• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रास्वपा महाधिवेशन: भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

    रास्वपा महाधिवेशन: भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

    हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो

    हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीबाट २४ घण्टामा २२ लाख ३९ हजार राजस्व दाखिला

    भारी वर्षाका कारण गुआङडोङमा करिब ४० हजार मानिस विस्थापित

    भारी वर्षाका कारण गुआङडोङमा करिब ४० हजार मानिस विस्थापित

    आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय

    आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय

    कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्लाका पछाडि नलागौँ : बोर्ड

    कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आन्तरिक पर्यटकको रोजाइमा भकुण्डेको बराहताल

metakhabar by metakhabar
४ साउन २०८२,
0
आन्तरिक पर्यटकको रोजाइमा भकुण्डेको बराहताल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गलकोट (बागलुङ),  बागलुङ बजारबाट नजिकैको पर्यटकीय गन्तव्य भकुण्डेको बराहताल आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । हरियाली खेतबारीले घेरिएको मनमोहक बराहताल आन्तरिक पर्यटकको पहिलो रोजाइमा पर्ने गरेको हो ।

बागलुङको पर्यटकीय गाउँका रूपमा नाम कमाएको भकुण्डेस्थित बराहतालमा युवायुवती घुम्न तथा भकुण्डेको शिरमा रहेको घरबास (होमस्टे)मा अर्गानिक परिकारका स्वाद लिन पुग्ने गरेका छन् ।

बागलुङ बजारबाट पदयात्रामार्फत एक घण्टामा पुग्न सकिने बागलुङ नगरपालिका–१० स्थित बराहताल पर्यटकीय पूर्वाधार निर्माण गरिएपछि व्यवस्थित र आकर्षक बनेको स्थानीय सोमबहादुर थापा मगरले बताउनुभयो । साविकको जिल्ला विकास, अहिलेको सङ्घीय पर्यटन मन्त्रालय, प्रदेश मन्त्रालय र बागलुङ नगरपालिकाको करिब रु ५० लाखमा यहाँ पूर्वाधार निर्माण भएका नगर कार्यालयले जनाएको छ ।

अव्यवस्थित ताल वरपर व्यवस्थित पर्खाल, संरक्षण तथा रेलिङसहितको पदमार्ग निर्माण भएपछि बराहताल मनमोहक देखिएको थापा मगरले उल्लेख गर्नुभयो । बराहतालमा पर्यटकको चहलपहल सदाबहार एकैनासको भइरहने भन्दै उहाँले वर्षामा ताल थप आकर्षक देखिने बताउनुभयो । तालबाट देखिने धौलागिरि हिमालको छाँया र आँखै अघि देखिने बागलुङ बजारले पर्यटकलाई मोहित बनाउँदै आएको उहाँको भनाइ छ ।

“वर्षामा केही पर्यटक घटेका छन्, बिदाको दिन पर्यटकको बढी चाप हुन्छ, यहाँका घरबास पर्यटकीय चहलपहल बढ्न थालेपछि फष्टाउँदै गएका छन्”, थापाले भन्नुभयो, “अन्य जिल्लाबाट पर्यटकहरू गर्मी छल्न र जिल्लाका पर्यटकको बजारको कोलाहल छल्न यहाँ आउने गरेका छन्, नजिकैको गन्तव्य भएर होला पर्यटकको चहलपहल भइरहन्छ ।”

पहिला ताल व्यवस्थित नहुँदा ताल वरपर घाँसले भरिने गरेकामा अहिले सुन्दर देखिन थालेको थापाले उल्लेख गर्नुभयो । तालले दृश्यालोकनका साथै यो क्षेत्र ऐतिहासिक तथा धार्मिक रूपमा पनि महत्त्वपूर्ण रहेको जनाउँदै उहाँले बैकुण्ठ पूर्णिमामा यहाँ ठूलो मेला लाग्ने गरेको बताउनुभयो ।

बराहतालमा असोज र जेठको पूर्णिमामा भेँडाका साँढ बलि दिएर पूजा गर्ने परम्परा रहेको संविधानसभा सदस्य एवं स्थानीय अगुवा नरबहादुर थापाले बताउनुभयो । “ताल छेउमा रहेको बराह मन्दिरमा पूजापाठ गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । धार्मिक आस्था राख्नेदेखि प्रकृतिप्रेमी पर्यटकका लागि बराहताल उपयुक्त गन्तव्य मानिन्छ”, उहाँले भन्नुभयो ।

दुई हजार ८२६ वर्गमिटरमा फैलिएको यो तालमा पर्यटन प्रवर्द्धनमार्फत स्थानीयको आयस्तर बढाउन रु ५० लाखभन्दा बढी लगानी गरी पूर्वाधार निर्माण गरिएको संविधानसभा सदस्य थापाले बताउनुभयो । एक हजार ३०० मिटर उचाइमा रहेको ताल क्षेत्रमा पुग्न सदरमुकामबाट पैदलमार्फत एक घण्टाम पुग्न सकिन्छ । भकुण्डेको घरबास, भ्युटावर र बलेवाको भैरवथान घुम्न आउने पर्यटकले तालको अवलोकन गर्ने गरेका उहाँले उल्लेख गर्नुभयो ।

बराह मन्दिर पुनर्निर्माण, तालको क्षेत्र विस्तार, घेराबार, पर्खाल निर्माणलगायत काम सम्पन्न भइसकेका छन् । बागलुङ बजारबाट तित्याङ हुँदै यहाँ पुग्ने सडक अहिले स्तरोन्नति भइरहेकाले पर्यटक आगमन बढ्ने अपेक्षा गरिएको संविधानसभा सदस्य थापाले बताउनुभयो ।

विसं २०६८ मा जिल्लाकै पहिलो घरबास सुरु भएको भकुण्डे पर्यटन प्रवर्द्धनमा अघि बढ्दै गएको छ । बराहताल हुँदै मुलाबारीमा रहेको भ्युटावरमा सूर्योदय, सूर्यास्त र हिमशृङ्खला अवलोकन गर्दै घरबासमा पर्यटक आउने गरेका अतिथि सत्कार घरबासका सञ्चालक याम थापाले जानकारी दिनुभयो । बराहताल जिल्ला सदरमुकाम बागलुङ बजारबाट सबैभन्दा नजिकको पर्यटकीय गन्तव्य भएकाले आन्तरिक पर्यटकको आगमन बढी हुने गरेको उहाँको भनाइ छ । यो तालको गहिराइ कति छ भन्ने हालसम्म एकिन नभएको स्थानीय बताउँछन् ।

Previous Post

वाल्ट डिजनीको सफलता

Next Post

सम्पदाको प्रवर्द्धन गर्न ‘कोरा साइकलिङ च्यालेञ्ज’

metakhabar

metakhabar

सम्बन्धित खबर

रास्वपा महाधिवेशन: भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह
आवाज

रास्वपा महाधिवेशन: भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

५ असार २०८३,
हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
आर्थिक

हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो

५ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीबाट २४ घण्टामा २२ लाख ३९ हजार राजस्व दाखिला

५ असार २०८३,
भारी वर्षाका कारण गुआङडोङमा करिब ४० हजार मानिस विस्थापित
फिचर-ब्यानर

भारी वर्षाका कारण गुआङडोङमा करिब ४० हजार मानिस विस्थापित

५ असार २०८३,
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय
आवाज

आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय

५ असार २०८३,
कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्लाका पछाडि नलागौँ : बोर्ड
आवाज

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

५ असार २०८३,
Load More
Next Post
सम्पदाको प्रवर्द्धन गर्न ‘कोरा साइकलिङ च्यालेञ्ज’

सम्पदाको प्रवर्द्धन गर्न ‘कोरा साइकलिङ च्यालेञ्ज’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In