• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

    मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

    मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?

metakhabar by metakhabar
३ चैत्र २०८२,
0
उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । ठूलो प्रचार र उच्चस्तरीय समारोहबीच उद्घाटन गरिएको बथनाहा–विराटनगर कार्गो रेल सेवा आज दुई वर्षभन्दा बढी समय बितिसक्दा पनि नियमित सञ्चालनमा आउन सकेको छैन। उद्घाटनको दिन एकपटक आएको रेल त्यसयता नफर्किँदा परियोजना राजनीतिक प्रदर्शन मात्रै बनेको हो कि भन्ने प्रश्न उठ्न थालेको छ।

२०८० जेठ १८ गते पुष्पकमल दाहाल र नरेन्द्र मोदी ले नयाँ दिल्लीबाट संयुक्त रूपमा बथनाहा–विराटनगर कार्गो रेल सेवा उद्घाटन गरेका थिए। त्यसदिन करिब २ हजार ४ सय मेट्रिक टन औद्योगिक कच्चा पदार्थ बोकेको रेल बुधनगर एकीकृत जाँच चौकी (आईसीपी) सम्म आइपुगेको थियो। तर त्यसपछि भने रेल सेवा निरन्तर सञ्चालनमा आउन सकेको छैन।

उद्घाटन भयो, तर संरचना अधुरै

कार्गो रेल सञ्चालनसँग जोडिएको कटहरी–बथनाहा रेलमार्ग निर्माणको गति भने अझै सुस्त छ। करिब १८.५ किलोमिटर लम्बाइको यस परियोजनामा मुख्य अवरोधका रूपमा रहेको जग्गा मुआब्जा विवाद अदालतसम्म पुगेपछि समाधान भएको बताइए पनि निर्माण कार्यले गति लिन सकेको छैन।

रेल्वे स्टेशन बन्ने भनिएको क्षेत्र अहिले पनि अधुरा भवन, निर्माण सामग्री र खाली मैदानजस्तै देखिन्छ। कतिपय संरचना पुराना हुँदै गइरहेका छन् भने स्थानीयका लागि रेल आउने प्रतीक्षा वर्षौंदेखि अधुरो सपना जस्तै बनेको छ।

मुआब्जा विवाद टुंगियो, काम अझै रोकिएको

स्थानीय प्रशासनका अनुसार स्टेशन क्षेत्रका अधिकांश जग्गाधनीले मुआब्जा बुझिसकेका छन् र बाँकी थोरै प्रक्रियागत काम मात्र रहेको छ। तर विवाद समाधान भइसकेपछि पनि निर्माण अघि नबढ्नुले परियोजनाको व्यवस्थापन र समन्वयमाथि प्रश्न उठाएको छ।

भारतीय पक्षले निर्माण गर्नुपर्ने केही संरचनाका लागि नयाँ ठेक्का प्रक्रिया सुरु गरिएको बताइए पनि त्यसले कहिले काम सुरु गर्छ भन्ने स्पष्ट समयसीमा अझै देखिएको छैन। उद्योग संगठन मोरङ का उद्योगीहरूका अनुसार कार्गो रेल सञ्चालन भएमा ढुवानी लागत उल्लेखनीय रूपमा घट्ने थियो। कोलकाताबाट कच्चा पदार्थ ल्याउँदा रेलमार्फत प्रतिकिलो करिब दुई रुपैयाँ मात्र खर्च लाग्ने अनुमान गरिएको थियो, जुन सडकमार्गको तुलनामा करिब ४० प्रतिशत सस्तो पर्न सक्छ।

तर सेवा सुरु नहुँदा सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगहरू अझै ट्रक र कन्टेनरमै निर्भर छन्। अहिले विराटनगर नाकाबाट दैनिक सयौँ ट्रक नेपाल भित्रिने गरेका छन्, जसले उद्योगहरूको उत्पादन लागत बढाइरहेको छ।

कूटनीति, व्यवस्थापन र राजनीतिक प्रदर्शन

स्थानीय तहका प्रतिनिधिहरूका अनुसार यो परियोजना प्राविधिक मात्र नभई कूटनीतिक विषयसँग पनि जोडिएको छ। नेपाल र भारत दुवै पक्षको समन्वय अभावले परियोजना ढिलाइ भएको संकेत देखिन्छ। यसले अर्को प्रश्न पनि उठाएको छ—यदि संरचना र सञ्चालनको तयारी पूरा थिएन भने उच्चस्तरीय उद्घाटन किन गरियो ? उद्घाटनलाई उपलब्धि देखाउने राजनीतिक हतारोले परियोजनालाई वास्तविक सञ्चालनभन्दा प्रचारको साधन बनाएको आलोचना बढ्दै गएको छ।

आज कटहरी क्षेत्रमा रेल स्टेशन बन्ने भनिएको स्थानमा रेलको सिट्ठी होइन, बाख्रा चराउने दृश्य देखिन्छ। उद्योगी र स्थानीयका लागि कार्गो रेल अझै पनि आशा र प्रतीक्षामै सीमित परियोजना बनेको छ।

Previous Post

खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

Next Post

उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश

metakhabar

metakhabar

सम्बन्धित खबर

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’
मनोरञ्जन

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

४ असार २०८३,
अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य
अन्तर्राष्ट्रिय

अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

४ असार २०८३,
तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित
आवाज

ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

४ असार २०८३,
मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने
आर्थिक

मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

४ असार २०८३,
डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो
फिचर-ब्यानर

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

४ असार २०८३,
Load More
Next Post
उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश

उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In