• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष

    निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष

    ‘निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ’

    ‘निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ’

    राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीबाट निर्वाचनबारे जानकारी

    राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीबाट निर्वाचनबारे जानकारी

    कोशी प्रदेशमा निर्वाचन सुरक्षा सुदृढ

    कोशी प्रदेशमा निर्वाचन सुरक्षा सुदृढ

    निर्वाचनको सम्पूर्ण तयारी पूरा भयोः गृह मन्त्रालय

    निर्वाचनको सम्पूर्ण तयारी पूरा भयोः गृह मन्त्रालय

    ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

    ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

घनपोखराका प्रकृति र संस्कृति पदयात्रा पर्यटनसँग जोडिँदै

metakhabar by metakhabar
११ असार २०८२,
0
घनपोखराका प्रकृति र संस्कृति पदयात्रा पर्यटनसँग जोडिँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गण्डकी, ११ असारः लमजुङको मस्याङ्दी गाउँपालिका–१ स्थित घनपोखराका प्रकृृति र संस्कृति सम्पदालाई पदयात्रा पर्यटनसँग जोड्न थालिएको छ । गाउँबाट आँखै अगाडि देखिने लमजुङ हिमालसहित अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु, बौद्ध, गणेशलगायत हिमशृङ्खलाले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने भएकाले यहाँका प्रकृृति र संस्कृति सम्पदालाई पदयात्रा पर्यटनसँग जोड्न थालिएको हो ।

लमजुङको सबैभन्दा उचाइमा मानवबस्ती रहेको मानिने यो गाउँ समुद्री सतहबाट दुई हजार १५० मिटर उचाइमा छ भने यो एक हजार वर्षभन्दा पुरानो गुरुङ गाउँका रूपमा परिचित छ ।

यहाँबाट देखिने लमजुङसहित अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु, बौद्ध, गणेशलगायत हिमशृङ्खलाले यस स्थानको महिमा बढाउनुका साथै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने घरबास (होमस्टे) सञ्चालक गोमा गुरुङले बताउनुभयो ।

उहाँका अनुसार यो गाउँमा परम्परागत घाँटु, कृष्ण चरित्रलगायत नृत्य संरक्षण गरी राखिएकाले यसको प्रवर्द्धन गर्नुपर्ने जरुरी छ । गाउँमा भित्रिएका पर्यटकलाई इच्छाअनुसार स्थानीय उत्पादित विभिन्न खानाका परिकारहरूको स्वाद चखाउने गरिएको उहाँले जानकारी दिनुभयो ।

स्थानीय उत्पादित परिकारहरूको स्वादसँगै यहाँका प्राकृतिक सौन्दर्यताको अवलोकन गर्न स्वदेशी एवं विदेशी पर्यटकहरू आउने गरेका गुरुङको भनाइ छ । “गाउँ भित्रिँदा टीका र फूलमालाले स्वागत गर्नुका साथै बेलुका खानपिन र बसाइँको उचित प्रबन्ध गर्ने घनपोखराका स्थानीयले बेलुका घाँटु, कृष्ण चरित्रजस्ता संस्कृति देखाउँछन् भने फर्कदा पनि त्यही अनुरुप बिदाइ गर्दछन्”, उहाँले भन्नुभयो ।

प्राचीन गुरुङ गाउँका रूपमा रहेको घनपोखरामा विसं २०१० देखि विसं २०२२ सम्म घना बस्ती रहेको जिल्ला विकास समिति लमजुङका पूर्वसभापति हेमजङ्ग गुरुङले बताउनुभयो । पछिल्लो समयमा देशव्यापी देखिएको बसाइँसराइको समस्या यहाँका पनि रहेकाले बस्ती पातलिँदै गएको उहाँले उल्लेख गर्नुभयो ।

विसं २०१५ देखि विसं २०२६ सम्म ‘राउन्ड अन्नपूर्ण ट्रेक’अन्तर्गत खुदी बजारबाट घनपोखरा, भुजुङ, ताङतिङ, सिक्लेसलगायत स्थानमा पदयात्री पर्यटक ठूलो सङ्ख्यामा हिँड्ने गरेका अनुभव सुनाउँदै पूर्वसभापति गुरुङले पछिल्लो समयमा जथाभावी बाटो खन्ने क्रमले उक्त पदमार्ग सङ्कटमा परेको जानकारी दिनुभयो ।

सुरुमा झण्डै चार सय घरधुरी रहेको घनपोखराको बस्ती विसं २०४२–२०४५ सालतिर घटेको थियो । गाउँमा खनोपानी, सडकलगायत अत्यावश्यक सुविधा पुगिसकेको अवस्थामा पर्यटनको माध्यमबाट यहाँको विकास गर्न सकिने उहाँको तर्क छ ।

घनपोखरा नजिकै पर्यटकीय घलेगाउँ पर्दछ । घलेगाउँमा पर्यटकको आवागमन बढ्दै गएमा त्यहाँबाट घनपोखरा आउने गरेका स्थानीय बताउँछन् । आँखै अगाडि देखिने हिमशृङ्खला, नजिकै रहेका मिदिम र मर्स्याङ्दी खोलासँगै गाउँमाथि मानव बस्ती नभएकाले चराचुरुङ्गीको चिरविराहट पर्यटकको रोजाइमा पर्ने गरेका छ ।

घनपोखराको पर्यटकीय महत्त्वलाई उजागर गर्न गुरुङ सम्पदा पदमार्गअन्तर्गत यसलाई समेट्दै पदयात्रा पर्यटनको गन्तव्य बनाउन खोजिएको गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष एवं गुरुङ सम्पदा पदमार्ग कार्यक्रमका संयोजक बोबरजङ्ग गुरुङले बताउनुभयो ।

कास्की र लम्जुङका विभिन्न गाउँ हुँदै लमजुङ र मनाङको सीमा क्षेत्रमा पर्ने दूधपोखरी, मनाङको तिमाङलगायत स्थानलाई जोड्ने गरी विभिन्न विकल्पका साथै १०–१२ दिनसम्मको पदयात्रा गर्न सकिने गुरुङ सम्पदा पदमार्गको तीन चरणसम्म खोज तथा प्रवर्द्धन कार्यक्रम सम्पन्न गरिसकेको उहाँले जानकारी दिनुभयो ।

“प्राचीन भेँडीगोठ, नुन लिन जाने मार्गलगायत क्षेत्रलाई समेटेर यस पदमार्गको विकास गर्न खोजेका हौँ”, उहाँले भन्नुभयो, “जथाभाबी बाटो खन्ने नाममा देशका विभिन्न पदमार्ग हराउँदै गएका अवस्थामा महत्त्वपूर्ण विकल्पका रूपमा यस पदमार्गलाई अघि बढाउन खोजिएको हो ।”

सङ्घको आयोजना एवं नेपाल पर्यटन बोर्ड, मर्स्याङ्दी गाउँपालिका र क्होलासोँथर गाउँपालिकाको आर्थिक सहयोगमा हालै तेस्रो चरणको पदमार्ग खोज तथा प्रवर्द्धन कार्यक्रम सम्पन्न गरिएको सङ्घका अध्यक्ष किसमकुमारी गुरुङले बताउनुभयो ।

उहाँका अनुसार सङ्घले यसअघि पहिलो चरणमा कास्कीको ताङतिङ हुँदै मनाङको तिमाङसम्म र दोस्रो चरणमा कास्कीको सिक्लेस हुँदै कपुचे, कोरी, क्होलासोँथर, कर्पु हुँदै याङजाकोटसम्म खोज तथा प्रवर्द्धनात्मक कार्यक्रम गरेको थियो ।

सङ्घले सन् २०२६ देखि यस पदमार्गलाई सञ्चालनमा ल्याउने तयारी गरेको उहाँले बताउनुभयो । पदमार्ग सञ्चालनसँगै यससँग समेटिएका घनपोखरासहित प्राचीन गुरुङ गाउँहरूको पर्यटकीय महत्त्व उजागर हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

“गुरुङ गाउँहरूमा प्रचलित प्राचीन संस्कार तथा संस्कृतिलाई भावी पुस्तामा पुस्तान्तरणसँगै यिनीहरूको पर्यटकीय उपयोग होस् भन्ने उद्देश्यले हामीले उक्त पदमार्गलाई पदयात्रा पर्यटनसँग जोड्ने पहल थालेका छौँँ”, उहाँले भन्नुभयो ।

Previous Post

के पाइन्छ सिन्की–गुन्द्रुकमा ?

Next Post

मुटु स्वस्थ राख्न चाहानुहुन्छ ? खानुहोस् यी खाने कुराहरू

metakhabar

metakhabar

सम्बन्धित खबर

निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष
आवाज

निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष

२० फाल्गुन २०८२,
‘निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ’
आवाज

‘निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ’

२० फाल्गुन २०८२,
राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीबाट निर्वाचनबारे जानकारी
आवाज

राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीबाट निर्वाचनबारे जानकारी

२० फाल्गुन २०८२,
कोशी प्रदेशमा निर्वाचन सुरक्षा सुदृढ
आवाज

कोशी प्रदेशमा निर्वाचन सुरक्षा सुदृढ

२० फाल्गुन २०८२,
निर्वाचनको सम्पूर्ण तयारी पूरा भयोः गृह मन्त्रालय
फिचर-ब्यानर

निर्वाचनको सम्पूर्ण तयारी पूरा भयोः गृह मन्त्रालय

२० फाल्गुन २०८२,
‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’
समाचार

‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

२० फाल्गुन २०८२,
Load More
Next Post
मुटु स्वस्थ राख्न चाहानुहुन्छ ? खानुहोस् यी खाने कुराहरू

मुटु स्वस्थ राख्न चाहानुहुन्छ ? खानुहोस् यी खाने कुराहरू

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In