काठमाडौँ : एमएडब्लू वृद्धिले बालकुमारी र बसुन्धरामा दुईवटा अत्याधुनिक, विद्युतीय सवारी साधन (ईभी)मा केन्द्रित सर्भिस सेन्टर सञ्चालन गर्ने भएको छ।
रणनीतिक रूपमा शहरका प्रमुख स्थानमा स्थापना हुने यी सर्भिस सेन्टरहरूले एमएडब्लूका ग्राहकलाई अझै सहज, छिटो र विशेषज्ञस्तरको सेवाप्रदान गर्ने लक्ष्य राखिएको छ।
यी फ्यासिलिटीहरू डीपल, डोंगफेंग र सेरेस ब्रान्डका विद्युतीय सवारी साधनहरूका लागि मात्र समर्पित हुनेछन्। सर्भिस सेन्टरमा २५ वटा विशेष सर्भिस बेहरू रहनेछन्, जसले धेरै संख्याका गाडीहरूलाई एकैपटक सजिलो, सूक्ष्म र दक्ष रूपमा मर्मतगर्न सक्ने क्षमता राख्नेछन्। एक्स्पर्ट केयरका लागि यी नयाँ केन्द्रहरू एमएडब्लूका दोस्रो र तेस्रो ईभी डेडीकेटेड सर्भिस वर्कशप हुनेछन्।यस विस्तारसँगै एमएडब्लू वृद्धिको ईभी सर्भिस सेन्टरको संख्या तीन पुग्नेछ।
यी नयाँ सर्भिस सेन्टरहरू तीनदेखि ५ महिनाभित्र पूर्ण रूपमा सञ्चालनमा आउने बताइएको छ।