काठमाडौँ । कोरोना संक्रमित एक महिलाको निधन भएको छ ।
नोबेल शिक्षण अस्पतालमा विराटनगरमा मंगलबार बिहान भर्ना भएकी इलाम सूर्योदया नगरपालिकाकी ३९ वर्षीय महिलाको मृत्यु भएको हो ।
अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा उनको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।
मृतक महिलालाई सात दिनअघिदेखि श्वासप्रश्वासमा समस्या हुने र ज्वरो आउने समस्या बढेपछि सोमबार बिर्तामोडको बिर्तासीटी अस्पतालमा परीक्षण गरिएको थियो ।
परीक्षणका क्रममा कोरोना (कोभिड–१९)संक्रमण भएपछि थप उपचारका लागि विराटनगरको नोबेल अस्पताल भर्ना गरिएको थियो ।
शवलाई प्रहरीको जिम्मा लगाइएको छ । कोशी प्रदेशमा पछिल्लो समय कोरोना संक्रमित भेटिन थालेका छन् । प्रदेशमा ८ जना कोरोना संक्रमित छन् ।