• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, July 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    देशको राजनीति र जनताको मन: परिवर्तनको सपना कि निराशाको यात्रा ?

    देशको राजनीति र जनताको मन: परिवर्तनको सपना कि निराशाको यात्रा ?

    मनसुनी वर्षा : रोपाइँलाई राहत

    बदलिँदो मौसमले फेरिएको किसानको ‘क्यालेन्डर’

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    प्रधानमन्त्री शाहद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन

    सरकारले एक सय दिनमा रचनात्मक काम ग-योः ज्ञानेन्द्र शाही

    सरकारले एक सय दिनमा रचनात्मक काम ग-योः ज्ञानेन्द्र शाही

    अष्ट्रेलियामा सबै अन्तरराष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू गरिने

    अष्ट्रेलियामा सबै अन्तरराष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू गरिने

    सञ्चारगृहबाहिर शंकास्पद गाडी राख्ने घटनाको निष्पक्ष छानबिन गर्न रास्वपाको माग

    सञ्चारगृहबाहिर शंकास्पद गाडी राख्ने घटनाको निष्पक्ष छानबिन गर्न रास्वपाको माग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

“संयुक्त राज्य अमेरिकाको वैदेशिक सहयोग कटौतीले ४० लाखभन्दा बढी मानिसको ज्यान जान सक्ने”

metakhabar by metakhabar
१९ असार २०८२,
0
अमेरिकाले चीनबाट आउने कम लागतका सामानमा पनि भन्सार कर लगाउने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

संयुक्त राज्य अमेरिकाले आफ्नो वैदेशिक सहयोगमा गरेको व्यापक कटौतीका कारण सन् २०३० सम्ममा विश्वका अति कमजोर र जोखिममा परेका समुदायहरूमा एक करोड ४० लाखभन्दा बढी व्यक्तिको मृत्यु हुन सक्ने अनुमान गरिएको छ । एक तिहाइभन्दा बढी मृतकहरू पाँच वर्षमुनिका बालबालिका हुने सम्भावना रहेको अध्ययनले देखाएको छ ।

यो अध्ययन स्वास्थ्य क्षेत्रको एक प्रतिष्ठित अन्तर्राष्ट्रिय पत्रिकामा प्रकाशित गरिएको हो, जुन हाल स्पेनको सेविल्ला सहरमा सम्पन्न अन्तर्राष्ट्रिय सहयोग सम्मेलनको सन्दर्भमा सार्वजनिक गरिएको हो । सो सम्मेलनमा विश्वभरका नेताहरू तथा विज्ञहरू सहभागी भएका थिए ।

उक्त अध्ययनमा विगतमा गरिएको सहयोगको प्रभाव मूल्याङ्कन गर्दै विकासशील मुलुकहरूमा अमेरिकाको वैदेशिक सहयोगबाट सन् २००१ देखि २०२१ सम्ममा करिब नौ करोड १८ लाख व्यक्तिको ज्यान बचाइएको उल्लेख गरिएको छ । यो संख्या दोस्रो विश्वयुद्धमा मृत्यु भएका मानिसहरूको तुलनामा पनि बढी रहेको छ ।
सन् २०२५ मा राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः सत्तामा फर्किएपछि अमेरिकी सरकारद्वारा वैदेशिक सहायता कार्यक्रमको करिब ८३ प्रतिशत बजेट कटौती गरिएको थियो । यो नीतिले दीर्घकालीन रूपमा स्वास्थ्य सेवामा नकारात्मक प्रभाव पार्ने सम्भावनाबारे विज्ञहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

सबैभन्दा बढी असर बालबालिकामा

सहयोग कटौतीको प्रत्यक्ष असरस्वरूप, विशेष गरी पाँच वर्षमुनिका बालबालिका सबैभन्दा बढी प्रभावित हुने प्रक्षेपण गरिएको छ । अध्ययन अनुसार, आगामी पाँच वर्षभित्र ४५ लाखभन्दा बढी बालबालिकाको मृत्यु हुने जोखिम छ, जुन वार्षिक हिसाबमा करिब सात लाख बाल मृत्यु बराबर हो ।

विज्ञहरूका अनुसार अमेरिकाबाट प्राप्त सहयोगले एचआईभी÷एड्स, मलेरिया तथा अन्य उपेक्षित रोगहरू विरुद्धको उपचार तथा रोकथाममा महत्वपूर्ण योगदान पु¥याएको थियो । ती क्षेत्रमा सहयोग पाएका देशहरूमा मृत्युदर ६५ प्रतिशतसम्म घटेको देखिएको छ ।

रोगको जोखिम बढ्ने संकेत

संयुक्त राष्ट्रसंघको एचआईभी कार्यक्रम (युएनएड्स) प्रमुख विनी ब्यान्यीमाले सहयोग कटौतीका कारण चार वर्षभित्र ६६ लाख नयाँ एचआईभी संक्रमण र ४२ लाख मृत्यु हुनसक्ने जानकारी दिनुभयो, जसमा तीन लाख बालबालिका पनि समावेश हुनेछन् ।

अन्य दातृ राष्ट्रहरूबाट पनि कटौती

अमेरिकी सहयोग कटौतीपछि, फ्रान्स, जर्मनी, बेलायत लगायतका अन्य प्रमुख दातृ राष्ट्रहरूले पनि आफ्नो सहायता बजेट घटाउने घोषणा गरेका छन् । यसले हालको संकटलाई अझ गहिरो बनाउने विज्ञहरूको धारणा रहेको छ ।

समाधान खोज्ने प्रयास

स्पेनको सेविल्ला सहरमा हालै सम्पन्न अन्तर्राष्ट्रिय सहयोग सम्मेलनमा दर्जनौँ मुलुकका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए । यद्यपि, संयुक्त राज्य अमेरिका भने सो सम्मेलनमा सहभागी भएन। सम्मेलनमा साझा प्रतिबद्धता दोहो¥याइएको घोषणापत्र जारी गरिएको भए तापनि, त्यसले कानुनी बाध्यता भने राख्दैन ।

नागरिक तहबाट पनि सकारात्मक योगदान सम्भव

यस अध्ययनले सामान्य नागरिकको सानो सहयोगबाट पनि ठूलो परिणाम हासिल गर्न सकिने देखाएको छ । एकजना अनुसन्धानकर्ताका अनुसार, अमेरिकी नागरिकहरूले दैनिक करिब १७ पैसा बराबर सहयोग गरिरहेका थिए, जुन वार्षिक रूपमा करिब ६४ अमेरिकी डलर हुन आउँछ । यस्तो सानो रकमले करोडौँ मानिसको जीवन जोगाउन सक्ने सम्भावना रहेको भन्दै, यदि नागरिकलाई यसको प्रभावबारे जानकारी गराइयो भने उनीहरू सहयोग जारी राख्न इच्छुक हुने सम्भावना उच्च रहेको उनले उल्लेख गर्नुभयो ।

Previous Post

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

Next Post

वैदेशिक रोजगारबाट फर्केर केराखेतीमा जमेका भण्डारी

metakhabar

metakhabar

सम्बन्धित खबर

देशको राजनीति र जनताको मन: परिवर्तनको सपना कि निराशाको यात्रा ?
आवाज

देशको राजनीति र जनताको मन: परिवर्तनको सपना कि निराशाको यात्रा ?

२९ असार २०८३,
मनसुनी वर्षा : रोपाइँलाई राहत
आवाज

बदलिँदो मौसमले फेरिएको किसानको ‘क्यालेन्डर’

२९ असार २०८३,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आर्थिक

प्रधानमन्त्री शाहद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन

२९ असार २०८३,
सरकारले एक सय दिनमा रचनात्मक काम ग-योः ज्ञानेन्द्र शाही
आवाज

सरकारले एक सय दिनमा रचनात्मक काम ग-योः ज्ञानेन्द्र शाही

२९ असार २०८३,
अष्ट्रेलियामा सबै अन्तरराष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू गरिने
फिचर-ब्यानर

अष्ट्रेलियामा सबै अन्तरराष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू गरिने

२९ असार २०८३,
सञ्चारगृहबाहिर शंकास्पद गाडी राख्ने घटनाको निष्पक्ष छानबिन गर्न रास्वपाको माग
फिचर-ब्यानर

सञ्चारगृहबाहिर शंकास्पद गाडी राख्ने घटनाको निष्पक्ष छानबिन गर्न रास्वपाको माग

२९ असार २०८३,
Load More
Next Post
वैदेशिक रोजगारबाट फर्केर केराखेतीमा जमेका भण्डारी

वैदेशिक रोजगारबाट फर्केर केराखेतीमा जमेका भण्डारी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In