• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मनोहरा नदीले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा मिलाउँदै कामपा

    मनोहरा नदीले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा मिलाउँदै कामपा

    चैतेधानखेती प्रवर्द्धनार्थ किसानलाई अनुदान

    चैतेधानखेती प्रवर्द्धनार्थ किसानलाई अनुदान

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    विश्व सम्पदास्थल स्वयम्भूमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय भक्तजनको सहजता तथा सुरक्षाका लागि तयारी पूरा

    विश्व सम्पदास्थल स्वयम्भूमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय भक्तजनको सहजता तथा सुरक्षाका लागि तयारी पूरा

    घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको बढ्यो

    घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको बढ्यो

    जेनजीसँग आज शीतल निवासमा छलफल गर्दै राष्ट्रपति

    पर्वले सामाजिक एकता कायम राख्न सहयोग पुग्छ : राष्ट्रपति पौडेल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रौतहटका १० वटा पालिकाद्वारा नगरसभा सम्पन्न

metakhabar by metakhabar
१० असार २०८२,
0
रौतहटका १० वटा पालिकाद्वारा नगरसभा सम्पन्न
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चन्द्रपुर (रौतहट), १० असारः जिल्लाका १० वटा पालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सार्वजनिक गरेका छन् । जिल्लाका १८ स्थानीय तहमध्ये चन्द्रपुर, गौर, राजदेवी, इशनाथ, गढीमाई, माधवनारायण, बौधीमाई, राजपुर, कटहरिया र गरुडा नगरपालिकाले नगरसभा सम्पन्न गरेका हुन् ।

जिल्लाको चन्द्रपुर नगरपालिकाले आगामी आवका लागि रु एक अर्ब २१ करोडभन्दा बढी बजेट प्रस्ताव गरेको छ । सोमबार चन्द्रनिगाहपुर बसेको नगरसभाको १५औँ अधिवेशनमा आगामी आवका लागि रु एक अर्ब २१ करोड ५९ लाख ५१ हजार छ सय ४० बजेट प्रस्ताव गरेको हो ।

अधिवेशनमा नगर उपप्रमुख जयमाला चौधरीले नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा नगरले विगत वर्षका अधुरा आयोजना सम्पन्न गर्नेमा जोड दिनुभयो । करिब रु छ करोडमा निर्माण भइरहेको शीतभण्डार आगामी वर्षभित्र सम्पन्न गर्नेगरी योजना ल्याइएको उहाँले जानकारी दिनुभयो । नगरलाई पूर्ण बालश्रममुक्त अभियान र बालविवाहमुक्त वडा घोषणा कार्यक्रमलाई प्रोत्साहन गरिने छ ।

नगरसभा बैठकमा मधेस प्रदेशका सांसद युवराज भट्टराईले विकासका काममा सबै जनप्रतिनिधि एकजुट भएर समन्वय र सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । नगर क्षेत्रको विकासका लागि आवश्यक सहयोग र समन्वय गर्न आफू तयार रहेको बताउनुभयो ।

नगरप्रमुख सञ्जयकुमार काफ्लेले आगामी आवमा जनताका माग सम्बोधन हुनेगरी बजेट विनियोजन गरिने प्रतिबद्धता जनाउनुभयो । विकास, निर्माण, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रलाई समेटेर बजेट विनियोजन गरिने उहाँको भनाइ छ ।

नगरपालिकाले चालु आवमा रु एक अर्ब ४७ करोड ३६ लाख १८ हजार ८२३ विनियोजन गरेको थियो । उक्त बजेटको तुलनामा आगामी आवमा रु २५ करोड ७७ लाख कम विनियोजित भएको छ ।

जिल्लाका १८ स्थानीय तहमध्ये हालसम्म १० वटाले नगरसभा सम्पन्न गरेका छन् भने वृन्दावन, गुजरा, मौलापुर, देवाही गोनाही, फतुवा विजयपुर र परोहा नगरपालिका तथा दुर्गा भगवती र यमुनामाई गाउँपालिकाले अझै बजेट ल्याउन सकेका छैनन् ।

गत शनिबार गढीमाई नगरपालिकाले रु ५४ करोड ९१ लाख ७२ हजार १०८ को बजेट प्रस्तुत गरेको छ । आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै नगरप्रमुख श्यामप्रसाद यादवले कूल बजेटमध्ये पुँजीगततर्फ रु १९ करोड १५ लाख ४९ हजार र चालूतर्फ रु ३५ करोड ७६ लाख २३ हजार १०८ विनियोजन गरिएको जानकारी दिनुभयो ।

शनिबार इशनाथ नगरपालिकाले ११औँ नगरसभाको खुलासत्र सम्पन्न गरेको थियो । आव २०८२÷८३ का लागि नगर उपप्रमुख प्रवेज आलमले रु ४९ करोड ६५ लाख ५२ हजार ४९७ को बजेट प्रस्तुत गर्नुभएको हो ।

राजपुर नगरपालिकाले रु ५७ करोड बजेट खर्च हुने अनुमानित बजेट नगरसभामा प्रस्तुत गरेको थियो । नगरप्रमुख डा मोहम्मद राजिक आलमले सामाजिक विकास, पूर्वाधार विस्तार, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राख्ने नीति तथा कार्यक्रममा प्रस्तुत गर्नुभयो ।

कटहरिया नगरपालिकाले आव २०८२/८३ का लागि रु ५४ करोड २५ लाख ५२ हजार ४७५ को अनुमानित बजेट प्रस्तुत गरेको छ । नगरसभामा नगरप्रमुख अजयप्रकाश जैयसवालले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगरभित्रका नागरिकको विभिन्न सङ्क्रमण तथा सबै प्रकारका रोग र विपद्बाट जीवनरक्षा गर्दै सहज र सुरक्षित जीवनयापन गर्ने वातावरण बनाइने बताउनुभयो ।

Previous Post

बीसवर्षे ‘सगरमाथा वृक्षरोपण महाअभियान’ घोषणा

Next Post

चैते धानको उत्पादन वृद्धि, बिक्री वितरणमा समस्या

metakhabar

metakhabar

सम्बन्धित खबर

मनोहरा नदीले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा मिलाउँदै कामपा
समाचार

मनोहरा नदीले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा मिलाउँदै कामपा

१८ बैशाख २०८३,
चैतेधानखेती प्रवर्द्धनार्थ किसानलाई अनुदान
समाचार

चैतेधानखेती प्रवर्द्धनार्थ किसानलाई अनुदान

१८ बैशाख २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

१८ बैशाख २०८३,
विश्व सम्पदास्थल स्वयम्भूमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय भक्तजनको सहजता तथा सुरक्षाका लागि तयारी पूरा
समाचार

विश्व सम्पदास्थल स्वयम्भूमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय भक्तजनको सहजता तथा सुरक्षाका लागि तयारी पूरा

१८ बैशाख २०८३,
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको बढ्यो
समाचार

घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको बढ्यो

१८ बैशाख २०८३,
जेनजीसँग आज शीतल निवासमा छलफल गर्दै राष्ट्रपति
समाचार

पर्वले सामाजिक एकता कायम राख्न सहयोग पुग्छ : राष्ट्रपति पौडेल

१८ बैशाख २०८३,
Load More
Next Post
चैते धानको उत्पादन वृद्धि, बिक्री वितरणमा समस्या

चैते धानको उत्पादन वृद्धि, बिक्री वितरणमा समस्या

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In