– भोकभन्दा दुईचार गाँस कम खानुहोस् ।
– छिटोछिटो, हतारहतार कहिल्यै नखानुहोस् ।
– अलिकति प्राकृतिक गुलियो वस्तु जस्तै मह, खजुर, सख्खर, छोकडा, किसमिस खानाको सुरुमा खाने गर्नुहोस् ।
– अर्काको करकापलाई होइन, आफ्नो क्षमता र रुचिलाई ध्यानमा राखेर खानुहोस् ।
– उभिएर खाने नगर्नुहोस्, बसेर खाने बानी गर्नुहोस् ।
– खानेकुरा जति उचित मात्रामा चबाएर खाइन्छ, त्यति धेरै सुपाच्य हुन्छ । सुपाच्य खानाले शरीरलाई सन्तुलित वजनमा राख्छ ।
यदि तपाईं खाना खान शुरु गर्दै हुनुहुन्छ भने तपाईंको खानाको थालमा खानाको मात्रा तपाईंको खुराक या डोजभन्दा कम हुनुपर्दछ । यसो गर्दा तपाईंको हातबाट खाना बर्बाद हुने स्थिति आउँदैन, साथैः
– सीमा या क्षमताभन्दा धेरै खानाबाट बच्न सकिन्छ ।
– थप खानाभन्दा अगाडि तपाईंको जैव घडीले दिएको सूचना बुझ्न सजिलो हुन्छ । थाल वा प्लेटको खाना सक्नैपर्छ भन्ने मानसिक दबाब रहन्छ ।
– क्षमता र रुचिअनुसार थप खाना थप्ने स्वतन्त्रता रहन्छ ।
– तपाईंले धेरै खाना खानुहुँदो रहेछ भन्ने अरुको मनमा पर्ने मानसिकताबाट बच्नुहुनेछ ।
– एकैचोटी धेरै खानेकुराले थाली भर्नु अन्न र भान्सेको नैतिक अपमान हो ।
– पछाडि खाने व्यक्तिहरुलाई यदि अपुग हुने अवस्था छ भने थप खानाको मात्र घटाएर अरुप्रति बाँडेर खाने शिष्टता देखाउने अवसर प्राप्त हुन्छ ।
– तपाईंलाई मीठो नलाग्ने स्वाद या परिकार भएको खण्डमा खानाको मात्रा घटाउने सुविधा प्राप्त हुन्छ । सुरुमा पस्केको खाना राख्दा क्रमशः खानाको मात्रा घटाउँदै जान सजिलो हुन्छ ।
– यसो गर्दा खाँदाखाँदै कोही अतिथि या माग्ने व्यक्तिहरु आइहालेमा अप्ठ्यारो पर्दैन ।
साभारः ‘खाने कसरी पिउने कसरी’ पुस्तकबाट