• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, July 10, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विद्युत् उत्पादन र प्रसारणको व्यवस्था मिलाउन इप्पानको आग्रह

    विद्युत् उत्पादन र प्रसारणको व्यवस्था मिलाउन इप्पानको आग्रह

    किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी

    किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी

    टेक्सास बाढी : ११९ जनाको मृत्यु भएको पुष्टि, १६१ जना बेपत्ता

    टेक्सास बाढी : ११९ जनाको मृत्यु भएको पुष्टि, १६१ जना बेपत्ता

    राप्ती नदीमा फसेका तीन जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

    राप्ती नदीमा फसेका तीन जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

    उपल्लो मुस्ताङमा अकल्पनीय बाढीका कारण सात पुल बगाउँदा डेढ करोडभन्दा बढीको क्षति

    उपल्लो मुस्ताङमा अकल्पनीय बाढीका कारण सात पुल बगाउँदा डेढ करोडभन्दा बढीको क्षति

    त्रिवि सिनेट बालुवाटारमा, विद्यार्थीको सहभागिताविना निर्णय अस्वीकार्य : नेविसंघ

    त्रिवि सिनेट बालुवाटारमा, विद्यार्थीको सहभागिताविना निर्णय अस्वीकार्य : नेविसंघ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

युद्धविरामले इजरायल-इरान युद्ध रोकिएको हो ?

metakhabar by metakhabar
१२ असार २०८२,
0
युद्धविरामले इजरायल-इरान युद्ध रोकिएको हो ?

TOPSHOT - Smoke rises from the site of an Israeli air strike that targeted the southern Lebanese village of Khiam on October 9, 2024. Israel expanded operations in Lebanon nearly a year after Hezbollah began exchanging fire in support of its ally, Hamas, following the Palestinian group's deadly attack on Israel on October 7, 2023. (Photo by AFP)

0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डु- संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले इजरायल र इरान युद्धविरामका लागि सहमत भएको घोषणा गरेपछि दुई देशले युद्ध रोकेको छ ।

सोमबार साँझ युद्धविराका लागि ट्रम्पले अपील गरेपछि विगत २ दिनमा इरान र इजरायलको आकाश शान्त देखिएको छ भने कुनै आक्रमण भएको छैन । यसले दीर्घकालीन शान्तितर्फ डोर्‍याउने आशा गरिएको छ । इजरायलले इरानमाथि हवाई हमलाहरू गरेको १२ दिनपछि, इजरायलमाथि इरानी क्षेप्यास्त्र तथा ड्रोन हमलाहरू र इरानका परमाणु केन्द्रहरूमाथि संयुक्त राज्य अमेरिकाले बमबारी गरेका घटनापछि युद्धविराम घोषणा भयो।

इजरायलले हमलाहरू बन्द गरे आफू पनि त्यसो गर्न तयार रहेको इरानले बताएको थियो भने इजरायली सरकारले इरानमाथि हमलाहरू गरेर लक्ष्यहरू प्राप्त गरेको दाबी गर्दै युद्धविराम प्रस्तावमा सहमत भएको जनायो।

तर त्यसयता युद्धविराममा विभिन्न चुनौती देखिएका छन्। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इजरायल र इरान दुवैले उल्लङ्घन गरेको भन्दै आक्रोश व्यक्त गरेका छन्। तर युद्धविराम उल्लङ्घन गरेको कुरा दुवैले अस्वीकार गरेका छन्।

द नेदरल्याड्सको द हेगमा उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोको शिखर बैठकमा सहभागी हुन निस्किनुअघि पत्रकारहरूसँग कुरा गर्दै उनले इजरायल र इरान दुवैको कडा शब्दमा आलोचना गरे।

यदि युद्धविराम कायम रहन्छ भने त्यसले स्थायी शान्तितर्फ डोर्‍याउने अपेक्षा गरिएको छ । तर अरू द्वन्द्वहरूमा जस्तै यसका लागि पनि कूटनीतिक निपुणता जरुरी हुन्छ।

युद्धविराम स्थायी शान्तिको संकेत हो वा अर्को युद्धअघिको एक छोटो विराम मात्र हो भन्ने प्रश्न उब्जेको छ । आधुनिक युद्धको अध्ययनअनुसार शान्ति प्रायः दुई अवस्थामध्ये एकमा मात्र टिकाउ हुन्छ, अर्थात् कि त एक पक्षको पूर्ण पराजय वा आपसी प्रतिरोधात्मक शक्तिको स्थापना भए मात्रै शान्ति कायम हुन्छ । यसको अर्थ दुवै पक्ष आक्रमणबाट टाढा रहन्छन्, किनभने दुवैले प्रतिशोधको सम्भावित क्षति लाभभन्दा बढी हुने अनुमान गर्छन् ।

यो युद्धले इरान र इजरायल दुवैको प्रतिरोध बुझाइमा आधारभूत परिवर्तन ल्याएको छ । इरानका लागि यो द्वन्द्वले सत्ताको अस्तित्व नै संकटमा पर्न सक्छ भन्ने चेतावनी दिएको छ । युद्धमा सत्ता परिवर्तनको कुरा उठेपछि इरान अब आणविक हतियार निर्माण क्षमता र चीन–रुससँग रणनीतिक साझेदारीलाई सुदृढ गर्नतर्फ उन्मुख हुन सक्छ ।

तेहरानले आफ्नो आणविक कार्यक्रम छिटै पुनः सुरु गर्न सक्नेछ र अब औपचारिक रूपमा हतियार निर्माणको दिशामा पनि अघि बढ्न सक्ने सम्भावना छ । त्यसैगरी चीन र रुससँग सैन्य–आर्थिक सहकार्यलाई तीव्र पार्दै अन्तर्राष्ट्रिय एक्लोपनको जोखिम घटाउन सक्नेछ ।

इरानको आणविक क्षमताबारे वार्ता सुरु भएन भने यो विराम अस्थायी मात्र हुने सम्भावना छ । हालको आपसी प्रतिरोधले ठुलो युद्ध रोक्न सक्ला, तर सन्तुलन कमजोर छ र कमजोरीको झिनो संकेतले पनि पुनः द्वन्द्व भड्कन सक्छ ।

Previous Post

आईजीपी थापाले भने- लागुऔषधको बिगबिगी छ, नियन्त्रण नगरे युवा शक्ति सकिन्छ

Next Post

फाप्लु विमानस्थलमा सत्र दिनपछि उडान

metakhabar

metakhabar

सम्बन्धित खबर

विद्युत् उत्पादन र प्रसारणको व्यवस्था मिलाउन इप्पानको आग्रह
फिचर-ब्यानर

विद्युत् उत्पादन र प्रसारणको व्यवस्था मिलाउन इप्पानको आग्रह

२६ असार २०८२,
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
अन्तर्राष्ट्रिय

किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी

२६ असार २०८२,
टेक्सास बाढी : ११९ जनाको मृत्यु भएको पुष्टि, १६१ जना बेपत्ता
अन्तर्राष्ट्रिय

टेक्सास बाढी : ११९ जनाको मृत्यु भएको पुष्टि, १६१ जना बेपत्ता

२६ असार २०८२,
राप्ती नदीमा फसेका तीन जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार
फिचर-ब्यानर

राप्ती नदीमा फसेका तीन जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

२६ असार २०८२,
उपल्लो मुस्ताङमा अकल्पनीय बाढीका कारण सात पुल बगाउँदा डेढ करोडभन्दा बढीको क्षति
फिचर-ब्यानर

उपल्लो मुस्ताङमा अकल्पनीय बाढीका कारण सात पुल बगाउँदा डेढ करोडभन्दा बढीको क्षति

२६ असार २०८२,
त्रिवि सिनेट बालुवाटारमा, विद्यार्थीको सहभागिताविना निर्णय अस्वीकार्य : नेविसंघ
शिक्षा

त्रिवि सिनेट बालुवाटारमा, विद्यार्थीको सहभागिताविना निर्णय अस्वीकार्य : नेविसंघ

२६ असार २०८२,
Load More
Next Post
फाप्लु विमानस्थलमा सत्र दिनपछि उडान

फाप्लु विमानस्थलमा सत्र दिनपछि उडान

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In