• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग

    उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश

    उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश

    उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?

    उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?

    खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

    खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

    अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

निर्धक्क भई गोसाइँकुण्डको मेला भर्न तीर्थयात्रीसँग अनुरोध

metakhabar by metakhabar
११ साउन २०८२,
0
निर्धक्क भई गोसाइँकुण्डको मेला भर्न तीर्थयात्रीसँग अनुरोध
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रसुवा । गोसाइँकुण्ड मेला व्यवस्थापन समितिले स्वास्थ्य व्यवस्थासहित शान्ति सुरक्षाको प्रबन्ध गरिएकाले निर्धक्क भई जनैपूर्णिमा पर्वको अवसरमा गोसाइँकुण्डको मेला भर्न श्रद्धालु भक्तजनसँग अनुरोध गरेको छ ।

जिल्ला प्रशासन कार्यालय धुञ्चेमा बसेको मेला व्यवस्थापन समितिको बैठकले धुञ्चेसम्म जोडिएका सबै सडकमार्ग राम्रो भएको, यातायातका साधन निर्वाधरुपमा चलिरहेको, गोसाइँकुण्डबाट फर्की आउने तीर्थयात्रीका अनुसार बाटोमा कुनै पनि समस्या नरहेको र जिल्लास्थित सुरक्षा संयन्त्रबाट जनैपूर्णिमाको अवसरमा हुने भक्तजन एवं तीर्थयात्रीको चापलाईसमेत दृष्टिगत गरी सुरक्षा व्यवस्था मिलाइने प्रतिबद्धता व्यक्त भएकाले निर्धक्क भई मेला भर्न सम्बद्ध सबैलाई अनुरोध गरेको छ ।

प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले भोटेकोशीमा अप्रत्यासित रुपमा असार महिनामा आएको बाढीले उत्तरतर्फ करिब ३० किलोमिटर टाढाको रसुवागढी क्षेत्रमा धनजनको अपूरणीय क्षति भएको घटनालाई जोडेर पूरै रसुवा जिल्ला नै बाढीले प्रभावित भएको भन्ने अफवाह फैलाइएकोमा दुःख व्यक्त गर्दै सदरमुकाम धुञ्चेसहित गोसाइँकुण्डसम्म जाने बाटोमा कहीकेही नभएको स्पष्ट गरे ।

जनैपूर्णिमाका अवसरमा गोसाइँकुण्ड मेला भर्न जाने तीर्थयात्रीलाई जिम्मेवारी बोधसहित आवश्यक सहयोग एवं स्वागत गर्न जिल्ला प्रशासन कार्यालय, निकुञ्ज कार्यालय र अस्पालतसहित स्थानीय स्वास्थ्यचौकी, गाउँपालिकाको कार्यालय, नागरिक समाज, धार्मिक तथा पर्यटन क्षेत्रमा क्रियाशील सङ्घसंस्था स्वस्फूर्तरुपमा आँतुर देखिएकाले ढुक्क हुन उहाँले अनुरोध गरे ।

प्रजिअ पौडेलले गोसाइँकुण्ड मेला भर्न आउने तीर्थयात्रीलाई रसुवाको प्रवेशद्वार बेत्रावतीदेखि, तीर्थस्थलसम्म सुरक्षाको विशेष व्यवस्था मिलाइ सकिएको जानकारी दिँदै भयरहित वातावरणमा यात्रा गर्न अनुरोध गरे ।

समुद्री सतहदेखि चार हजार तीन सय ८० मिटर उचाइमा रहेको गोसाइँकुण्ड जानेक्रममा ‘लेक’ लाग्नसक्ने समस्याबाट जोगिन आवश्यक सावधानी अपनाउनुपर्नेमा जोड दिँदै कथंकदाचित स्वास्थ्य, सुरक्षालगायत कुनै पनि समस्या देखिए स्थानीय सुरक्षा निकाय वा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराइ सहयोग लिन सकिने व्यवस्था मिलाइएको छ ।

जिल्ला प्रशासन कार्यालयले सम्बद्ध यातायात व्यवसायी र होटल तथा ‘लज’ सञ्चालकबाट बढी रकम लिएको भन्ने जस्तो लागेमा तत्काल जानकारी दिन अनुरोध गर्दै सामान्य अवस्थाको जस्तै निर्धारित सेवाशुल्क लिन र तीर्थयात्रीलाई राम्रो व्यवहार गर्न होटल तथा यातायात व्यवसायीसँग अनुरोध गरेको छ ।

यसपटक धुन्चेबाट गोसाइँकुण्डसम्मको पैदलयात्राका क्रममा भेटिने पसलहरूमा चिया, कफी, खाना, नास्ता आदिको दररेट निर्धारण गरी सबैले देख्ने स्थानमा राखेको र यसअघि जस्तै उकालो हिँड्न गाह्रो हुनेहरूका लागि वाहनका रुपमा ‘घोडा’ को समेत व्यवस्था गरेका समितिले स्पष्ट गरेको छ ।

गोसाइँकुण्ड क्षेत्र विकास सामितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार गत असार २४ गतेको बाढीले रसुवागढी क्षेत्रमा मात्र नोक्सान पु¥याएको, पृथ्वीराजमार्गको गल्छीसहित काठमाडौँदेखि त्रिशूली–धुन्चे हुँदै गोसाइँकुण्डसम्मको तीर्थमार्ग सुरक्षित रहेको छ ।

सनातन हिन्दूधर्म संस्कृति अनुसार यही साउन शुक्ल पूर्णिमाको दिन गोसाइँकुण्डमा स्नान तथा पूजाआजा गर्नाले एकैसाथ सम्पूर्ण देवदेवताको दर्शन मिल्ने र सबै मनोकाङ्क्षा पूरा हुने विश्वास रहिआएको छ । सोही धार्मिक आस्था र विश्वासका आधारमा हरेक वर्ष जनैपूर्णिमा पर्वका अवसरमा हजारौँ भक्तजन त्यसतर्फ जाने गर्दछन् ।

यसवर्ष यही साउन २४ गते जनैपूर्णिमा पर्व परेको र नागपञ्चमीदेखि नै भक्तजन त्यसतर्फ जाने भएकाले सोहीअनुसार आवश्यक व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालय, गोसाइँकुण्ड गाउँपालिका, गोसाइँकुण्ड क्षेत्रविकास समिति, जिल्लास्थित नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, रसुवा जिल्ला अस्पताल, रेडक्रस, आयर्वेद, ट्राफिक प्रहरी कार्यालयलगायतका सरकारी निकाय आवश्यक तयारीमा जुटेको व्यवस्थापन समितिले जनाएको छ ।

बाटोको सरसफाइ, ट्राफिक व्यवस्थापन, शुद्ध खानेपनीको धारा, सडक बत्ती, फोहर व्यवस्थापन, कालो बजारी गर्नेलाई कारबाहीको दायरामा ल्याउने, ठाउँठाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्ने, बिरामी परेकालाई उद्धारलगायतका व्यवस्थापकीय कार्य क्रमशः अघि बढाइने निर्णय भएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष तामाङले जानकारी दिए ।

विगत २५ वर्षदेखि गोसाइँकुण्डमा रहेर गुणस्तरीय स्वास्थ्य सेवा दिँदै आएको हिमालय उद्धार सङ्घले ‘पुत्रदा एकादशी’देखि जनैपूर्णिमा पर्वसम्म अक्सिजनसहितको स्वास्थ्य उपचार सेवा प्रदान गर्ने प्रतिबद्वता जनाएको छ ।

सङ्घका प्रमुख कार्यकारी अधिकृत गोविन्द बस्यालका अनुसार यसवर्ष छ जना एमबिबिएस चिकित्सकसहित सातजना स्वस्थ्यकर्मी सम्मिलित समूहलेमाथि गोसाइँकुण्डमा उपचार सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ । जिल्लास्तरका अस्पताल, गोसाइँकुण्ड गाउँपालिका, जनस्वास्थ्य कार्यालय, नेपाली सेना रेडक्रस समेतका निकायले उँभोलाग्ने क्रममा बाटोमा पर्ने चन्दनबारी, लौरी विनायक, बुद्धमन्दिर लगायतका स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्ने भएका छन् ।

सामितिका अध्यक्ष सञ्जीव डिएमले काठमाडौँको बालाजुदेखि धुञ्चेसम्मको एक सय २० किलोमिटर सडकयात्राका क्रममा कुनै समस्या नभएको र धुन्चेबाट करिब डेढ दिनको पैदलयात्रापछि सहजरुपमा गोसाइँकुण्ड पुग्न सकिने भएकाले निर्धक्क भई तीर्थ यात्रामा आउन सबैसँग अनुरोध गरे ।

जनैपूर्णिमा पर्व व्यवस्थापनकै सन्दर्भमा गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङको अध्यक्षतामा बसेको बैठकले स्थानीय निकायका जनप्रतिनिधि, नागरिक समाज, स्वास्थ्य चिकित्सक, होटल व्यवसायी, जिल्लास्थित सुरक्षा अङ्गका प्रमुख, सञ्चारकर्मी, स्थानीय व्यवसायी समेतको सहभागितामा एकीकृत सेवा प्रदान गर्ने विषयमा छलफल भई सम्बद्ध सबैको जिम्मेवारी तोकिएको छ ।

यसवर्ष १५ हजारभन्दा बढी भक्तजन गोसाइँकुण्ड पुग्ने अनुमानका साथ आवश्यक गरिएको छ । गोसाइकुण्ड जाँदा पूजाको लागि तामाको दियो, एउटा बसाह र त्रिशूल तथा धुपबत्ती साथमा लिई चढाउनुपर्ने मान्यता रहेको पुरोहित टङ्ङ्प्रसाद ढकाल बताउँछन् ।

गोसइँकुण्ड जाँदा बाँसको लठ्ठी मात्र प्रयोग गर्न र कुनैपनि वनस्पति नमास्न र विसर्जन गर्नुपर्ने फोहर तोकिएको स्थानमा मात्र व्यवस्थापन गर्न लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालयले सबैसँग अनुरोध गरेको छ । यस्तै गोसाइँकुण्डमा नुहाएका बस्त्रसमेत नछोड्न र यदि छोड्नै परे ‘डम्फिङ साइट’मा मात्र फ्याँक्न निकुञ्जले सम्बद्ध सबैको ध्यानाकर्षण गरेको छ ।

पार्वतीकुण्ड संरक्षण अभियान्ता मि लामा गोसाइँकुण्ड पुगेर महादेवको दर्शन गरेपछि रसुवाकै गत्लाङको सिरानमा अवस्थित पार्वती माताको पनि दर्शन गर्नुपर्ने धार्मिक मान्यता रहेकाले सडक बाटो प्रयोग गरी पार्वतीकुण्डसम्म आई पुण्यआर्जन गर्नुहुन अनुरोध गर्छन् । धुञ्चेबाट स्याफ्रुबेँसी, कोमेन, गोल्जुङ, गोदाम हुँदै सोम्दाङ जाने सडकबाट तीन घण्टामै पार्वतीकुण्ड पुग्नसकिने अभियान्ता लामाले जानकारी दिए ।

Previous Post

वन फडानीलाई कानुनी जामा ! भूमि विधेयकमा जसपाको कडा आपत्ति

Next Post

हात्ती प्रजनन केन्द्रमा ३३ वर्षमा ६८ छावा जन्मिए

metakhabar

metakhabar

सम्बन्धित खबर

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग
फिचर-ब्यानर

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग

३ चैत्र २०८२,
उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश
फिचर-ब्यानर

उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश

३ चैत्र २०८२,
उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?
फिचर-ब्यानर

उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?

३ चैत्र २०८२,
खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता
फिचर-ब्यानर

खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

३ चैत्र २०८२,
मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा
फिचर-ब्यानर

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

३ चैत्र २०८२,
अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
अन्तर्राष्ट्रिय

अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

३ चैत्र २०८२,
Load More
Next Post
हात्ती प्रजनन केन्द्रमा ३३ वर्षमा ६८ छावा जन्मिए

हात्ती प्रजनन केन्द्रमा ३३ वर्षमा ६८ छावा जन्मिए

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In