• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
मङ्गलबार, १० कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    थकान मेटिने म्याग्दीको भुरुङ्ग–तातोपानी

    थकान मेटिने म्याग्दीको भुरुङ्ग–तातोपानी

    मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट

    धानमा ‘किरा’ले क्षति पु¥याएपछि भोजपुरका किसान चिन्तित

    एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै

    एनपिएल नेपाली खेलकुदको उत्सवः प्रधानमन्त्री शाह

    कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

    कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

    हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

    फ्रान्स : एक हजार ३१४ जना प्रदर्शनकारी पक्राउ

    तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत

    तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

कोशी पर्यटन वर्ष : प्रचारप्रसारमा जुट्यो प्रदेश सरकार

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
१५ असार २०८२,
0
कोशी पर्यटन वर्ष : प्रचारप्रसारमा जुट्यो प्रदेश सरकार
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

काठमाडौँ, १५ असारः कोशी प्रदेश सरकारले यस वर्षलाई ‘कोशी पर्यटन वर्ष’का रूपमा मनाउने निर्णय गरेसँगै पर्यटन प्रवर्द्धनका लागि प्रचारप्रसारका गतिविधि गरिरहेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा यस वर्षलाई पर्यटन वर्षका रूपमा मनाउने घोषणा गरी बजेट विनियोजन गरेको थियो ।

प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलको अध्यक्षतामा पर्यटन वर्ष निर्देशन समिति गठन गरी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको हो । यसअन्तर्गत अहिले दुई समूह बनाएर मुलुकका विभिन्न स्थानमा प्रचाप्रसारका कार्यक्रम भइरहेका छन् ।

‘स्वदेशी तथा विदेशी सञ्चारकर्मीलाई गन्तव्य परिचयात्मक भ्रमण’ र ‘रोड सो’ कार्यक्रममार्फत प्रदेशका पर्यटकीय गन्तव्यको प्रवर्द्धनका लागि प्रचारप्रसारमूलक गतिविधि सञ्चालन भइरहेको पर्यटन वर्ष निर्देशन समितिका सदस्य वासुदेव बरालले जानकारी दिनुभयो ।

पर्यटकीय गन्तव्यको भ्रमण कार्यक्रमअन्तर्गत नेपालसहित भारतका १७ पत्रकारलाई प्रदेशका पर्यटकीय गन्तव्यको भ्रमण गरिरहनुभएको जनाउँदै उहाँले पर्यटन वर्ष निर्देशन समितिका सदस्य राजन दङ्गालको नेतृत्वमा रोड सोमार्फत मुलुकका विभिन्न स्थानमा परिचयात्मक तथा प्रवर्द्धनात्मक कार्यक्रम भइरहेका बताउनुभयो ।

शुक्रबारदेखि सुरु भएको भ्रमण कार्यक्रम सोमबारसम्म जारी रहने जनाउँदै बरालले नेपालसहित सिक्किमका एक, विहारका चार, पश्चिम बङ्गालका तीन गरी १७ पत्रकारको सहभागितामा पर्यटकीय गन्तव्यको पहिचान, अवलोकन र प्रचारप्रसार भइरहेको उल्लेख गर्नुभयो ।

निर्देशक समितिका सदस्य बरालका अनुसार हालसम्म सुनसरीको रामधुनी मन्दिर, बराहक्षेत्र, कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्र, धरानका विभिन्न धार्मिक तथा प्राकृतिक सम्पदा, मठमन्दिर, धनकुटाको ओरेञ्ज सिटी, तेह्रथुमको लालिगुँरास नगरपालिकाको चोत्लुङ पार्कलगायत स्थानको भ्रमण भइसकेको छ ।

“धनकुटाको ओरेञ्ज सिटी दुई वटा टोलको संयोजन गरी बनाइएको छ, सुन्तला बढी फल्ने भएकाले सुन्तला किसानलाई प्रोत्साहन गर्ने र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ओरेञ्ज सिटी निर्माण गरिएको पाइयो”, उहाँले भन्नुभयो ।

आज भोजपुरको मुन्दुम ट्रेल, हलेसी मन्दिरलगायत स्थानको भ्रमण गरिने होटल व्यवसाय महासङ्घ, कोशी प्रदेशका महासचिवसमेत रहनुभएका बरालले जानकारी दिनुभयो । पर्यटन वर्षको प्रचारप्रसार र पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न कार्यक्र आयोजना भइरहेका बताउँदै उहाँले यस वर्ष प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य रहेको जानकारी दिनुभयो ।

यसैबीच समितिका सदस्य दङ्गालको नेतृत्वमा यही असार ११ गतेदेखि मुलुकका विभिन्न स्थानमा रोड सोका कार्यक्रम भइरहेका छन् । उक्त कार्यक्रम असार १७ गतेसम्म जारी रहने बताउँदै दङ्गालले हालसम्म काठमाडौँमा दुई, ललितपुरमा दुई, पोखरामा एक, नारायणगढमा एक र हेटौँडामा एउटा कार्यक्रम सम्पन्न भइसकेका जानकारी दिनुभयो ।

उहाँका अनुसार चालु आवमा पर्यटन, वन तथा वातावरणअन्तर्गत रु १० करोड बजेट विनियोजन भएको थियो । आगामी आवका लागि प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेटमा पर्यटन वर्षका लागि रु १० करोड बजेट विनियोजन गरेको बरालले जानकारी दिनुभयो ।

“त्यसमध्ये रु चार करोड ४७ लाख मन्त्रालयले पर्यटन पूर्वाधार निर्माण, पर्यटकीय स्थानको पहिचानलगायत क्षेत्रमा खर्च गर्नेछ । बाँकी रकम पर्यटनसम्बन्धी काम गरिरहेका निजी क्षेत्रमार्फत खर्च गरिने छ”, उहाँले भन्नुभयो ।

अघिल्लो समाचार

लुम्बिनीमा ७२ हजार ५२० हेक्टरमा धान रोपाइँ

अर्को समाचार

अजय देवगनलाई ‘शैतान’को ट्याग!

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

थकान मेटिने म्याग्दीको भुरुङ्ग–तातोपानी
आर्थिक

थकान मेटिने म्याग्दीको भुरुङ्ग–तातोपानी

९ कात्तिक २०८३,
मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट
आर्थिक

धानमा ‘किरा’ले क्षति पु¥याएपछि भोजपुरका किसान चिन्तित

९ कात्तिक २०८३,
एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै
जीवन शैली

एनपिएल नेपाली खेलकुदको उत्सवः प्रधानमन्त्री शाह

९ कात्तिक २०८३,
कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै
आवाज

कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

९ कात्तिक २०८३,
हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा
अन्तर्राष्ट्रिय

फ्रान्स : एक हजार ३१४ जना प्रदर्शनकारी पक्राउ

९ कात्तिक २०८३,
तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत
खेलमैदान

तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत

९ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
अजय देवगनलाई ‘शैतान’को ट्याग!

अजय देवगनलाई ‘शैतान’को ट्याग!

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

थकान मेटिने म्याग्दीको भुरुङ्ग–तातोपानी

थकान मेटिने म्याग्दीको भुरुङ्ग–तातोपानी

९ कात्तिक २०८३,
मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट

धानमा ‘किरा’ले क्षति पु¥याएपछि भोजपुरका किसान चिन्तित

९ कात्तिक २०८३,
एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै

एनपिएल नेपाली खेलकुदको उत्सवः प्रधानमन्त्री शाह

९ कात्तिक २०८३,
कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

९ कात्तिक २०८३,
हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

फ्रान्स : एक हजार ३१४ जना प्रदर्शनकारी पक्राउ

९ कात्तिक २०८३,
तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत

तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत

९ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

    0 shares
    Share 0 Tweet 0
  • पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवा

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन