• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पत्रकार पदयात्रा–२ : प्रथम जलवायु सम्मेलन स्थल ‘गुफाडाँडा’ ओझेलमा

metakhabar by metakhabar
२९ असार २०८२,
0
पत्रकार पदयात्रा–२ : प्रथम जलवायु सम्मेलन स्थल ‘गुफाडाँडा’ ओझेलमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सिन्धुलाल्चोक, २९ असार : प्रदेश र सङ्घीय सरकारले मेलम्ची नगरपालिका वडा ९ स्थित प्रथम जलवायु सम्मेलन स्थल ‘गुफाडाँडा’ मा पूर्वाधारका लागि उचित बजेट विनियोजन नगर्दा ओझेलमा परेको छ । पर्यटकीय गन्तव्यका रुपमा विकसित हुँदै गएको सो स्थानमा जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि जनचेतना जगाउने ध्येयले ‘वातावरण संरक्षणमा सञ्चारकर्मीको योगदान’ भन्ने नाराका साथ पत्रकार पदयात्रा–२ आयोजना गरिएको छ ।

सम्पादक समाज नेपालद्वारा मेलम्ची नगरपालिकाको आतिथ्यमा मेलम्ची –९ स्थित गुफाडाँडामा शनिबार आयोजित सो कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा आवद्ध सञ्चारकर्मीको सहभागिता रहेको थियो । कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले गुफाडाँडाको पर्यटकीय सम्भावनालाई प्रदेश र सङ्घ सरकारले उचित ध्यान दिन नसकेको गुनासो गर्नुभयो । “मुख्यमन्त्रीदेखि मन्त्रीहरूसम्म यहाँ आएर जनताको माझमा गरेका प्रतिबद्धताहरू अझै पूरा भएका छैनन् । यसले देखाउँछ कि प्रदेश सरकारले जनतालाई झुटा आश्वासनमात्र दिएको हो”, उहाँले भन्नुभयो । उहाँले गुफाडाँडालाई प्राकृतिक सुन्दरता, धार्मिक तथा सांस्कृतिक महत्त्वले भरिपूर्ण पर्यटकीय गन्तव्य बनाउन सकिने सम्भावनालाई औँल्याउँदै राज्यको चासो र लगानीको खाँचो रहेको बताउनुभयो ।

मेलम्ची –९ वडाध्यक्ष किरणदीप खड्काले गुफाडाँडाको महत्त्व र हालसम्म भए गरेका कामका बारेमा जानकारी गराउनुभयो । उहाँले तीन तहका सरकारमध्ये स्थानीय तहले मात्र चासो दिँदा पर्यटकीय सङ्ख्यामा उल्लेख्य वृद्धि नभएको र अझै थुप्रै संरचना बनाउन आवश्यक रहेको छ भन्नुभयो ।

सम्पादक समाज नेपालका सस्थापक अध्यक्ष किरण वैद्य र महासचिव श्याम डोटेलले ‘वातावरण संरक्षणमा सञ्चारकर्मीको योगदान’ विषयक अन्तरक्रियाले यस भेगको समस्या र चिन्तालाई बाहिर ल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । पत्रकार महासङ्घ सिन्धुपाल्चोकका अध्यक्ष ध्रुव दङ्गालले तीन तहका सरकारबीच सहकार्य र समन्वय नहुँदा कतिपय काम ओझेलमा पर्ने गरेको बताउँदै त्यसको उदाहरणका रूपमा गुफाडाँडालाई लिन सकिने बताउनुभयो ।
कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले वातावरणीय सङ्कट र जलवायु परिवर्तनका असरबारे जनचेतना फैलाउने कार्यमा सञ्चारको भूमिकालाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए । साथै, जलवायु परिवर्तनविरुद्ध जुध्न स्थानीय, प्रदेश र सङ्घ सरकारबीच समन्वयात्मक नीति र दीर्घकालीन योजना आवश्यक रहेको धारणा व्यक्त गरिएको थियो ।

कार्यक्रम क्यौलेठाना आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो । गुफाडाँडा क्षेत्रलाई राष्ट्रिय जलवायु सम्मेलनस्थलका रूपमा विकास गर्न सकिने सम्भावना रहेको जनाउँदै सहभागीहरूले आवश्यक पूर्वाधार र बजेट सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

पदयात्रामा सहभागी सञ्चारकर्मीलाई शङ्खरापुर नगरपालिकाका नगरप्रमुख रमेश स्थापितले स्वागत गर्दै सम्पादक समाजसंगको सहकार्य जारी रहने जानकारी दिनुभएको थियो ।

कार्यान्वयनमा आएन घोषणापत्र

विसं २०७७ मा तत्कालीन जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको आयोजनामा देशभरका ७७ वटै जिल्लाको सहभागितामा प्रथम जलवायु सम्मेलन कार्यक्रम आयोजना गरिएको थियो । यसका लागि तत्कालीन जिल्ला समन्वय प्रमुख कृष्णगोपाल तामाङले समन्वय गर्नुभएको थियो । जलवायु सम्मेलनदेखि नै गुफाडाँडाको चर्चा परिचर्चा हुन थालेको हो । जलवायुसम्बन्धी १० बुँदे घोषणापत्रसमेत जारी गरिएको थियो ।

काठमाडौँबाट ५४ किलोमिटरमा रहेको गुफाडाँडामा सोही बखत वातावरण र पृथ्वीलाई जोखाउनुपर्छ भन्ने सन्देश दिने खालको मानिसले पृथ्वी बोकेको प्रतिमा राखिएको छ । प्रतिमासम्म पुग्नका लागि सिँढी र सिँढी दायाबायामा ७७ जिल्लाको नाम र नेपालको झण्डा निर्माण गरिएको छ । सोपश्चात भ्यूटावर र अन्य पूर्वाधारको कामको थालनी भएको छ ।

Previous Post

सुई नपाउँदा छटपटिन्छन्, ‘हेमोफिलिया’का बिरामी

Next Post

यी हुन् विश्वमा सबैभन्दा धेरै सब्सक्राइबर भएका शीर्ष १० युट्युबर

metakhabar

metakhabar

सम्बन्धित खबर

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’
मनोरञ्जन

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

४ असार २०८३,
अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य
अन्तर्राष्ट्रिय

अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

४ असार २०८३,
तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित
आवाज

ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

४ असार २०८३,
डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो
फिचर-ब्यानर

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

४ असार २०८३,
Load More
Next Post
यी हुन् विश्वमा सबैभन्दा धेरै सब्सक्राइबर भएका शीर्ष १० युट्युबर

यी हुन् विश्वमा सबैभन्दा धेरै सब्सक्राइबर भएका शीर्ष १० युट्युबर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In