• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

    राष्ट्रियसभाबाट शोक प्रस्ताव पारित, विनियोजन विधेयकसम्बन्धी सन्देश टेबुल

    राष्ट्रियसभाबाट शोक प्रस्ताव पारित, विनियोजन विधेयकसम्बन्धी सन्देश टेबुल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रोजगारीका लागि ६ महिनामै चार लाख विदेशिए

by
५ माघ २०७९,
0
अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जोखिम बढ्दो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । चालु आर्थिक वर्षको अघिल्लो ६ महिनामै करिब चार लाख नेपाली रोजगारीका लागि विदेशिएका छन्।

बिहीबारको गोरखापत्र दैनिकमा समाचार छ, वैदेशिक रोजगार विभागका अनुसार आव २०७९/८० को पहिलो छ महिनामा तीन लाख ९८ हजार जना श्रम स्वीकृति लिएर विदेशिएका छन्। यसमध्ये सबैभन्दा धेरै मलेसिया र खाडी ९कतार, साउदी, संयुक्त अरब इमिरेट्स, कुवेत, बहराइन, ओमान० लगायत देशमा जानेको हिस्सा ८० प्रतिशत रहेको छ।

स्वदेशमा रोजगारी नपाएर वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या हेर्दा त तत्काल बाध्यात्मक वैदेशिक रोजगारी रोकिने अवस्था नदेखिएको सरोकारवाला बताउँछन्।

नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले मंगलबार पदबहालीका क्रममा बाध्यात्मक वैदेशिक रोजगारीलाई शून्यमा झार्ने प्रतिबद्धता व्यक्त गरे। तर वैदेशिक रोजगारविज्ञ डा।गणेश गुरुङ स्वदेशमा रोजगारीका विकल्प तयार नगरी बाध्यात्मक वैदेशिक रोजगारी अन्त्य गर्ने घोषणा तत्काल सम्भव नदेखिएको बताउँछन्।

‘मन्त्रीज्यूले केही आधार दिएको भए शून्यमा झार्ने प्रयास यसरी रहेछ भन्ने हुन्थ्यो’, उनले भने, ‘त्यत्तिकै बोलेका भरमा शून्यमा झार्नेतर्फ विगतका मन्त्रीकै जस्तो हो, उहाँले गर्नुभयो भने हेरौँला नि त।’

त्यसो त पछिल्लो समयमा संस्थागत र व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएर १२० देशमा नेपाली पुगेका छन्। श्रम स्वीकृति नलिई जानेको संख्या पनि हजारौँ छ। अमेरिका, अस्ट्रेलिया, क्यानडा, बेलायतजस्ता मुलुकमा पनि नेपाली काम गर्न गएका छन्। यी मुलुकमा डिपेन्डेन्टका रूपमा काम गर्न जाने धेरै छन्।

विभागका अनुसार चालू आर्थिक वर्षको साउनमा ६३ हजार, भदौमा ७६ हजार, असोजमा ५६ हजार, कात्तिक र मङ्सिरमा ६८–६८ हजार र पुसमा ६५ हजारले श्रम स्वीकृति लिएका छन्। विभागका महानिर्देशक उमाकान्त आचार्यले गत दुई वर्ष बन्द रहेको मलेसियाको रोजगारी खुलेको र कतारमा जाने बढेकाले श्रम स्वीकृति लिनेको संख्या बढेको बताए।

आव २०७८/७९ मा छ लाख ३० हजार जनाले श्रम स्वीकृति लिएर विदेशिएकामा चालू आर्थिक वर्षको छ महिनामै करिब चार लाख नेपाली युवा श्रम स्वीकृति लिएर विदेशिएका छन्। पछिल्लो छ महिनाको तथ्याङ्क हेर्दा चालू आर्थिक वर्ष करिब आठ लाख युवा विदेश जाने देखिएको छ।

विभागका महानिर्देशक आचार्यले मलेसिया र कतारमा नेपाली श्रमिकको सेवासुविधा र माग बढेका कारण वैदेशिक रोजगारीमा जाने युवाको संख्या उल्लेख्य वृद्धि भएको बताउनुभयो। पछिल्लो समय साउदी अरब जानेको सङ्ख्या भने घटेको छ।

विभागका अनुसार साउनमा वैदेशिक रोजगारीमा जान ६३ हजार ३९ श्रमिकले श्रम स्वीकृति लिएकोमा पुसमा ६५ हजार ४६४ जनाले श्रम स्वीकृति लिएका छन्।

Previous Post

श्रीलंकाको ऋणबारे अमेरिका र चीन विवादमा

Next Post

रामचन्द्र पौडेलले बालुवाटार पुगेर भेटे प्रधामन्त्री

सम्बन्धित खबर

मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल
समाचार

मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

१२ असार २०८३,
रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा
खेलमैदान

रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

१२ असार २०८३,
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
आर्थिक

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

१२ असार २०८३,
‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री
फिचर-ब्यानर

‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

१२ असार २०८३,
बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
समाचार

उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

१२ असार २०८३,
राष्ट्रियसभाबाट शोक प्रस्ताव पारित, विनियोजन विधेयकसम्बन्धी सन्देश टेबुल
फिचर-ब्यानर

राष्ट्रियसभाबाट शोक प्रस्ताव पारित, विनियोजन विधेयकसम्बन्धी सन्देश टेबुल

१२ असार २०८३,
Load More
Next Post
राष्ट्रपतिबाट व्यवस्थामाथि नै प्रहार गर्ने काम भयो : पौडेल

रामचन्द्र पौडेलले बालुवाटार पुगेर भेटे प्रधामन्त्री

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In