• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न

    ‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न

    संसद अधिवेशन वैशाख २८ देखि आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

    संसद अधिवेशन वैशाख २८ देखि आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

    ७६ हजार सहकारी बचतकर्ताको ४६ अर्ब रुपैयाँ फिर्ता हुन बाँकी,सरकारको खाताबाट बचत फिर्ता भए आन्दोलन चर्कर्ने संभावन उच्च

    ७६ हजार सहकारी बचतकर्ताको ४६ अर्ब रुपैयाँ फिर्ता हुन बाँकी,सरकारको खाताबाट बचत फिर्ता भए आन्दोलन चर्कर्ने संभावन उच्च

    एअर इन्डिया दुर्घटनामा विद्युतीय त्रुटिको आशङ्का

    एअर इन्डिया दुर्घटनामा विद्युतीय त्रुटिको आशङ्का

    सरकारको स्पष्टोक्ति: पेट्रोलियम मूल्य घट्ने अवस्था छैन, स्वचालित प्रणालीले मूल्य अझ बढ्न सक्ने चेतावनी

    सरकारको स्पष्टोक्ति: पेट्रोलियम मूल्य घट्ने अवस्था छैन, स्वचालित प्रणालीले मूल्य अझ बढ्न सक्ने चेतावनी

    ‘स्वदेशमै श्रमको उचित मूल्य र सम्मान प्राप्त नहुँदा विदेशिन बाध्य’

    ‘स्वदेशमै श्रमको उचित मूल्य र सम्मान प्राप्त नहुँदा विदेशिन बाध्य’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

घोडाघोडीमा हरिहाँसको सङ्ख्या घट्यो

metakhabar by metakhabar
३० असार २०८२,
0
घोडाघोडीमा हरिहाँसको सङ्ख्या घट्यो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

घोडाघोडी (कैलाली),  विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी तालमा हरिहाँसको सङ्ख्या घटेको छ ।

यस पटक गर्मीयामको गणनामा हरिहाँसको सङ्ख्या १२६ रहेको नेपाल पक्षी संरक्षण सङ्घका फिल्ड अधिकृत हिरुलाल डगौराले जानकारी दिनुभयो । अघिल्लो वर्षको तुलनामा यस वर्ष हरिहाँसको सङ्ख्या घटेको डगौराले बताउनुभयो । अघिल्लो वर्ष हरिहाँसको सङ्ख्या २२५ रहेको थियो ।

डिभिजन वन कार्यालय पहलमानपुरको समन्वयमा नेपाल पक्षी संरक्षण सङ्घ (बिसिएन)ले यही असार २४ देखि २६ गतेसम्म घोडाघोडीमा हरिहाँस गणना गरेको थियो । घोडाघोडीको सूचक प्रजाति रहेको हरिहाँसको सङ्ख्या र अवस्था अद्यावधिक गर्ने उद्देश्यले गणना गरिएको डिभिजन वन कार्यालय पहलमानपुरका डिभिजनल वन अधिकृत रामचन्द्र कँडेलले जानकारी दिनुभयो ।

यो तालमा गर्मी र जाडो गरी वर्षमा दुईपटक हरिहाँसको गणना गरिन्छ । नेपालको पहिलो चरा अभय आरण्य क्षेत्र घोडाघोडीमा गर्मीयाममा तीन दिनसम्म हरिहाँसको गणना गरिएको हो । डगौराले यो बेला हरिहाँसको ‘ब्रिडिङ सिजन’ रहेकाले जाडोयामको भन्दा कम देखिने गरेको बताउनुभयो । गर्मीयाममा घोडाघोडीका हरिहाँस ब्रिडिङका लागि विभिन्न सिमसार क्षेत्रमा पुग्ने गरेका छन् ।

“कैलालीको भजनी नगरपालिका–९ स्थित लौकाहाभौकाहा, घोरताल, सोनिया रुपियाँमा हरिहाँसले ब्रिडिङ गरेको पाइएको छ । जसका कारण गर्मीयाममा हरिहाँसको सङ्ख्या घट्ने गरेको छ,” फिल्ड अधिकृत डगौराले भन्नुभयो । उहाँका अनुसार जाडोयाममा भने सीमित क्षेत्रमा मात्र पानी रहने गरेका कारण बढी मात्रामा हरिहाँस देखिने गर्दछन् । प्राकृतिक बासस्थानको विनाश, मानवीय विभिन्न गतिविधि, कृषिमा विषादी प्रयोग हरिहाँसका लागि चुनौती रहेको छ ।

घोडाघोडी ताल तराईकै ठूलो सिमसार क्षेत्रका रूपमा रहेको छ  । सन् २००३ मा घोडाघोडीलाई विश्व रामसार क्षेत्रमा सूचीकृत गरिएको हो । त्यति बेला हरिहाँसको सङ्ख्या एक हजार थियो । घोडाघोडी संरक्षणका लागि विभिन्न निकायले काम गर्दै आएका छन् । चराको उचित बासस्थान रहेकाले पनि यस क्षेत्रलाई २०७८ फागुन २७ फागुन गते नेपालकै पहिलो चरा अभय आरण्य क्षेत्र घोषणा गरिएको थियो । तर, पछिल्लो समय यहाँ चराहरुको सङ्ख्या घट्दै गएको चरा संरक्षण नेटवर्क कैलालीका अध्यक्ष दयाराम चौधरीले जानकारी दिनुभयो । सन् २००९ देखि घोडाघोडी तालमा चरा संरक्षण नेटवर्कले हरेक वर्ष चरा गणना गर्ने गर्छ ।

घोडाघोडीमा चराको बासस्थान मासिँदै गएपछि सङ्ख्यामा कमी आउन थालेको उहाँले बताउनुभयो । घोडाघोडीको सूचक प्रजाति हरिहाँस रहेको बताउँदै अध्यक्ष चौधरीले भन्नुभयो, “पानीमा रमाउने हरिहाँसले सुकेका रूखमा गुँड लगाउने हुँदा सुकेका रूख नासिँदै गएपछि हरिहाँसको बासस्थानमा समस्या हुने गरेको छ ।”

गर्मीयामको हरिहाँस गणनामा सन् २०२३ मा २१२, २०२४ मा २२५ र यस पटक १२६ पुगेको छ । घोडाघोडी क्षेत्रको सूचक प्रजातिका रूपमा मगर गोही, हरिहाँस र जङ्गली धान हुन् ।

Previous Post

मधेस प्रदेशमा हालसम्म ३५ प्रतिशत धान रोपाइँ

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar

metakhabar

सम्बन्धित खबर

‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न
आवाज

‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न

२२ बैशाख २०८३,
संसद अधिवेशन वैशाख २८ देखि आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
फिचर-ब्यानर

संसद अधिवेशन वैशाख २८ देखि आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

२२ बैशाख २०८३,
७६ हजार सहकारी बचतकर्ताको ४६ अर्ब रुपैयाँ फिर्ता हुन बाँकी,सरकारको खाताबाट बचत फिर्ता भए आन्दोलन चर्कर्ने संभावन उच्च
समाचार

७६ हजार सहकारी बचतकर्ताको ४६ अर्ब रुपैयाँ फिर्ता हुन बाँकी,सरकारको खाताबाट बचत फिर्ता भए आन्दोलन चर्कर्ने संभावन उच्च

२२ बैशाख २०८३,
एअर इन्डिया दुर्घटनामा विद्युतीय त्रुटिको आशङ्का
फिचर-ब्यानर

एअर इन्डिया दुर्घटनामा विद्युतीय त्रुटिको आशङ्का

२२ बैशाख २०८३,
सरकारको स्पष्टोक्ति: पेट्रोलियम मूल्य घट्ने अवस्था छैन, स्वचालित प्रणालीले मूल्य अझ बढ्न सक्ने चेतावनी
फिचर-ब्यानर

सरकारको स्पष्टोक्ति: पेट्रोलियम मूल्य घट्ने अवस्था छैन, स्वचालित प्रणालीले मूल्य अझ बढ्न सक्ने चेतावनी

२२ बैशाख २०८३,
‘स्वदेशमै श्रमको उचित मूल्य र सम्मान प्राप्त नहुँदा विदेशिन बाध्य’
फिचर-ब्यानर

‘स्वदेशमै श्रमको उचित मूल्य र सम्मान प्राप्त नहुँदा विदेशिन बाध्य’

२२ बैशाख २०८३,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In