• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भेनेजुएलामा शक्तिशाली भूकम्प

    भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु

    ज्येष्ठ शुक्ल एकादशीः घरका मठमा तुलसीको दल राखिँदै

    ज्येष्ठ शुक्ल एकादशीः घरघरका मठमा तुलसीको दल राखिँदै

    यात्रुका मागका आधारमा टरिगाउँ विमानस्थलबाट उडान

    टरिगाउँ विमानस्थलका लागि २५ करोड

    मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

    मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

    वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै

    गर्मी बढेपछि वीरगञ्जका सबै विद्यालय चार दिन बिदा

    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व सङ्कलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    भेनेजुएलामा शक्तिशाली भूकम्प

    भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु

    ज्येष्ठ शुक्ल एकादशीः घरका मठमा तुलसीको दल राखिँदै

    ज्येष्ठ शुक्ल एकादशीः घरघरका मठमा तुलसीको दल राखिँदै

    यात्रुका मागका आधारमा टरिगाउँ विमानस्थलबाट उडान

    टरिगाउँ विमानस्थलका लागि २५ करोड

    मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

    मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

    वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै

    गर्मी बढेपछि वीरगञ्जका सबै विद्यालय चार दिन बिदा

    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व सङ्कलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

गन्तव्यमा नपुग्दै गुम्छ जीवन, नमान्दा ट्राफिक नियम

metakhabar by metakhabar
१२ साउन २०८२,
0
गन्तव्यमा नपुग्दै गुम्छ जीवन, नमान्दा ट्राफिक नियम
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कमलामाई (सिन्धुली), १२ साउनः शनिबारको अँध्यारो हटेर शुक्रबारको उज्यालो बिहान आउन भ्याइसकेको थिएन । काठमाडौँबाट बर्दिबासतर्फ आउँदै गरेको योद्धा पिकअप बिपी राजमार्गबाट ५०० मिटर तल खस्यो । पिकअप मात्रै खसेन, सँगै बजारिए पिकअपका यात्रु । यो घटना बिपी राजमार्गअन्तर्गत रहेको सिन्धुलीको सुनकोशी गाउँपालिका–६ शीतलपाटीको हो । जहाँ बा.प्र.०१–०२४ च ९९१३ नम्बरको पिकअप दुर्घटनामा एक जनाको घटनास्थलमा नै ज्यान गयो, अर्का एक गम्भीर घाइते ।

दुर्घटनामा मृत्यु हुने व्यक्ति हुनु हुन्थ्यो, मकवानपुर मनहरी गाउँपालिका–४ निवासी धर्मराज रेग्मी । दुर्घटनामा परेका धर्मराजलाई सुनकोशी सामुदायिक अस्पताल खुर्कोट लगिएको थियो । तर, चिकित्सकले मृत घोषणा गरिदिए । उहाँको शव सिन्धुली अस्पतालमा शवपरीक्षण गरेर प्रहरीले आफन्तलाई बुझायो । गम्भीर घाइते गाडी चालक निरजलाई थप उपचारका लागि धुलिखेल अस्पतालमा पठाइएको प्रहरीको भनाइ छ ।

दुई महिनाअघि मदन भण्डारी राजमार्ग छेउमा दुधौलीका मन्देश सदा आफ्नै बालसुलभ दुनियाँमा हुनुहुन्थ्यो । उदयपुर कटारीबाट डकाहा जाँदै गरेको कारले उहाँलाई सडक पार गर्दै गर्दा ठक्कर दिँदा गम्भीर घाइते हुनुभयो । उहाँलाई स्थानीय स्वास्थ्य संस्था दुधौली नगर अस्पताल सिथौँली पु¥याइयो । अस्पताल पुग्दासम्म उहाँको ज्यान गइसकेको थियो । ट्राफिक नियमको बेबास्ता अनि सुरक्षा पूर्वाधारको अभावले बालकको जीवन बाटोमै समाप्त भयो । सडक पार गर्दा सतर्कता नअपनाउने १० वर्षीय बालकको परिवार शोकमा डुब्यो ।

“चालकले ट्राफिक नियमको उल्लङ्घन नगरिदिएको भए, सडकमा सुरक्षा व्यवस्था कडा भएको भए मेरो छोरो आज हामीसँगै हुने थियो,” मृतक मन्देशका बुबा गङ्गाराम सदाले भन्नुभयो, “त्यो दुर्घटनाले जीवनभरलाई पीडा दिएको छ ।” सडक दुर्घटनामा परेर छोरोको मृत्यु भएदेखि सडकमा हिँड्न आफूलाई डर लाग्ने गरेको उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो, “अब अरूका बालबालिकाले सडक दुर्घटनामा परेर ज्यान गुमाउन नपरोस् । यसका लागि नागरिकस्तरमा जनचेतना जगाइयोस्, सुरक्षा व्यवस्था कडा बनाइयोस् ।”

सडक दुर्घटनामा ज्यान भएका धर्मराज र मन्देश त प्रतिनिधि पात्र मात्रै हुन् । विसं २०८१ साउनदेखि हालसम्म सिन्धुलीमा ३० जना बढीले सवारी दुर्घटना ज्यान गुमाएका छन्, गन्तव्यमा नपुगी गुमेका छन् । ५२२ जना बढी घाइते भएका छन्, जसमध्ये केही घाइते जीवनभर अपाङ्गता जीवन बाँच्न बाध्य छन् ।

तीन प्रमुख राष्ट्रिय मार्गको सङ्गम हो, सिन्धुली । बिपी राजमार्ग, मदन भण्डारी राजमार्ग र मध्यपहाडी राजमार्ग यही जिल्ला हुँदै अन्यत्र फैलिएका छन् । पछिल्लो एक वर्षको अवधिमा सिन्धुलीमा २०० बढी दुर्घटना भएका छन् । यसमध्ये सबैभन्दा धेरै बिपी राजमार्गमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीको तथ्याङ्कमा उल्लेख छ । घुमाउरो मोड, तीव्र गति, ट्राफिक नियमको बेवास्ता र जनचेतनाको कमीले यहाँको सडक सयौँ जीवनको जोखिम बनिरहेको छ । गत वर्ष बिपी राजमार्गमा मात्रै ८२ ओटा सवारी दुर्घटना हुँदा ११ जनाले ज्यान गुमाएका छन्भने २२३ जना घाइते भएका छन् ।

यस्तै, मदन भण्डारी राजमार्गमा भएका ७८ वटा दुर्घटनामा १४ जनाको ज्यान गएको छभने २०८ जना घाइते भएका छन् । यस्तै, मध्यपहाडी राजमार्गमा भएको सातवटा दुर्घटनामा एक जनाको ज्यान गएको थियो भने १६ जना घाइते भएका थिए ।

यसैगरी, भित्री सडकहरूमा ३८ वटा दुर्घटना भएको प्रहरीको तथ्याङ्कले बताउँछ । यसमा चार जनाले ज्यान गुमाएका र ७४ जना घाइते भएका छन् । “राजमार्गको अवस्था राम्रो छ,” दुधौली ट्राफिक प्रहरी पोष्टका हबल्दार हरेराम खतिवडाले भन्नुभयो, “तर, गति तीव्र हुँदा दुर्घटना हुने गरेको पाइन्छ ।”

जिल्ला ट्राफिक प्रहरी कार्यालय, सिन्धुलीमा प्रमुख प्रहरी निरीक्षक मोहम्मद कलिम अञ्जुमका अनुसार सवारी दुर्घटनाको प्रमुख कारण चालकको असावधानी हो । “हामीले सम्भव भएसम्म जाँच, अनुगमन, सचेतना कार्यक्रम सञ्चालन गरिरहेका छौँ । तर, ट्राफिकको जनशक्ति सीमित छ, सडक नेटवर्क लामो भएकाले सबै क्षेत्र हेर्न गाह्रो छ,” उहाँले भन्नुभयो । चालकको लापरबाही, आवश्यक प्रविधिको अभाव र स्थानीय चेतनाको कमीले दैनिक दुर्घटना हुने गरेको उहाँको भनाइ छ ।

उहाँ भन्नुहुन्छ, “कतिपय मोटरसाइकल चालकहरु हेल्मेट लगाउँदैनन्, सिट बेल्ट बाँध्दैनन्, मोबाइल चलाउँदै सवारी चलाउने र आफूले चलाउने सवारी अवस्था चेकजाँच नगरी चलाउँदा समस्या हुने गरेको छ ।”

सबै चालक सचेत छैनन् भन्ने पनि होइन । सडकमा वर्षौं बिताएका केही अनुभवी चालकहरू सवारी नियमको कडाइका साथ पालना गर्नुपर्ने कुरामा जोड दिन्छन् । “ट्राफिक नियम तोडेर चाँडो गन्तव्य पुग्न खोज्यौँ भने त्यो यात्रु मात्र होइन, हामी सबैको जीवन जोखिममा पर्छ,” बिपी राजमार्गको सिन्धुली–काठमाडौँ सडकखण्डमा माइक्रोबस चलाउने रामबहादुर श्रेष्ठले भन्नुभयो । उहाँले थप्नुभयो, “ट्राफिक नियमको बेवास्त गर्दा, गाडी चलाउँदै फोन चलाउने, बेल्ट नलगाउने, लेन हेरफेर गर्दा सिग्नल नदिनेजस्ता साना गल्तीहरूले ठूलो दुर्घटना हुन सक्छ ।” सवारी चलाउँदा गतिको प्रतिस्पर्धा कहिल्यै गर्नु नहुने उहाँले बताउनुभयो ।

उहाँका अनुसार ट्राफिक नियम सवारीका चालकका लागि मात्रै होइन, यात्रु र स्थानीय बासिन्दा लागि पनि हो भन्ने चेतनाको अभाव छ । जिल्लाका अधिकांश सडकहरु साँघुरा छन् । त्यसमा स्थानीयवासीले कतै सडकमैै पराल फिजाएर सुकाउँछन्, कतै बिस्कुन सडकको बीचमा थुपारिएको भेटिन्छ । पदैलयात्री ‘जेब्राग्रसिङ’को ख्यालै नगरी जहाँ पायो त्यहीँबाट सिधै सडक पार गर्छन् । यसले सडक दुर्घटनाको जोखिम झनै बढाएको छ । सडक दुर्घटना कम गर्न हरेक नागरिक समेत र जिम्मेवार हुनुपर्ने उहाँको भनाइ छ ।

सडक संरचना सुधारसँगसँगै मानव चेतना र व्यवहारमा परिर्वतन नभए जति फराकिलो सडक बने पनि सडक सुरक्षा नहुने स्थानीय अगुवाहरु बताउँछन् । क्रियाशील पत्रकार महिला जिल्ला शाखा, सिन्धुलीकी सचिव सुनिता दर्नालले सडक सुरक्षालाई लिएर पत्रकारिता क्षेत्रमा पनि अभियान चलाउनु आवश्यकता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सडक दुर्घटना घटाउन ट्राफिक नियमको व्यापक प्रचार–प्रसार गर्न जरुरी छ । सञ्चारमाध्यमबाट जनचेतना फैलाउनु हाम्रो पनि कर्तव्य हो ।”

ट्राफिक नियम स्वयं व्यक्तिको सुरक्षाका लागि हो । सडक दुर्घटना कम गर्न यसको सबैले पूर्ण पालना गर्नु आवश्क छ । यसका लागि कानुनी कार्यान्वयनसँगसँगै सामाजिक चेतना फैलाउन पनि आवश्यता रहेको देखिन्छ ।

Previous Post

धेरै गर्मी भए के गर्ने ? यस्तो अवस्थामा अपनाउनुपर्ने उपायहरू

Next Post

वर्षाका कारण देशभरका आठ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

metakhabar

metakhabar

सम्बन्धित खबर

भेनेजुएलामा शक्तिशाली भूकम्प
अन्तर्राष्ट्रिय

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु

११ असार २०८३,
ज्येष्ठ शुक्ल एकादशीः घरका मठमा तुलसीको दल राखिँदै
आवाज

ज्येष्ठ शुक्ल एकादशीः घरघरका मठमा तुलसीको दल राखिँदै

११ असार २०८३,
यात्रुका मागका आधारमा टरिगाउँ विमानस्थलबाट उडान
आर्थिक

टरिगाउँ विमानस्थलका लागि २५ करोड

११ असार २०८३,
मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह
आर्थिक

मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

११ असार २०८३,
वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै
आवाज

गर्मी बढेपछि वीरगञ्जका सबै विद्यालय चार दिन बिदा

११ असार २०८३,
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
समाचार

ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व सङ्कलन

११ असार २०८३,
Load More
Next Post
बुटवल–नारायणघाट सडक ढिलाइले सौराहाको पर्यटन प्रभावित

वर्षाका कारण देशभरका आठ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In