोरुको अभाव, समयमा जोत्नका लागि ट्याक्टर नपाउने, खोलाको कटान, महँगो ज्यालालगायत समस्या रहेका कृषि ज्ञान केन्द्रका प्रमुख नरेश धितालले बताए ।

उनका अनुसार जिल्लामा धान उत्पादनको कूल क्षेत्रफलमध्ये गत वर्ष चैते धान एक हजार २८६ र वर्षे धान २३ हजार १४० मेट्रिकटन उत्पादन भएको हो ।

जिल्लामा बडिगाँड फाँट, चौरासी फाँट, छल्दी, निस्ती, पनाहा, सुदी, खैरेनी, खज्र्याङ्ग शान्तिपुर, मजुवालगायत फाँटहरू धान उत्पादनका लागि पकेट क्षेका रूपमा रहेका प्रमुख धितालले जानकारी दिए । गुल्मीमा करिब पाँच सय हेक्टर क्षेत्रफलमा चैते धान रोपिन्छ । यहाँ धानबाली मकैपछिको दोस्रो प्रमुख खाद्यान्न बालीअन्र्तगत पर्दछ ।

Previous Post

बोली, आचरण र व्यवहार पार्टीलाई कसरी सदृढ बनाउने भन्ने हुनुपर्छ : कांग्रेस नेतृ डा देउवा

Next Post

आर्थिक अभावले जोङलुङ गुम्बाको पुनर्निर्माण अधुरै

metakhabar

metakhabar

सम्बन्धित खबर

गैरसरकारी संस्थाको खर्च नियन्त्रण : गृह मन्त्रालयले राय माग्दै विधेयक बढायो अघि
आवाज

सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गरिने

४ साउन २०८३,
यस वर्षको मनसुनमा सरदरभन्दा कम पानी पर्ने, तापक्रम बढ्ने प्रक्षेपण
आर्थिक

बुधबारदेखि वर्षा कम हुने

४ साउन २०८३,
तेलको अन्तर्राष्ट्रिय आपूर्ति बढाउने ‘ओपेक प्लस’को रणनीति
अन्तर्राष्ट्रिय

अमेरिका–इरान द्वन्द्व चर्किदा कच्चा तेलको मूल्य उकालो

४ साउन २०८३,
निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत
आर्थिक

कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

४ साउन २०८३,
साउनको पहिलो सोमबारः बढ्यो पशुपतिनाथमा भक्तजनको लाम
जीवन शैली

साउनको पहिलो सोमबारः बढ्यो पशुपतिनाथमा भक्तजनको लाम

४ साउन २०८३,
इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन
अन्तर्राष्ट्रिय

अमेरिकी आक्रमणपछि इरानको प्रतिकार तीव्र

४ साउन २०८३,
Load More
Next Post
आर्थिक अभावले जोङलुङ गुम्बाको पुनर्निर्माण अधुरै

आर्थिक अभावले जोङलुङ गुम्बाको पुनर्निर्माण अधुरै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In