• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक छ: परराष्ट्रमन्त्री खनाल

    परराष्ट्रमन्त्री आगामी आइतबार चीन भ्रमणमा जाँदै

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रकरण: मुख्य निर्णयकर्ता योगेश भट्टराईदेखि युवराज खतिवडा र जनार्दन शर्मासम्मै

    गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा सांसदहरूकोे जोड

    जग्गा फिर्ता ल्याउन कस्सियो त्रिवि

    जग्गा फिर्ता ल्याउन कस्सियो त्रिवि

    मङ्गलेखानीमा खेलमैदान निर्माण

    मङ्गलेखानीमा खेलमैदान निर्माण

    पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन

    पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन

    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    ‘आर्थिक विधेयकका विवाद छानबिन गर्न संसदीय संयन्त्र आवश्यक’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रामघाटमा ज्येष्ठ नागरिक स्कुल सञ्चालनको तयारी

metakhabar by metakhabar
१२ असार २०८२,
0
रामघाटमा ज्येष्ठ नागरिक स्कुल सञ्चालनको तयारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामपुर (पाल्पा), १२ असारः ज्येष्ठ नागरिकलाई लक्षित गर्दै रामघाटमा ज्येष्ठ नागरिक स्कुल सञ्चालनको तयारी भइरहेको छ । रामपुर नगरपालिका–५ स्थित कालीगण्डकी नदीको तहमा रहेको रामघाटमा ज्येष्ठ नागरिक स्कुल सञ्चालनका लागि आवश्यक संरचना तयार पारिएको छ ।

लक्ष्मीनारायण गुठी सञ्चालन समिति मातहतमा रामपुर नगरपालिकाको सहयोगमा स्कुल चलाइनेछ । आगामी आर्थिक वर्षदेखि स्कुल चलाउने योजनाअनुसार सबै सामानको बन्दोबस्त भइरहेको लक्ष्मीनारायण गुठी सञ्चालन समितिका अध्यक्ष बुद्धिप्रकाश रेग्मीले बताउनुभयो ।

“रामघाटधाम एउटा धार्मिक तथा पर्यटकीय क्षेत्र भएको हुँदा ज्येष्ठ नागरिक पनि यहाँ आउन आतुर हुनुहुन्छ, नगरपालिकाले आवतजावतका लागि बस ल्याइसकेको छ, नयाँ आर्थिक वर्षदेखि स्कुल चल्नेछ, समय बिताउने माध्यम मात्र नभईकन धार्मिक क्रियाकलापमा पनि दिनभर सक्रिय रहँदा मन प्रफुल्ल हुनेछ,” अध्यक्ष रेग्मीले भन्नुभयो ।

रामपुर नगरपालिकाको सहयोगमा सञ्चालन हुने ज्येष्ठ नागरिक विद्यालयमा ६० वर्षदेखि माथिका ज्येष्ठ नागरिकलाई समावेश गरिनेछ । नगरपालिकाका १० वटै वडामा बसोबास गर्ने ज्येष्ठ नागरिकलाई दैनिक रामघाटसम्म आवतजावतका लागि यातायात सेवा, स्कुलमा रहँदा खाने–बस्नेलगायतका आवश्यक सेवासुविधा नगरपालिकाले बेहोर्ने नगरप्रमुख रमणबहादुर थापा बताउनुहुन्छ ।

“बिहान १० बजेदेखि ज्येष्ठ नागरिकलाई ल्याउने र साँझ आरती सकेर घर–घरमा पुनः पु¥याइनेछ, यसको सबै प्रबन्ध नगरले गर्नेछ, ज्येष्ठ नागरिकलाई अबका दिन खुसीसँग बिताउन नगरले विद्यालय नै चलाउने तयारी गरिरहेको छ, विद्यालय सञ्चालनका लागि चाहिने आवश्यक पूर्वाधार, सामग्री तयारी अवस्थामा रहेकाले चाँडै सुरुआत गर्छाैँ,” नगरप्रमुख थापाले भन्नुभयो ।

ज्येष्ठ नागरिक स्कुलमा धार्मिक कक्षा, मनोसामाजिक परामर्श कक्षा र मनोरञ्जन कक्षा सञ्चालन गरिने नगरप्रमुख थापाले बताउनुभयो । स्कुलमा ज्येष्ठ नागरिकको नियमित स्वास्थ्य परीक्षण हुनेछ । हाललाई सातवटा कोठा कक्षा सञ्चालनका लागि प्रयोग गर्न मिल्ने खालको छ । रातिमा बसोबास गर्न इच्छुक नागरिकलाई धर्माश्रमको व्यवस्था मिलाइएको छ ।

रामपुर नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति कार्यक्रममा ज्येष्ठ नागरिक विद्यालयलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउन धार्मिक ग्रन्थसहितको पुस्तकालय, प्रवचन, अन्तरपुस्ता सीप हस्तान्तरण, वाद्यवादन सामग्री, ज्येष्ठ नागरिक सम्मान, दिवा खाजा व्यवस्था, दैनिक स्वास्थ्य परीक्षणलगायतका कार्यक्रम सञ्चालन गरिने समेटिएको नगरप्रमुख थापाले जानकारी दिनुभयो ।

कालीगण्डकी नदीको किनारमा रहेको यस रामघाटधाम रामतपोभूमि रहेको हुँदा यहाँ अवलोकन तथा धार्मिक क्रियाकलापका लागि पर्यटक तथा भक्तजन आउने क्रम बढ्दो छ । त्रेतायुगमा भगवान् रामचन्द्रले बनोबास जाने क्रममा यहाँ आएर बसोबास गर्दा स्नान गरेको हुनाले यो स्थानलाई रामघाट नामकरण गरिएको हो । कालीगण्डकी करिडोर सडकमार्ग खुलेपछि देशका विभिन्न स्थानबाट श्रद्धालु भक्तजन अवलोकन तथा स्नान, पूजापाठ गर्न यहाँ आउने गरेका छन् ।

रामघाटसम्म पुग्ने सडकमार्ग स्तरोन्नति, आवश्यक भौतिक संरचना निर्माण भएपछि सजिलो भएको छ । समितिले २०७४ देखि दशवर्षे गुरुयोजना बनाएर क्रमिक रुपमा पर्यटकीय पूर्वाधार विकासका कामहरु गर्दै आइरहेको छ । रामनवमी, कृष्णजन्माष्टमीलगायतका विभिन्न पर्वमा धार्मिक मेला लाग्ने गर्दछ । धामको रेखदेख, मन्दिरमा दैनिक पूजापाठका लागि दुईजना पुजारी व्यवस्था गरिएको छ । पुजारी र महन्त निवास, खानेपानी, शौचालय, विद्युत्, इन्टरनेट, पुरानो लक्ष्मीनारायण मन्दिर पुनःनिर्माण, पुरानो पौवा निर्माण, ३० जना अट्ने क्षमताको धर्मशाला, ३०० अट्ने क्षमताको सभाहल भोजनालय, विवाह, व्रतबन्ध मण्डप, प्रवेशद्वार, उद्यान, फलफूल बगैँचा, चौतारीलगायतका संरचना निर्माण गरिएको छ ।

मन्दिरको पश्चिमपट्टि महादेव उद्यान र उद्यानको चारैतिर कुनामा चार स्तम्भ छन् । जहाँ शालिग्राम सजाइएको छ । त्रिदेव मन्दिर निर्माणको काम भइरहेको छ । जहाँ पहिलो तलामा ऋषिमुनि, पितृको ३० वटा मूर्ति, दोस्रो तलामा विभिन्न देवीदेवताको ३० वटा मूर्ति, तेस्रो तलामा ब्रह्मा, विष्णु, महेश्वर, राम लक्ष्मण, सीता र राधाकृष्णको मूर्ति राखिनेछ । गुरुयोजनाअनुसार वनभोजस्थल, गुरुकुल, विवाहमण्डप, कोटीहोम, एउटा थप हल निर्माण गर्ने योजना छ ।

Previous Post

मुस्ताङमा सिएमसीले उठाउन थाल्यो नदीजन्य उत्खनन कर

Next Post

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

metakhabar

metakhabar

सम्बन्धित खबर

वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक छ: परराष्ट्रमन्त्री खनाल
आवाज

परराष्ट्रमन्त्री आगामी आइतबार चीन भ्रमणमा जाँदै

२९ जेष्ठ २०८३,
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रकरण: मुख्य निर्णयकर्ता योगेश भट्टराईदेखि युवराज खतिवडा र जनार्दन शर्मासम्मै
अन्तर्राष्ट्रिय

गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा सांसदहरूकोे जोड

२९ जेष्ठ २०८३,
जग्गा फिर्ता ल्याउन कस्सियो त्रिवि
आर्थिक

जग्गा फिर्ता ल्याउन कस्सियो त्रिवि

२९ जेष्ठ २०८३,
मङ्गलेखानीमा खेलमैदान निर्माण
आर्थिक

मङ्गलेखानीमा खेलमैदान निर्माण

२९ जेष्ठ २०८३,
पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन
आर्थिक

पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन

२९ जेष्ठ २०८३,
सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
आर्थिक

‘आर्थिक विधेयकका विवाद छानबिन गर्न संसदीय संयन्त्र आवश्यक’

२९ जेष्ठ २०८३,
Load More
Next Post
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In