एक पटक गान्धी लन्डन गएका थिए । त्यहाँ उनलाई एक सज्जनले भोजको निमन्त्रणा दिए । त्यहाँ पनि उनी त्यही खान्थे जे यहाँ खान्थे । उनको खानामा मह चाहिने गथ्र्याे । मीरा महको बोतल लिएर उनीसँग जाने गर्थिन् । तर संयोगको कुरा त्यो दिन उनले महको बोतल साथमा लिएर जान बिर्सिइन् । खाना खाने बेलामा उनलाई याद आयो ।
अब के होला ? यो सोचेर मीरा धेरै चिन्तित भइन् र केही क्षणमा नै महको अर्काे बोतल बाहिरबाट मगाउने विचार उनले गरिन् । तुरुन्तै मान्छे पठाएर मह मगाइन् । गान्धीलाई जब खानासँगै मह दिइयो तब उनले बोतलतिर हेरे र भने, यो बोतल त नयाँ जस्तो देखिन्छ, पुरानो बोतल कहाँ गयो ?
मीराले सानो स्वरमा भनिन्, बापू मबाट भूल भयो, मैले पुरानो बोतल घरमा नै बिर्सेर आइछु । त्यसैले यो नयाँ बोतल मगाएको । यस्तो कुरा सुनेर गान्धी गम्भीर भए र भने, यदि एक दिन मैले मह नपाएको भए के म भोकै मर्ने थिएँ ? तिमीले यो नयाँ बोतल किन मगाएको ? हामी जनताको पैसामा बाँच्छौ । जनताको एक पैसा पनि बेकारमा खर्च हुनुहुँदैन ।
साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट













