• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु

    घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    विश्वकप फुटबलः क्यानडाद्वारा दक्षिण अफ्रिका पराजित

    विश्वकप फुटबलः क्यानडाद्वारा दक्षिण अफ्रिका पराजित

    मनसुनी वर्षा : रोपाइँलाई राहत

    सांस्कृतिक पर्व असार १५ः धान दिवससहित दही चिउरा खाएर मनाइँदै

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ग्रिनल्यान्डको हिउँ मे महिनामा औसतभन्दा धेरै छिटो पग्ल्यो : वैज्ञानिकहरू

metakhabar by metakhabar
२ असार २०८२,
0
ग्रिनल्यान्डको हिउँ मे महिनामा औसतभन्दा धेरै छिटो पग्ल्यो : वैज्ञानिकहरू
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – मे महिनामा आएको गर्मीको लहरका कारण ग्रिनल्यान्डको बरफको पत्र विगतको औसतभन्दा १७ गुणा छिटो पग्लिएको वल्र्ड वेदर एट्रिब्युसन (डब्लुडब्लुए) ले बुधबार एक रिपोर्टमा जनाएको छ । यो तापक्रमले आइसल्यान्डलाई पनि प्रभावित पारेको थियो ।

आर्कटिक क्षेत्र भूमण्डलीय तापक्रमको अग्रपङ्क्तिमा छ । वैज्ञानिक जर्नल नेचरमा सन् २०२२ मा प्रकाशित अध्ययनअनुसार यो सन् १९७९ देखि पृथ्वीका अन्य भागहरूभन्दा चार गुणा छिटो तातिएको छ ।

“प्रारम्भिक विश्लेषणबाट ग्रिनल्यान्डको बरफको पत्र १७ गुणाले पग्लने दर… यसको मतलब समुद्री सतह वृद्धिमा ग्रिनल्यान्डको बरफको पत्रको योगदान यो तापक्रम नआएको भए जति हुने थियो त्यसभन्दा बढी छ,” प्रतिवेदनका एक लेखक, इम्पेरियल कलेज लन्डनकी जलवायु विज्ञानकी सहप्राध्यापक फ्रिडेरिके ओटोले पत्रकारहरूलाई भन्नुभयो, “जलवायु परिवर्तन नभएको भए यो असम्भव हुने थियो ।”

आइसल्यान्डमा मे १५ मा तापक्रम २६ डिग्री सेल्सियस (७९ फारेनहाइट) पार गर्‍यो । यो उपआर्कटिक टापुका लागि त्यो समयमा अभूतपूर्व थियो । “सन् १९९१–२०२० को औसत मे महिनाको दैनिक अधिकतम तापक्रमभन्दा १३ डिग्री सेल्सियस बढी तातो आइसल्यान्डमा यो मे महिनामा देखिएको तापक्रम रेकर्ड तोड्ने छ”, डब्लुडब्लुएले भन्यो ।

देशको मौसम विज्ञान संस्थानका अनुसार मे महिनामा आइसल्यान्डका ९४ प्रतिशत मौसम केन्द्रहरूले रेकर्ड तापक्रम दर्ता गरेका छन् । पूर्वी ग्रिनल्यान्डमा गर्मीको समयमा सबैभन्दा तातो दिन पूर्व–औद्योगिक मौसमको तुलनामा करिब तीन दशमलव नौ डिग्री सेल्सियस बढी थियो ।

“लगभग २० डिग्री सेल्सियसको तापक्रम संसारभरका धेरैजसो मानिसको अनुभवबाट चरम घटना जस्तो नलाग्न सक्छ, तर यो संसारको यस भागको लागि साँच्चै ठूलो कुरा हो”, ओटोले भन्नुभयो, “यसले पूरै संसारलाई व्यापक रूपमा प्रभावित पार्छ ।”​​​​​​​

डब्लुडब्लुएका अनुसार यस मे महिनामा आइसल्याण्ड र ग्रिनल्याण्डमा देखिएको रेकर्ड उचाइ प्रत्येक एक सय वर्षमा दोहोरिन सक्छ ।

ग्रिनल्याण्डका आदिवासी समुदायहरूका लागि तातो तापक्रम र पग्लिने बरफले उनीहरूको जीविकोपार्जन र परम्परागत जीवनशैलीका लागि खतरा उत्पन्न गर्दै बरफमा सिकार गर्ने क्षमतालाई असर गर्छ ।

 यी परिवर्तनले दुई देशको पूर्वाधारलाई पनि प्रभावित गरेको छ । “ग्रिनल्याण्ड र आइसल्यान्डमा चिसो मौसमका लागि पूर्वाधार निर्माण गरिएको छ, जसको अर्थ गर्मीको लहरमा हिउँ पग्लिँदा बाढी आउन सक्छ र सडक र पूर्वाधारलाई क्षति पुर्‍याउन सक्छ”, डब्लुडब्लुएले भन्यो।

Previous Post

एघारौँ विश्व योग दिवसको तयारीबारे प्रधानमन्त्रीसँग छलफल

Next Post

अर्थमन्त्री जवाफ दिन अघि बढेपछि पुनः रास्वपाको अराजक शैली , नाराबाजीप्रति सांसद थिङको आपत्ति

metakhabar

metakhabar

सम्बन्धित खबर

घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु
आवाज

घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु

१५ असार २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

१५ असार २०८३,
विश्वकप फुटबलः क्यानडाद्वारा दक्षिण अफ्रिका पराजित
आवाज

विश्वकप फुटबलः क्यानडाद्वारा दक्षिण अफ्रिका पराजित

१५ असार २०८३,
मनसुनी वर्षा : रोपाइँलाई राहत
आर्थिक

सांस्कृतिक पर्व असार १५ः धान दिवससहित दही चिउरा खाएर मनाइँदै

१५ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१५ असार २०८३,
आवाज

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने

१५ असार २०८३,
Load More
Next Post
अर्थमन्त्री जवाफ दिन अघि बढेपछि पुनः रास्वपाको अराजक शैली , नाराबाजीप्रति सांसद थिङको आपत्ति

अर्थमन्त्री जवाफ दिन अघि बढेपछि पुनः रास्वपाको अराजक शैली , नाराबाजीप्रति सांसद थिङको आपत्ति

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In